बर्दिया– जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। प्रमुख, उपप्रमुख र सदस्य पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।
प्रमुखमा सूर्यबहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए। उनका अनुसार सदस्यहरूमा तिर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरै लाल थारु निर्वाचित भएका छन्।
यस्तै, महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र बिमला थारु छन्। दलित वा अल्पसंख्यक सदस्यमा सुनिता नेपाली र्निविरोध चयन भएका हुन्।
निर्वाचित प्रमुखलाई मुख्य निर्वाचन अधिकृत र उपप्रमुखलगायत सदस्यहरुलाई नवनिर्वाचित समन्वय प्रमुखले शपथ ग्रहण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।