• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादव किन भन्दै छन् पार्टी एकता? लोसपा नेताहरूलाई छैन विश्वास

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  १०:२५
1140x725

काठमाडौं-जनता समाजवादीका पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विभाजन भएर गएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एकताको आह्वान गर्दै आएका छन्। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा सोचे अनुसारको परिणाम नआएपछि अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको लोसपालाई एकताका लागि ढोका खुलै रहेको बताउन थालेका हुन्।

गत बुधबार पार्टीको निर्वाचन समीक्षाका क्रममा यादवले यही कुरा दोहोर्‍याए। उनले अहिले नै यसरी पार्टी एकताको आह्वान गर्नुका पछाडि तीन प्रमुख कारण भएको देखिन्छ।

पहिलो, स्थानीय निर्वाचनमा अलग-अलग भएर भाग लिँदा आएको परिणाम। दोस्रो, जसपा पुन: विभाजनको डिलमा पुग्नु। तेस्रो, आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन।

२०७७ वैशाखमा संघीय समाजवादी र राट्रिय जनता पार्टीबीच रातारात एकता भएको थियो। तर उक्त एकता एक वर्षभन्दा केही बढी समयमात्रै कायम रह्यो। पार्टी विभाजित भएर महन्थ ठाकुर पक्षले लोसपा गठन गर्‍याे। विभाजित भएपछि पहिलो पटक चुनावमा उत्रिएको जसपामा स्थानीय निर्वाचनको सेरोफेरोमा यादव अल्पमतमा परेका छन्।

सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्नेदेखि पार्टीको आन्तरिक गतिविधिमा पनि अध्यक्ष यादवमाथि प्रश्न उठाउन थालिएको छ।  जनकपुरमा भएको निर्वाचन समीक्षा बैठक स्थलमा नेताहरुबीच कुटाकुट हुनु र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि आफ्नै सांसदबाट आक्रमण भएपछि जसपामा आन्तरिक विवाद रहेको देखिएको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिनाका लागि भन्दै पठाइएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मौका दिनुपर्ने माग पार्टीमा चर्कोसँग उठिरहेको छ।

अघिल्लो पटक नै मन्त्रीको सूचीमा परेर अटाउन नसकेकाहरुले विशेष गरि पार्टीभित्र दबाब बढाएका छन्। पछिल्लो पटक एकीकृत समाजवादीले मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि जसपाभित्र पनि मन्त्री हेरफेरको दबाब बढेको हो। उक्त दबाबले पार्टी विभाजनसम्म पुग्नसक्ने आंकलनपछि अध्यक्ष यादव लोसपासँग एकताको कुरा गर्न थालेको असन्तुष्ट नेताहरुको आरोप  छ। लोसपाका नेताहरुले पनि यस्तै टिप्पणी गरेका छन्।

२०७७ वैशाख १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि अलग -अलग रहेका मधेसकेन्द्रित दुई दल चमत्कारीक रुपमा एक भएका थिए। उक्त अध्यादेशले मधेसकेन्द्रित दल विभाजन हुने कुरा चर्चामा आउँदै गर्दा पार्टी एकीकरण भएको थियो। सुरुमा तीन जना अध्यक्ष हुने भनिएको भए पनि पछि दुई जनामात्र रहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

महन्थ ठाकुर, उपेन्द्र यादव र बाबुराम भट्टराई अध्यक्ष रहने भनिएको भए पनि महन्थ र उपेन्द्र मात्र अध्यक्षको रुपमा रहे र भट्टराई संघीय परिषद अध्यक्ष बने।

रातरात एक भएको पार्टीमा एक वर्ष नपुग्दै विवाद आयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि जसपामा विभाजनको  टुसा पलाएको थियो। ओलीले दोस्रो पटक २०७८ जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि यो पार्टीमा विवाद सुरु भयो। यो विवाद एक पक्षले अर्कोलाई निकाल्नेसम्म पुग्यो।

उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको घोषणा गर्दै निर्वाचन आयोगका पत्र बुझायो भने  महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरेको घोषणा गर्‍याे। यी दुवैले जानकारी निर्वाचन आयोगलाई गराए। अनि यो विवाद निर्वाचन आयोगमा पुग्यो। २०७७ जेठ २५ गते निर्वाचन आयोगका दुई अध्यक्ष र एक संघीय परिषदको अध्यक्षसहित निर्वाचन आयोगमा दर्ता भएको जसपा २०७८ एकवर्षपछि २०७९ जेठमा वैधानिकता दाबी गर्दै निर्वाचन आयोगदेखि सर्वोच्चसम्म मुद्दा सुरु भयो।  २०७८ जेठ ३० गते निर्वाचन आयोगले दुवै पक्षको कारबाहीलाई मान्यता दिएन।

निर्वाचन आयोगले दुवै पक्षले बहुमतको आधारमा भन्दै एकअर्कोलाई गरेको कारबाहीलाई अमान्य भन्दै राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २५ को उपनियम ६ बमोजिम जसपा पदाधिकारीको विवरण साबिककै रहने निर्णय समेत गर्‍याे। योसँगै वैधानिकतको विवाद सुरु भयो। दुवै पक्षको दाबी र निवेदनपछि निर्वाचन आयोगले २०७८ साउन ७ गते पार्टी विवादमा सनाखतका लागि स्वयं उपस्थित हुन जसपाका कार्यकारिणी सदस्यहरूका नाममा आदेश जारी गरेको थियो। निर्वाचन आयोगको आदेशपछि सनाखतका क्रममा ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले अध्यक्ष उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए। १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एक जना (रेशम चौधरी) तटस्थ बसेका थिए। योसँगै आयोगले महन्थ पक्षलाई अलग पार्टी दर्ता गर्न आदेश गर्यो। उनीहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नाममा नयाँ दल दर्ता गराए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी अलग पार्टी दर्ता भएको १० महिनापछि जसपाका अध्यक्षले पार्टी एकताका लागि आह्वान गरेका छन्। उनले विभाजन भएर जाँदा असर परेको भन्दै एक हुन आफू तयार रहेको बताइरहेका छन्। 

