काठमाडौं- नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले मलखादको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताएकी छन्।
सोमबार प्रतिनिधि सभामा रासायनिक मलका सम्बन्धमा नेकपा एमालेले दर्ता गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन्।
‘हरेक वर्षको तथ्यांक हेर्ने हो भने रासायनिक मलको अभाव हुँदै गर्दा कृषि उत्पादनमा असर पर्ने गरेको छ। कोरोनाको समयमा पनि मलको हाहाकार भएको थियो,’ उनले भनिन्, ‘साझा मुद्दाको रुपमा अगाडि बढाउनु जरुरी छ। दीर्घकालीन समाधानका लागि ध्यान दिनुपर्छ, यो आवश्यक र प्राथमिकता पनि हो।’
उनले बाहिरको देशसँग जि टु जि सम्झौता गरेर भए पनि मल खरिद गरेर ल्याउनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।