• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यौन हिंसाविरुद्ध उजुरीको हदम्याद हटाउनेदेखि निरन्तर सुनुवाइकाे माग राख्दै संशोधन प्रस्ताव

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २७, २०७९  १८:५८
1140x725

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले संसद्मा प्रस्तुत भएको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ राखिएका केही प्रावधान हटाउन संशोधन दर्ता गराएका छन्।

संसद् सचिवालयका अनुसार सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले हदम्याद हटाउनेदेखि लिएर विधेयकमा राखिएका कतिपय प्रावधान हटाएर अरु राख्नुपर्ने भन्दै संशोधन दर्ता गराएका हुन्। 

संसद्ले विधेयकलाई दफावार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ।

सरकारले चैत २२ गते जारी गरेको अध्यादेशलाई प्रतिस्थापन गर्न संसद्मा दर्ता गरेको विधेयकमा सत्ता र प्रतिपक्षका सांसदहरूले मुलुकी अपराध संहिता २०७४ को दफा २२९ मा भएको एक वर्षे हदम्याद हटाउन औपचारिक रूपमा संशोधन पेस गरेका हुन्।
सांसदहरू रेखा शर्मा, अमृता थापा, यशोदा सुवेदी, पूर्णकुमारी सुवेदी र पार्वतीकुमारी विशुन्के लगायतले कसूर वा तेजाब भन्ने शब्दहरू पछाडी आगजन्य भन्ने शब्द थप्नुपर्ने भन्दै संशोधन दर्ता गराएका छन्।

त्यस्तै अर्की सांसद दुर्गा पौडेलले पीडितको जिम्मा राज्यले लिनुपर्ने र बलात्कारबाट पीडित व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, जीवन निर्वाह र समाजमा पुनःस्थापनाको ग्यारेन्टी राज्यले गर्नुपर्ने बुँदा थप्नुपर्ने भन्दै संशोधन दर्ता गराएकी छन्। 

‘कसूर वा तेजाब भन्ने शब्दहरू पछाडी पेट्रोल र मट्टितेल प्रयोग गरी आगो लगाएर भन्ने शब्दहरू थपी सोही दफामा रहेको शारीरिक क्षति पुर्‍याएको भन्ने शब्दहरू पछि र दश वर्षको उमेरभन्दा कम उमेरका बालिकालाई बलात्कार गरेको ठहरेमा भन्ने शब्दहरू थप्नुपर्ने,’ उनको प्रस्तावमा भनिएको छ। 

सांसदहरू बिन्दा पाण्डे, विना श्रेष्ठ, विद्या भट्टराई, गोमा देवकोटा, तिर्था गौतम, विमला विश्वकर्मा, पवित्रा निरौला(खरेल), बिमला विकले उपदफा(१)मा प्रस्तावित व्यवस्थाहरूमा संशोधन गरी सजायको अनुपातमा जरिवाना तोकिनु पर्ने र जरीवानाबाट प्राप्त रकमसहित आवश्यकता र अवस्था अनुसार पीडित पक्षका लागि परिपूरणको व्यवस्था गर्नुपर्ने संशोधनमा राखेका छन्। 

‘उपदफा(२) अन्तर्गत मूल ऐनको दफा २२७ पछि थप्न प्रस्तावित दफा २२७ (क)को उपदफा(३) मा रहेको उपदफा १ बमोजिमको कसूर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई उपदफा(२) बमोजिम हुने सजायमा थप ६ महिना कैद सजाय हुनेछ भन्ने प्रस्तावित व्यवस्थामा संशोधन गरी सार्वजनिक पदमा रहेको व्यक्ति भएमा थप सजाय र जरीवानाका साथै भविष्यमासमेत सार्वजनिक पदका लागि योग्य नहुने व्यवस्था गरिनुपर्ने,’ भन्ने उल्लेख गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘उपदफा(३) मा संशोधन गरी क्षतिपूर्तिका साथै उमेर र अवस्था अनुसार शिक्षा, स्वास्थ्य, उपचार र जीविकोपार्जनका लागि रोजगारीको व्यवस्था गरिनेछ’ थप्नुपर्ने पनि भनिएको छ। 

