• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

एक ‘थप्पड’का कारण डिभोर्स!

64x64
युवराज भट्टराई शनिबार, जेठ २८, २०७९  १२:०१
1140x725

काठमाडौं– शहरले भर्खर बिर्सिएको घट्ना हो, ‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरले आफूमाथि ‘दुर्व्यवहार’ गरेका एक दर्शकमाथि थप्पड लगाइन्। हुन त त्यो थप्पड उनले आफूमाथिको ‘हिंसा’को प्रतिकारमा दिएको जवाफ थियो।

त्यो थप्पडले सडकदेखि सञ्जालसम्म ततायो। नेपाली समाजमा प्रायः नदेखिएको धार्मिक अतिवादी समूहलाई सडकमा उतार्यो। यौनहिंसा र हिंसा पीडितबारे समाजको ‘दृष्टिकोण’ पनि छताछुल्ल भयो।

प्रसंग थप्पडकै छ। प्रसंग थप सान्दर्भिक बनाउन, सन् २०२० मा आएको अनुभव सिन्हा निर्देशिक फिल्म ‘थप्पड’माथि चर्चा हुनेछ।

तापसी पन्नु अभिनित फिल्म ‘थप्पड’ एउटा फिल्म मात्रै नभएर भारत र आसपासका देशमा बहसको सुरुवात पनि थियो। प्रायः समाजका मिहिन विषयवस्तुमाथि कथाभित्रका कथा खोज्ने र ती कथालाई दृश्यमा बुन्ने निर्देशक सिन्हाले बनाएको यो फिल्मलाई पनि धेरैले ‘जाबो एक थप्पडमाथि पनि फिल्म बन्छ?’ भन्ने प्रश्न गरेका थिए। 

तर, थप्पड ‘जाबो’ थिएन। हिंसा थियो। अपमान थियो। आत्मसम्मानमाथिको प्रहार थियो। र अहिले पनि त्यही हो।

निर्देशक सिन्हाले फिल्ममा ‘जाबो’ भनिएको थप्पडलाई नयाँ ढंगले परिभाषित गरेका छन्। ती परिभाषाहरु हिंसा, अपमान, आत्मसम्मानमाथिको प्रहारको जवाफ हुन्।

के श्रीमतीलाई थप्पड 'सामान्य' हो?
अमृता (तापसी पन्नु अभिनित) आफू एक व्यापारिक घरानामा विवाह गरेकी छिन्। अमृताका श्रीमान विक्रम (पवैल गुलाटी अभिनित) घरका लागि आर्थिक आर्जन गर्छन्। अमृता घर सम्हाल्छिन्। आफ्नै इच्छाले विवाह गरेकी उनले घर सम्हाल्ने कामलाई पनि आफैं छानेकी हुन्छिन्।

श्रीमानको अफिस, आफ्नो घर। जीवन सरल गतिमा बहिरहेको हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अमृता र विक्रमको जीवनमा अरुको पनि भूमिका छ। जस्तो घरमा काम गर्ने सुनिता (गितिका विद्या अभिनित) आफ्नो घरमा श्रीमानले आफूमाथि गर्ने हिंसाबारे अमृतालाई सुनाउँछिन्। छिमेकी शिभानी (दिया मिर्जा) एकल आमाको रुपमा छोरी हुर्काइरहेकी हुन्छिन्, जसलाई अमृताले नृत्य प्रशिक्षण दिइरहेकी हुन्छिन्।

जीवन सामान्य चलिरहन्छ। कर्पोरेट जागिरमा बढुवाको आश र लण्डन जाने सपनासँगै उनीहरुको दैनिकी चलिरहन्छ। महिनौं काम गरेको प्रोजेक्ट स्वीकृत हुन्छ। विक्रम अमृतालाई घरमा साँझ पार्टी राख्ने भन्दै आमा सुलक्षणा (तन्वी अज्मी अभिनित) सँग सम्पूर्ण तयारी गर्न लगाउँछ। प्रोजेक्टको स्वीकृतिपछि विक्रम र अमृताले लण्डन बसाइ सर्ने सपना पनि पूरा हुने सोचेका हुन्छन्।

रमझम, झकिझकाउ, मदिरा, संगीत। आफन्त, साथीभाई, सहकर्मीबीचको उत्सवमा विक्रम सुन्न नचाहेको खबर सुन्न बाध्य हुन्छ। उसको ठाउँमा अरु कसैलाई लण्डन जानका लागि अफिसले नियुक्त गरिदिन्छ।

विक्रम आवेगमा आफ्नो रिस नियन्त्रण गर्न सक्दैन। पार्टीमा उपस्थित आफूभन्दा सिनियर सहकर्मीमाथि गालीगलौजमा उत्रिन्छ। माहोल तातिन्छ। माहोल साम्य बनाएर कुनै दुर्घटना नहोस् भन्ने हेतुले अमृता विक्रमलाई तान्छिन्। पटक पटक प्रयास गर्छिन् उसलाई भिडबाट हटाउन।

