काठमाडौं- एमाले सांसद घनश्याम खतिवडाले किसानहरूले रत्नपार्कमा हलो जुवा बोकेर आएर आन्दोलन गर्ने दिन नआओस् भनेर सरकारलाई सचेत गराएका छन्। यसका लागि कृषिमन्त्रीलाई रसायनिक मल कहिले आउँछ भनेर उनले प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मलको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन प्रस्तावमा बोल्दै खतिवडाले उक्त प्रश्न गरेका हुन्।
‘किसानहरूले रत्नपार्कमा हलो जुवा बोकेर आएर आन्दोलन गर्ने दिन नआओस्। समयमै मल उपलब्ध होस्। यो किसानको आवाज हो। हामी किसानका प्रतिनिधि हौं। किसानले मन्त्रीलाई मल कहिले आउँछ भनेर सोध्नु भनेको छ। मल कहिले आउँछ मन्त्री ज्यू?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।