• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उच्च र जिल्लामा नियुक्तिको प्रक्रिया सुरु हुँदै, लोकसेवा पास भएका दुई जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस

64x64
नेपाल लाइभ आइतबार, जेठ २९, २०७९  १०:५४
1140x725

काठमाडौं- न्यायपरिषद्ले लोकसेवा आयोगको परीक्षाबाट जिल्ला न्यायाधीशमा पास भएका दुई जनालाई नियुक्ति गरेको छ।

चैत ६ गते पास भएका उनीहरुलाई परिषद्ले जेठ २७ गते मात्र नियुक्तिको सिफारिस गरेको हो। लिखित परीक्षा र अन्तर्वार्ताबाट पास भइ जिल्ला न्यायाधीश भएका भुवन गिरी र ओमबहादुर सोडारीलाई परिषद्ले नियुक्ति गरेको हो। 

न्याय परिषद्ले १८ जिल्ला न्यायाधीश खुला परीक्षामार्फत पूर्ति गर्न विज्ञापन गरेको  थियो। २ सय १७ जनाले आवेदन दिएकामा लिखित परीक्षामा जम्मा तीन जना उत्तीर्ण भएका थिए। लिखित परीक्षामा २३ कानुन व्यवसायी र १ सय ९२ सरकारी कर्मचारी सहभागी थिए।

उत्तीर्ण ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी मात्र थिए। पोखरेल भष्टाचार मुद्दा दायर भएका कारण निलम्वनमा परेपछि उनको अन्तर्वार्ता  गरिएको थियो भने सोडारी र गिरीले चैत १ गते अन्तर्वार्ता दिएका थिए। लिखित परीक्षाको नतिजा सार्वजनिक हुनअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएका कारण पोखरेल अन्तर्वार्तामा सहभागी हुन पाएनन्। 

आर्थिक वर्ष २०७४/७५ देखि लिखित परीक्षामार्फत् ४० प्रतिशत जिल्ला न्यायाधीशको पूर्ति शुरुवात भएको थियो। नयाँ संविधानले जिल्ला न्यायाधीशमध्ये ४० प्रतिशतको पूर्ति ‘अधिवक्ताका रूपमा निरन्तर कम्तीमा ८ वर्ष वकालत गरेका, कानुनमा स्नातक भएर न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा ८ वर्ष काम गरेका वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा ८ वर्ष काम गरेका व्यक्तिमध्येबाट खुला परीक्षाका आधारमा’ गरिने व्यवस्था गरेको छ।

nimb
nimb

उक्त व्यवस्थाबमोजिम पहिलो पटक न्याय परिषद्ले आर्थिक वर्ष २०७४/७५ मा ३० जिल्ला न्यायाधीशको पूर्ति खुला परीक्षाबाट गर्ने गरी आवेदन माग गरेको थियो। यस पटक पनि विभिन्न कष्टर र खुल्ला गरि  १८ जनाको आवेदन माग गरेपछि तीन जनामात्र पास भएका थिए। परिषदले न्यायाधीश नियुक्तिको मापदण्ड अन्तिम अवस्थामा पुर्‍याएकाले लोकसेवाबाट पास भएका व्यक्तिहरुको नियुक्तिको सिफारिस गरेको हो।  

उच्च र जिल्लामा नियुक्तिको प्रक्रिया सुरु हुँदै 
केही दिनअघि फुलकोर्टमा न्यायाधीश नियुक्ति सम्‍बन्धी मापदण्डमा छलफल भएको थियो। उक्त छलफलपछि आएको सुझावलाई समावेश गरेर फुलकोर्टले मापदण्ड परिषद्लाई पठाएर राजपत्रमा सूचना निकाल्ने तयारी परिषदले अघि बढाएको छ। परिषदले रिक्त उच्च र जिल्ला अदालतमा छिटै नियुक्तिका लागि प्रक्रिया अघि बढाउन लागेको न्याय परिषद स्रोतले बतायो। 

हाल उच्च अदालतमा पाँच जना मुख्य न्यायाधीश र १५ जना न्यायाधीश रिक्त रहेको छ। त्यस्तै जिल्ला अदालतमा २३ न्यायाधीश रिक्त छन्। उच्च अदालतमा २० र जिल्ला अदालतमा २३ गरि ४५ न्यायाधीशको दरबन्दी रहेको छ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मापदण्डमाथि छलफल भइरहेको र पारित भएपछि नियुक्ति सुरु हुने बताए। नेपाल बार एसोसियसन र सर्वोच्च अदालतका कर्मचारीसँग पनि अन्तिम छलफल चलिरहेकोले त्यहाँको सुझावपछि पारित गरेर नियुक्ति अघि बढ्ने उनले बताए।

त्यस्तै सर्वोच्च अदालतमा पनि २ न्यायाधीश रिक्त छ। मिरा खड्का र तेजबहादुर केसीले अवकाश पाएपछि उक्त स्थान रिक्त रहेको हो।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप
पोखरा विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
सम्बन्धित सामग्री
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप शनिबार, भदौ १३, २०८३
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट भारतीय कांग्रेस नेता तथा लेखक शशि थरुरले नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता भएको बताएक... शनिबार, भदौ १३, २०८३
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार शनिबार, भदौ १३, २०८३
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप शनिबार, भदौ १३, २०८३
पोखरा विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने शनिबार, भदौ १३, २०८३
खोटाङमा मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते शनिबार, भदौ १३, २०८३
बाढी पूर्वानुमान महाशाखा भन्छ– भोटेकोशीमा बाढीको जोखिम कायमै छ, पूर्वसूचनामा ध्यान दिनू शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्