फाइल तस्बिर।
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ।
बैठक आज सोमबार दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा गर्नेलगायत अजेन्डा तय भएका छन्। आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत अजेन्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ पालिकामध्ये २०५ पालिकामा प्रमुख जितेको थियो।
बैठकमा गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण तथा समसामयिक विषय पनि बैठकको छलफलका विषय छन्।
साथै, एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट सोमबारकै सचिवालयको बैठकमा पेस गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।