Xtrem

Xtrem

तर, त्यति नै बेला विक्रम आफ्नो सम्पूर्ण रिस अमृतामाथि बर्साउँछ। सबैका सामुन्ने अमृतामाथि थप्पड हान्छ। अमृतामाथि बर्सिएको विक्रमको थप्पडको कारण उनी हुन्नन्, स्वयम् विक्रम हुन्छ। विक्रमको आवेग र रिसले केही नहोस् भन्ने चाहना राख्दा सबैका सामुन्ने अमृताको आत्मसम्मानमा ठेस पुग्छ।

चर्किएको माहोल शान्त हुन्छ। सबै विक्रमलाई ‘के भयो? किन?’ भन्ने प्रश्न गर्छन्। अमृता भिडमा एक्लै हुन्छिन्। 

दिन बित्छ। विक्रमको मनमा कुनै ग्लानी हुँदैन। माफी माग्दैन। रातमा विक्रम चुपचाप निदाउँछ। अमृता अनिदो हुन्छे। बिहानबाटै नियमित गर्ने घरका काममा व्यस्त हुन्छे। तर, त्यो रातको थप्पड मनबाट हट्न सक्दैन। 

श्रृङ्खलाबद्ध महिला आन्दोलनको प्रभाव : थप्पड
महिलामाथि हुने हिंसा कुन हदसम्म हुन्छन्? एक अध्ययनका अनुसार श्रीमान् वा पुरुषले महिलामाथि गर्ने हिंसा अधिकांश पुरुष सामान्य मान्छन्। एकतिहाइ महिला पनि यसलाई सामान्य मान्छन्।

तर, यस्तो किन?

मनुस्मृतिमा महिलालाई ‘जनावर’को रुपमा प्रस्तुत गरिएको छ। उनीहरुमाथि श्रीमानले हात उठाउनुलाई सामान्य भएको लेखिएको छ। श्रीमानको अनुमतिबिना कुनै काम गर्दा वा कुनै गल्ती गर्दा श्रीमतीमाथि श्रीमानले हात उठाउन पाउने अनुमति मनुस्मृतिले दिएको छ।

‘श्रीमतीलाई डोरी वा बाँसले पिट्नुपर्छ, जब उनीहरुले कुनै किसिमको गल्ती गर्छन् ।’ (मनुस्मृतिः पृष्ठ २९९)

दक्षिण एसियाली समाज होस् वा युरोपेली समाज विगतमा महिलामाथि हुने हिंसा सामान्य मानिन्थ्यो। मध्यकालीन युरोपमा महिलामाथि श्रीमानले शारीरिक रुपमा हिंसा गरेर ‘तह लगाउन पाउने’ चलन थियो।

सन् १९२० सम्म युरोपेली देशमा पनि अवस्था यही थियो। महिलामाथि घरमा हुने हिंसाविरुद्ध कानुन पनि थिएन। अदालतले नै यस्ता विषय ‘घरमै समाधान गर्नुपर्ने’ बताउँथ्यो।

तर, सन् १९६० र १९७० को दशकमा अमेरिकमा सुरु भएको नारीवादको दोस्रो लहरले यसमा धेरै प्रभाव पार्‍यो। सडकमा उत्रिएका महिलाहरुको सामूहिक आवाज थियो, ‘हामीमाथि हुने हिंसा कदापी स्वीकार्य छैन।’ त्यो बेलामा आन्दोलनमा उत्रिएका महिलाहरुको नारा थियो, ‘हामी कुटिनुपर्छ भन्ने छैन।’

समयक्रममा पुरुषले महिलामाथि गर्ने घरेलु हिंसा अपराध बन्यो। त्यही बेला भारत र छिमेकी देशहरूमा पनि नारीवादको लहर आयो । दाइजो प्रथाको विपक्षमा मात्र नभइ अन्य महिला हिंसाविरुद्ध पनि आवाज उठे। 

हिंसाविरुद्धको लामो संघर्षपछि महिलाहरुले अधिकार प्राप्त गरे। अधिकार कानुनी रुपमा आयो, अर्थात् कागजमा। तर, व्यवहारमा विभेद कायम रह्यो। हिंसा कायम रह्यो। 

‘थप्पड’ फिल्ममा महिला आन्दोलन, महिला अधिकार र महिलामाथि हुने हिंसाका समग्र पक्षहरु समेटिएको छ। समानान्तर रेखामा बगिरहेका चार महिलाहरूको जीवनमार्फत प्रस्तुत गरिएको यो फिल्मको कथाले महिलालाई आफ्नो अधिकार र आत्मसम्मानको निम्ति आवाज उठाउन र अडान नछाड्न प्रेरित गर्छ।

उस्तै जीवन भोगिरहेका चार महिलाको कथा
‘उसको कुनै बाहिरी सम्बन्ध थियो?’

‘थिएन।’

‘तिम्रो कुनै बाहिरी सम्बन्ध थियो?’

