काठमाडौं- नेकपा एमालेका सांसद यज्ञराज सुनारले सरकार बिचौलियाका लागि मात्रै हो भनेर प्रश्न गरेका छन्।
प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मलको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन गरेर भइरहेको छलफलमा उनले यस्तो बताएका हुन्।
‘किसानहरु हाहाकारमा जिउनु परेको छ। विद्यार्थीहरु पाठ्यपुस्तक चाहन्छन् सरकार दिन सक्दनै। किसानहरु मल चाहन्छन् मल दिन सक्दैन। जनता शान्ति सुरक्षा माग गर्छन् दिन सक्दैन। सांसद विकास चाहन्छ, सरकार विकास दिँदैन,’ उनले भने,‘ अनि यो सरकार के बिचौलियाका मात्रै हो त?’
उनले तत्काल मलखादको व्यवस्था नभए सरकारमाथि थप गम्भीर शंका उत्पन्न हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।