• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपेन्द्र यादव किन भन्दै छन् पार्टी एकता? लोसपा नेताहरूलाई छैन विश्वास

64x64
नेपाल लाइभ सोमबार, जेठ ३०, २०७९  १०:२५
1140x725

काठमाडौं-जनता समाजवादीका पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विभाजन भएर गएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एकताको आह्वान गर्दै आएका छन्। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा सोचे अनुसारको परिणाम नआएपछि अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको लोसपालाई एकताका लागि ढोका खुलै रहेको बताउन थालेका हुन्।

गत बुधबार पार्टीको निर्वाचन समीक्षाका क्रममा यादवले यही कुरा दोहोर्‍याए। उनले अहिले नै यसरी पार्टी एकताको आह्वान गर्नुका पछाडि तीन प्रमुख कारण भएको देखिन्छ।

पहिलो, स्थानीय निर्वाचनमा अलग-अलग भएर भाग लिँदा आएको परिणाम। दोस्रो, जसपा पुन: विभाजनको डिलमा पुग्नु। तेस्रो, आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन।

२०७७ वैशाखमा संघीय समाजवादी र राट्रिय जनता पार्टीबीच रातारात एकता भएको थियो। तर उक्त एकता एक वर्षभन्दा केही बढी समयमात्रै कायम रह्यो। पार्टी विभाजित भएर महन्थ ठाकुर पक्षले लोसपा गठन गर्‍याे। विभाजित भएपछि पहिलो पटक चुनावमा उत्रिएको जसपामा स्थानीय निर्वाचनको सेरोफेरोमा यादव अल्पमतमा परेका छन्।

सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउनुपर्नेदेखि पार्टीको आन्तरिक गतिविधिमा पनि अध्यक्ष यादवमाथि प्रश्न उठाउन थालिएको छ।  जनकपुरमा भएको निर्वाचन समीक्षा बैठक स्थलमा नेताहरुबीच कुटाकुट हुनु र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि आफ्नै सांसदबाट आक्रमण भएपछि जसपामा आन्तरिक विवाद रहेको देखिएको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिनाका लागि भन्दै पठाइएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मौका दिनुपर्ने माग पार्टीमा चर्कोसँग उठिरहेको छ।

अघिल्लो पटक नै मन्त्रीको सूचीमा परेर अटाउन नसकेकाहरुले विशेष गरि पार्टीभित्र दबाब बढाएका छन्। पछिल्लो पटक एकीकृत समाजवादीले मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि जसपाभित्र पनि मन्त्री हेरफेरको दबाब बढेको हो। उक्त दबाबले पार्टी विभाजनसम्म पुग्नसक्ने आंकलनपछि अध्यक्ष यादव लोसपासँग एकताको कुरा गर्न थालेको असन्तुष्ट नेताहरुको आरोप  छ। लोसपाका नेताहरुले पनि यस्तै टिप्पणी गरेका छन्।

२०७७ वैशाख १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि अलग -अलग रहेका मधेसकेन्द्रित दुई दल चमत्कारीक रुपमा एक भएका थिए। उक्त अध्यादेशले मधेसकेन्द्रित दल विभाजन हुने कुरा चर्चामा आउँदै गर्दा पार्टी एकीकरण भएको थियो। सुरुमा तीन जना अध्यक्ष हुने भनिएको भए पनि पछि दुई जनामात्र रहेका थिए। 

nimb
nimb

महन्थ ठाकुर, उपेन्द्र यादव र बाबुराम भट्टराई अध्यक्ष रहने भनिएको भए पनि महन्थ र उपेन्द्र मात्र अध्यक्षको रुपमा रहे र भट्टराई संघीय परिषद अध्यक्ष बने।