‘उहाँहरू समीक्षा गरेर पार्टी एकताको लागि आउनुभयो भने हामी तयार छौं। विगतका गल्ती, त्रुटिलाई सच्याएर हामी अगाडि बढौँ। मधेसको मत बाँडिएर मधेसीलाई धेरै नोक्सान भयो। पार्टी फुटाएर होइन, जुटाएर अगाडि बढौँ’ यादवले भनेका छन्।

पार्टी एकताका लागि ढोका खुला रहेको उनले दोहोर्‍याए। ‘उहाँहरूलाई खुलेर सहयोग र स्वागत गर्न तयार छौँ। पार्टी एकताको लागि पनि हाम्रो ढोका खुला छ’ यादवले भने।

तर लोसपाका नेताहरुले भने यसको सम्भावना नभएको दाबी गरेका छन्।

खासगरी पार्टीभित्र दबाब, सरकारमा लोसपालाई पनि सहभागी गराउने प्रधानमन्त्री देउवाको तयारी र आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आउने सम्भावित परिणामलाई हेरेर यादवले यस्तो प्रस्ताव अघि सारेको देखिएको लोसपाका नेताहरुको भनाइ छ।

जसपाका अध्यक्ष यादवले पार्टी एकता असम्भव नभएको दाबी गरेका छन्।  यादवले अहिले पनि एकताको सम्भावना रहेको तर त्यसका लागि दुवै हातले ताली बजाउनुपर्ने टिप्पणी केही दिनअघि प्रतिनिधि सभाबाट बाहिरिने क्रममा व्यक्त गरेका थिए। ‘एक हातले मात्र ताली बज्दैन। हामीले पार्टी एकताका लागि खुला गरेका छौं’, उनले भने, ‘अहिलेको समय र अवस्थामा फुटेर हैन जुटेर एक हुने छ।’ 

उनले आफूले कहिल्यै कसैलाई कुनै आरोप नलगाएको दाबी गरे। उल्टै आफूमागि महन्थ पक्षले आरोप लगाएको बताए। ‘पार्टी एकता समयको आवश्यकता र जनताको माग हो’, यादवले भने, ‘फुटेर हैन जुटेर अघि बढ्नुपर्ने हाम्रो धारण हो। यो हाम्रोमात्र कुरा होइन उहाँहरुको पनि हो।’

तर, लोसपाका नेता राजेन्द्र महतोले यादवको भनाइलाई अस्वीकार गरेका छन्। यादवले आफू अप्ठ्यारोमा परेकाले यस्तो कुरा अघि सारेको बताए।

‘जब-जब उपेन्द्र यादवलाई अप्ठेरो पर्छ अनि एकताको कुरा उहाँले गर्ने गर्नुभएको छ’, उनले भने, ‘पार्टी एकता गर्नुपर्छ भनेर उहाँले भनेको हामीले सार्वजनिक सञ्चार माध्यममा सुनेका छौँ,  त्यस्तै उहाँको पार्टी विभाजन हुन लागेको पनि सुनेका छौं।’

पार्टी विभाजन हुन लागेकाले यादवले एकताको राग अलापिरहनु भएको उनको आरोप छ। ‘उहाँ जहिले पनि बनावटी कुरा गर्नुहुन्छ’, महतोले भने, ‘विगतमा पनि यस्तै देखिएको हो। पहिला पनि यस्तै गरेर आउनु भयो। ल त भनेर हामीले एकता गयाैं, तर विभाजनका लागि उहाँले नै निर्वाचन आयोगमा निवेदन दिनु भयो।’

उनले मधेसी जनतलाई एकता गर्ने कुरा कहिल्यै यादवले नगरेको आरोप लगाए। ‘पार्टी एकता गर्ने कुरामा कुनै सत्यता छैन’, उनले भने, ‘अहिले उहाँहरुसँग एकता हुने कुरा पनि भएको छैन।’

त्यस्तै लोसपाका नेता लक्ष्मणलाल कर्णले पनि अहिले पार्टी एकताको कुनै कुरा नै नभएको बताए। ‘न पार्टी एकता गर्ने रहर छ, न त कतै कुरा भएको छ’, उनले भने ‘पार्टीभित्र छलफल र कुनै प्रस्ताव पनि कतैबाट आएको छैन।’ 

लोसपाका नेताहरुले मात्र होइन, जसपाका अध्यक्ष यादव पक्षका नेता मोहमद इस्तियाक राईले पनि एकताको विषयमा पार्टीभित्र कुनै छलफल नभएको  बताए। उनले जसपा विभाजन हुन लागेको भन्दै फिजाइएको हल्लामा सत्यता नभएको दाबी गरे। पार्टीबाट सरकारका गएकाहरुलाई फिर्ता बोलाउने र मन्त्रीमा आफ्नो नाम गलत मनसायका साथ जोडिएर आइरहेको बताए।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्