उपदफा(४) अर्थात् मूल ऐनका दफा २२९ मा संशोधन गरी जबरजस्ती करणी जस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको अवधि हटाउने, अनुसन्धान र अभियोजन प्रक्रियालाई समय अवस्था अनुसार सुदृढ गर्दै जानुपर्ने बुँदा पनि थप्नुपर्ने उल्लेख छ।

यस्तै, उपदफा(२) मा रहेको तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरीवाना भन्ने वाक्याशंको सट्टा पाँचवर्ष कैद र एकलाख जरीवाना भन्ने शब्द राख्नुपर्ने भनिएको छ। 

सांसदहरू मिनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल र मोहनप्रसाद पाण्डेले उपदफा(१) र (४) अर्थात् मूल ऐनको दफा २१९ र २२७ मा संशोधन गरी पीडितको उमेर, शारीरिक अवस्था, सामाजिक पहुँच आदिको परिस्थिति हेरी दण्ड सजाय र उजुरी गर्ने हदम्यादको वर्गीकृत व्यवस्था गर्नुपर्ने भनेका छन्। 

त्यस्तै सांसद गगन थापासहित पुष्पा भुसाल गौतम, डिला संग्रौला पन्त, रंगमती शाही, महेन्द्रकुमारी लिम्बु, मिना सुब्बा, बिमला नेपाली, लक्ष्मी परियार, प्रमिला राई, हिरा गुरुङ, मिनाक्षी झा, सरवत आरा खानम र सुजाता परियारले पनि उपदफा(१) अन्तर्गत मूल ऐनको दफा २१९ को उपदफा(३) पछि थप्न प्रस्तावित उपदफा(३) क को खण्ड (क), (ख), (ग) को सट्टा जरिवाना तोकिनुपर्ने भनि संशोधन दर्ता गराएका छन्। 

जबरजस्ती करणी सम्बन्धी कसूरको सन्दर्भमा मात्र सिमित नगरी सबै जघन्य अपराधको सम्बन्धमा लागू गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा राखिएको छ। 

सांसद झपट रावलले संशोधन विधेयकको सबै दफाहरूमा यौन हिंसाजन्य गतिविधिले पार्न सक्ने प्रभावहरू र सजायका बारेमा व्यापक छलफल र संशोधन गर्नुपर्ने भएकाले सबै दफाहरूमा संशोधन गर्ने भनी संशोधन प्रस्ताव दर्ता गराएका छन्।  

विभिन्न सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावमा पीडक उम्कन नपाउने र पीडितले समयमै न्याय पाउने अवस्थाका लागि प्रभावकारी कार्यविधि बनाउनुपर्ने एवं अपराधिक कार्यमा पीडक र पीडितले प्रमाण मेट्न सक्ने अवस्था हुन नदिनका साथै ऐनको दुरुपयोग हुन नदिन विशेष कानुनी प्रबन्ध गर्नुपर्ने उल्लेख गरिएको छ। 

‘पीडकबाट माग बमोजिम क्षतिपूर्ति प्राप्त गर्ने कानुनी आधार र व्यवस्था बनाउने, बलात्कार तथा अन्य जघन्य यौनजन्य हिंसा सम्बन्धी फौजदारी अभियोगको न्यायिक निरुपणका लागि सबै अदालतहरूमा विशिष्टिकृत इजलास स्थापना गर्ने र पुर्पक्षमा लाग्ने समय अवधि घटाउनका लागि बलात्कार तथा अन्य जघन्य यौनजन्य हिंसा सम्बन्धी फौजदारी मुद्दामा अनिवार्य रुपमा निरन्तर सुनुवाइको व्यवस्था गर्नुपर्ने र बलात्कार तथा यौनजन्य हिंसाको अनुसन्धान तथा अभियोजनका लागि नेपाल प्रहरी तथा महान्यायाधीवक्ताको कार्यालयको समन्वय तथा सहकार्यमा न्यूनतम रुपमा जिल्लास्तरमा विशिष्टिकृत टास्क फोर्स स्थापना गर्नुपर्ने,’ संशोधन प्रस्तावमा उल्लेख छ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्