रातरात एक भएको पार्टीमा एक वर्ष नपुग्दै विवाद आयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि जसपामा विभाजनको  टुसा पलाएको थियो। ओलीले दोस्रो पटक २०७८ जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेपछि यो पार्टीमा विवाद सुरु भयो। यो विवाद एक पक्षले अर्कोलाई निकाल्नेसम्म पुग्यो।

उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको घोषणा गर्दै निर्वाचन आयोगका पत्र बुझायो भने  महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरेको घोषणा गर्‍याे। यी दुवैले जानकारी निर्वाचन आयोगलाई गराए। अनि यो विवाद निर्वाचन आयोगमा पुग्यो। २०७७ जेठ २५ गते निर्वाचन आयोगका दुई अध्यक्ष र एक संघीय परिषदको अध्यक्षसहित निर्वाचन आयोगमा दर्ता भएको जसपा २०७८ एकवर्षपछि २०७९ जेठमा वैधानिकता दाबी गर्दै निर्वाचन आयोगदेखि सर्वोच्चसम्म मुद्दा सुरु भयो।  २०७८ जेठ ३० गते निर्वाचन आयोगले दुवै पक्षको कारबाहीलाई मान्यता दिएन।

निर्वाचन आयोगले दुवै पक्षले बहुमतको आधारमा भन्दै एकअर्कोलाई गरेको कारबाहीलाई अमान्य भन्दै राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २५ को उपनियम ६ बमोजिम जसपा पदाधिकारीको विवरण साबिककै रहने निर्णय समेत गर्‍याे। योसँगै वैधानिकतको विवाद सुरु भयो। दुवै पक्षको दाबी र निवेदनपछि निर्वाचन आयोगले २०७८ साउन ७ गते पार्टी विवादमा सनाखतका लागि स्वयं उपस्थित हुन जसपाका कार्यकारिणी सदस्यहरूका नाममा आदेश जारी गरेको थियो। निर्वाचन आयोगको आदेशपछि सनाखतका क्रममा ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले अध्यक्ष उपेन्द्र यादव पक्षमा हस्ताक्षर गरेका थिए। १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एक जना (रेशम चौधरी) तटस्थ बसेका थिए। योसँगै आयोगले महन्थ पक्षलाई अलग पार्टी दर्ता गर्न आदेश गर्यो। उनीहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नाममा नयाँ दल दर्ता गराए।

यसरी अलग पार्टी दर्ता भएको १० महिनापछि जसपाका अध्यक्षले पार्टी एकताका लागि आह्वान गरेका छन्। उनले विभाजन भएर जाँदा असर परेको भन्दै एक हुन आफू तयार रहेको बताइरहेका छन्। 

‘उहाँहरू समीक्षा गरेर पार्टी एकताको लागि आउनुभयो भने हामी तयार छौं। विगतका गल्ती, त्रुटिलाई सच्याएर हामी अगाडि बढौँ। मधेसको मत बाँडिएर मधेसीलाई धेरै नोक्सान भयो। पार्टी फुटाएर होइन, जुटाएर अगाडि बढौँ’ यादवले भनेका छन्।

पार्टी एकताका लागि ढोका खुला रहेको उनले दोहोर्‍याए। ‘उहाँहरूलाई खुलेर सहयोग र स्वागत गर्न तयार छौँ। पार्टी एकताको लागि पनि हाम्रो ढोका खुला छ’ यादवले भने।

तर लोसपाका नेताहरुले भने यसको सम्भावना नभएको दाबी गरेका छन्।

खासगरी पार्टीभित्र दबाब, सरकारमा लोसपालाई पनि सहभागी गराउने प्रधानमन्त्री देउवाको तयारी र आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आउने सम्भावित परिणामलाई हेरेर यादवले यस्तो प्रस्ताव अघि सारेको देखिएको लोसपाका नेताहरुको भनाइ छ।

