• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बजेटको बुँदा नम्बर १५१ माथि किन भइरहेछ संसद्‌मा आलोचना ?

64x64
नेपाल लाइभ आइतबार, जेठ २९, २०७९  २१:४०
1140x725

काठमाडौं–आइतबार प्रतिनिधि सभामा स्वास्थ्य मन्त्रालयलाई विनियोजित बजेटमाथिको छलफलमा अधिकांश सांसदको आलोचनाको केन्द्रमा थियो अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको बुँदा नम्बर १५१। 

उक्त बुँदामा अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमाबारे उल्लेख गरेका थिए, जहाँ लेखिएको छ–‘स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत् सञ्चालन गर्न तयारी गरिनेछ।’

तर, सरकारको यो कार्यक्रमप्रति सत्ता पक्ष र प्रतिपक्षी सांसदले चर्काे आलाेचना गर्दै याे प्रावधान तत्काल हटाउन माग गरेका छन्। यसबाहेक आइतबारको छलफलमा सांसदहरुले स्वास्थ्यको विषयमा के–के धारणा राखे?

'एकातिर आँधी, अर्कोतिर झोलोङ्गो'

एमाले सांसद तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले सरकारलाई स्वास्थ्य बीमाको कार्यक्रम कम्पनी बनाएर नाफा कमाउनका लागि नभएकाे स्मरण गराए। 

‘गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार प्रत्याभूत गर्न सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको हो,’ उनले भने, ‘नाफा कमाउनका लागि बनाइएको होइन, यो नाफामूलक पनि हुँदैन। राज्य नियन्त्रक हुन्छ र राज्यको ढुकुटीमै  ग्यारेन्टी हुन्छ।यो कुरा त्यही ऐनमा भनिएको छ।’

त्यस्तै अधिकारीले संविधानको लक्ष्य एकातिर सरकारको प्राथमिकता अर्कोतिर रहेको बताए। उनले भने,‘संविधानले कल्पना गरेको समाजवादको प्रस्थानविन्दु नै सामाजिक स्वास्थ्य बीमा हो। तर, निजी बीमा कम्पनीको नाफामा सहयोग पुर्‍याउन बजेट तयार गरिएको छ। यो एकातिर आँधी अर्कोतिर झोलोङ्गो जस्तै भएको छ।’

उनले स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशतभन्दा कम राखिनुले सरकार स्वास्थ्यप्रति कति संवेदनशील छ भन्ने कुरा प्रष्ट भएको बताए। आर्थिक वर्ष ०७९–०८० का लागि स्वास्थ्य क्षेत्रमा सरकारले कूल बजेटको करिब ५ प्रतिशतमात्र बजेट विनियोजन गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै एमाले सांसद एवं पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य बीमाको आधारभूत कुरामै सरकारले प्रहार गरेको आरोप लगाए। निजी र सरकारी स्वास्थ्य संस्थाबाट उक्त बीमा लागू हुनुपर्नेमा सरकारले सार्वजनिक र सरकारी क्षेत्रबाट मात्र कार्यान्वयन हुने भन्ने कार्यक्रम ल्याएर नागरिकलाई यो सेवाबाटै वञ्चित गर्न खोजेको भन्दै चिन्ता व्यक्त गरे। 

‘स्वास्थ्य बिमासम्बन्धी विषय भनेको सर्वसाधारण नागरिकका निम्ति सामाजिक सुरक्षाको कार्यक्रम हो। पैसा नहुने व्यक्ति पनि उपचारबाट वन्चित हुनु नपरोस् भनेर हामीले स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि ल्याएका हौं,’ उनले भने, ‘तर, यो कार्यक्रम अहिले सार्वजनिक र सरकारी क्षेत्रबाट मात्रै गर्नेभन्दा आम रूपमा ग्रामीण क्षेत्रका नागरिक उपचार गर्ने कुराबाट वञ्चित हुने परिपाटी बनेको छ।’ 

उनले नारामा जनतालाई निःशुल्क स्वास्थ उपचारका लागि बीमा भनिए पनि अहिलेको सरकारले व्यवहारमा त्यो सेवाबाट विमुख गर्न खोजेको आरोप लगाए। उनले भने, ‘नारा हेर्दा स्वास्थ्य बीमा नागरिकका लागि भन्ने छ। तर, व्यवहारमा जनतालाई त्यसबाट विमुख बनाइने परिपञ्च भएको छ। जनता सेवा लिने कुराबाट वञ्चित हुनुपर्ने अवस्था आउने देखिन्छ।’ 

यस्तै, एमालेका अर्का सांसद कृष्णभक्त पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम समाजवादी कार्यक्रम रहेकोले यसबाट सरकारलाई नाफा कमाउने उद्देश्य नराख्न सुझाएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले भने, ‘बिमा तुलनात्मक रुपमा समाजवादी कार्यक्रम थियो। यसलाई पनि कम्पनीमा रुपान्तरण गर्ने योजना ल्याउनुभएछ। मुनाफा होइन, यो त लगानी हो। लगानी नागरिकको क्षमता बढाउनु हो। व्यापारका लागि बीमा कम्पनी भित्र्याउने योजना रहेको देखिन्छ। यसलाई तत्काल खारेज गर्नुपर्छ।’

सांसद शेरबहादुर तामाङले पनि स्वास्थ्य बीमालाई वर्तमान सरकारले व्यापारमा लैजान खोजेको आरोप लगाए। उनले बीमालाई कम्पनीमा लैजाँदा जनता उपचार नपाएर मर्ने स्थिति सिर्जना हुने भन्दै त्यसो नगर्न आग्रह गरे। 

‘स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले कम्पनीमा लैजाने कुरा गर्दैछ। स्वास्थ्य बीमालाई व्यापार बनाउने उद्देश्य राखेर सरकारले जनता मार्ने योजना बनाउँदैछ,’ उनले भने, ‘सरकार यस्तो कदापि हुनसक्दैन।’ सांसद तामाङले जनताले सहज रुपमा स्वास्थ्य उपचार पाउने संवैधानिक हक गुमाउँदै गएको बताए।

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले पनि संविधानमा नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने सुनिश्चित भए पनि अहिलेको बीमासम्बन्धी नीतिले अन्योलमा पारेको बताए। 

‘आधारभूत स्वास्थ्य सेवालाई बीमासँग जोड्न भएन। यो नागरिकको मौलिक हकको विषय हो। त्यो निःशुल्क हुनेछ,’ उनले भने, ‘बीमा विशेषज्ञ सेवाका निमित्त हो। गरिब, विपन्न, सिमान्तकृत समुदायसँग राज्य रहनेछ भन्ने उद्देश्य स्वास्थ्य बीमा ऐनको भावना हो। यसमा त अझै राज्यको थप लगानी हुनुपर्छ।’ सांसद बस्नेतले पनि अहिलेको बीमा कार्यक्रमलाई कम्पनीको माध्यम अगाडि बढाउने भन्ने कुरा सच्याउनुपर्ने भन्दै परिमार्जन गर्न माग गरेका छन्।

सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानको भावनाअनुसार स्वास्थ्य सेवा प्रदान हुन नसकेको अवस्थामा त्यसलाई सम्बोधन गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको बताए। 

उनले भने, ‘अहिले पाँच लाख मानिस सामान्य स्वास्थ्य उपचार खर्च पनि धान्न नसक्ने अवस्थामा छन्। त्यस्तै ३० लाख नागरिकले पकेट खर्च अभावकै कारण तनावग्रस्त जीवन बिताइरहेका छन्। त्यही भएर यस्ता नागरिकको उपचारमा सहज होस् भनेर स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको हो।’ 

कर्णालीका दुःख बेग्लै

मुगुका एमाले सांसद गोपालबहादुर बमले स्वास्थ्य बीमा कर्णालीबासीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएको टिप्पणी गरेका छन्। 

उनले भने, ‘स्वास्थ्य बीमा लागू छ। तर, काठमाडौं आउँदा लाखौं खर्च हुन्छ। त्यो बीमा के काम, कसरी स्वास्थ्य बीमाको लाभ लिने? त्यो हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात! भएको छ।’ बमले कर्णालीलाई भिन्न ढंगले सोच्न माग गरे। 

सरकारका आँखाबाट टाढा थारुका कथा

एमाले सांसद गङ्गा चौधरीले सिकलसेल एनिमिया रोगबारे सरकारले केही योजना नल्याएको भन्दै असन्तुष्टि पोखिन्। 

‘सिकलसेल एनिमिया रोगबारे नीति तथा कार्यक्रममा आउने तर बजेट विनियोवजनमा तीनै तहका सरकारले नसमेटेको देखियो,’ उनले प्रश्न गर्दै भनिन्, ‘के थारु यो देशका नागरिक होइनन्? संविधानको मौलिक हकमा स्वास्थ्यबारे लेखिएको छ। के थारुले कर तिरेका छैनन्?’

कांग्रेस सांसद पार्वता डि.सी चौधरीले सिकलसेल एनिमियाले थारु मरिरहे पनि सरकारले नियन्त्रणका लागि कुनै तदारुकता नदेखाएको भन्दै दुःख व्यक्त गरिन्।

उनले भनिन्, ‘थारुहरूलाई मात्र लाग्ने सिकलसेल एनिमिया  निती तथा कार्यक्रममा राखिएको छ। तर, बजेटमा छैन। अनुसन्धान गर्ने भनिएको छ। केको अनुसन्धान? थारुहरुलाई मर्न दिने, थारुहरु मान्छे होइनन् यो देशको? हेप्न त पाइँदैन नि! नीति तथा कार्यक्रममा मात्रै होइन, बजेट नै छुट्याएर उपचार गर्नुपर्छ।’

त्यस्तै सांसद चौधरीले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिनु नहुने बताइन्। उनले भनिन्, ‘यो राज्यको दायित्व हो, राज्यले नाफा घाटा हेर्नुहुन्न।’
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्