जसपाका अध्यक्ष यादवले पार्टी एकता असम्भव नभएको दाबी गरेका छन्।  यादवले अहिले पनि एकताको सम्भावना रहेको तर त्यसका लागि दुवै हातले ताली बजाउनुपर्ने टिप्पणी केही दिनअघि प्रतिनिधि सभाबाट बाहिरिने क्रममा व्यक्त गरेका थिए। ‘एक हातले मात्र ताली बज्दैन। हामीले पार्टी एकताका लागि खुला गरेका छौं’, उनले भने, ‘अहिलेको समय र अवस्थामा फुटेर हैन जुटेर एक हुने छ।’ 

उनले आफूले कहिल्यै कसैलाई कुनै आरोप नलगाएको दाबी गरे। उल्टै आफूमागि महन्थ पक्षले आरोप लगाएको बताए। ‘पार्टी एकता समयको आवश्यकता र जनताको माग हो’, यादवले भने, ‘फुटेर हैन जुटेर अघि बढ्नुपर्ने हाम्रो धारण हो। यो हाम्रोमात्र कुरा होइन उहाँहरुको पनि हो।’

तर, लोसपाका नेता राजेन्द्र महतोले यादवको भनाइलाई अस्वीकार गरेका छन्। यादवले आफू अप्ठ्यारोमा परेकाले यस्तो कुरा अघि सारेको बताए।

‘जब-जब उपेन्द्र यादवलाई अप्ठेरो पर्छ अनि एकताको कुरा उहाँले गर्ने गर्नुभएको छ’, उनले भने, ‘पार्टी एकता गर्नुपर्छ भनेर उहाँले भनेको हामीले सार्वजनिक सञ्चार माध्यममा सुनेका छौँ,  त्यस्तै उहाँको पार्टी विभाजन हुन लागेको पनि सुनेका छौं।’

पार्टी विभाजन हुन लागेकाले यादवले एकताको राग अलापिरहनु भएको उनको आरोप छ। ‘उहाँ जहिले पनि बनावटी कुरा गर्नुहुन्छ’, महतोले भने, ‘विगतमा पनि यस्तै देखिएको हो। पहिला पनि यस्तै गरेर आउनु भयो। ल त भनेर हामीले एकता गयाैं, तर विभाजनका लागि उहाँले नै निर्वाचन आयोगमा निवेदन दिनु भयो।’

उनले मधेसी जनतलाई एकता गर्ने कुरा कहिल्यै यादवले नगरेको आरोप लगाए। ‘पार्टी एकता गर्ने कुरामा कुनै सत्यता छैन’, उनले भने, ‘अहिले उहाँहरुसँग एकता हुने कुरा पनि भएको छैन।’

त्यस्तै लोसपाका नेता लक्ष्मणलाल कर्णले पनि अहिले पार्टी एकताको कुनै कुरा नै नभएको बताए। ‘न पार्टी एकता गर्ने रहर छ, न त कतै कुरा भएको छ’, उनले भने ‘पार्टीभित्र छलफल र कुनै प्रस्ताव पनि कतैबाट आएको छैन।’ 

लोसपाका नेताहरुले मात्र होइन, जसपाका अध्यक्ष यादव पक्षका नेता मोहमद इस्तियाक राईले पनि एकताको विषयमा पार्टीभित्र कुनै छलफल नभएको  बताए। उनले जसपा विभाजन हुन लागेको भन्दै फिजाइएको हल्लामा सत्यता नभएको दाबी गरे। पार्टीबाट सरकारका गएकाहरुलाई फिर्ता बोलाउने र मन्त्रीमा आफ्नो नाम गलत मनसायका साथ जोडिएर आइरहेको बताए।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले
त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा
सम्बन्धित सामग्री
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप उक्त  कार्यबिधि स्थानीय पत्रपत्रिकालाई पूर्ण रूपमा बन्द गर्ने नियतबस आएको आरोप लागेको छ। शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता शनिबार, भदौ १३, २०८३
चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा शनिबार, भदौ १३, २०८३
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा शनिबार, भदौ १३, २०८३
गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्