‘थिएन।’

‘सम्बन्धमा अरु कुनै समस्या थिए? परिवारमा?’

‘थिएन।’

‘त्यसो भए केवल एक थप्पडको लागि डिभोर्स?’

प्रस्तुत संवाद फिल्मकी पात्र अमृता र उनले सहकार्य गरिरहेकी वकिल नेत्र (माया सारो अभिनित) बीचको हो। जवाफमा अमृताले थप्पड ‘केवल एक’ नहुने बताउँछिन्।

फिल्ममा सिन्हाले अमृता, नेत्र, शानी र सुनिताको जीवनलाई समानान्तर रूपमा प्रस्तुत गरेका छन्। महिलामाथि हुने हिंसा साधारण हुँदैन भन्ने विषयमा नै फिल्मको कथा बुनिएको छ। 

एक थप्पडका कारण अमृता माइत घर फर्किन्छिन्, श्रीमानसँग सम्बन्ध विच्छेद गर्छिन्। तर, ग्लानी महसुस नगरेको विक्रम अमृताको पेटमा आफ्नो सन्तान भएको थाहा पाउँदा ‘कस्टडी’ (सन्तानको सम्पूर्ण अधिकार) लिन उसलाई खरिद गर्न खोज्छ। डिभोर्सको क्रममा अमृता कुनै सम्पत्ति चाहँदिनन्। मात्र सम्बन्धबाट बाहिरिन चाहन्छिन्। वकिलसँगको संवादमा उनले भनेकी छिन्, ‘मैले घरगृहस्थी आफूले छानेको हो। उसले बाहिरको काम गर्ने र मैले घर सम्हाल्ने भनेको हो। त्यसैले मलाई सम्पत्ति चाहिँदैन, सम्बन्धबाट छुटकारा मात्रै चाहिन्छ।’

अमृता आफूमाथि विक्रमले हानेको थप्पडलाई लिएर सम्बन्ध विच्छेदको अवस्थासम्म पुगेकी हुन्छिन्। तर, यहि विद्रुप समाजको हुर्काईमा हुर्किएकी उनमा पनि सन्देह हुन्छ, ‘कतै गलत त गरिरहेको छैन?’ प्रश्न आफ्नो बुबालाई सोध्छिन्। बुबाले जवाफमा भन्छन्, ‘कहिलेकाही राम्रो कामको परिणाम राम्रो नै हुन्छ भन्ने हुँदैन्।’

अनुभव सिन्हाले कथाको केन्द्रमा राखेका चार महिलाको जीवन एकअर्कामा जोडिएको छ। अमृता आफ्नी छिमेकी शिभानीको जीवन हेर्छिन्। एकल महिलाको रुपमा सफल जीवन बिताइरहेकी उनी र उनको छोरीलाई हेर्छिन्। उनलाई शक्ति मिल्छ। जीवन आत्मसम्मानबिहीन सम्बन्धमा बाँधिएर जीउन सकिदैंन, बरु एक्लै जिउन सकिन्छ। अमृताको वकिलको रुपमा मुद्दामालिमा गरिरहँदा नेत्रले उसका कुराहरू सुन्छिन् र आफू सम्बन्धमा रहेका व्यक्तिलाई हेर्छिन्।

फिल्ममा दृश्य छ, जहाँ नेत्र थकित भएर आफ्नो घर फर्किएकी हुन्छिन्। श्रीमान् उसलाई आज ‘मस्ती गरौं’ भन्छन्। उनी आफू थकित भएको बताउँछिन्। तर, श्रीमान् ‘तिमी चुपचाप यहाँ बस, अरु म गर्छु’ भन्दै नेत्रको इच्छाविपरित सम्बन्ध बनाउन खोज्छन्। नेत्र त्यो दिनबाट अमृताले भन्ने गरेका कुराहरु र आफूमाथि भइरहेको व्यवहारलाई लिएर आत्मसमीक्षाको स्तरमा पुग्छिन्।

यता अमृताको घरमा काम गरिरहेकी सुनितालाई श्रीमानले दैनिक पिट्छन। कहिलेकाँही घरको ढोका लगाएर श्रीमानलाई बाहिरै बस्न बाध्य बनाउँछिन्। तर, उनमा डर हुन्छ, भोलि श्रीमानले ढोका लगाएमा आफू कहाँ जाने? आफ्नो जाने ठाउँ नभएको सुनाउँदै अमृतासँग उनले चिन्ता व्यक्त गरेकी हुन्छिन्।

कालान्तरमा अमृताको मुद्दामामिला, उसको सम्बन्ध विच्छेद प्रक्रियालगायतका सम्पूर्ण घटना नियालिसकेपछि सुनिता श्रीमानको थप्पडको बदलामा उसको हातमा चक्कु लिएर राखिदिन्छन्। श्रीमानको अनुहारमा ग्लानी देखिन्छ। सुनिता वर्षौँ सहेर बसेको हिंसाको प्रतिक्रियाको रुपमा श्रीमानमाथि थप्पड बर्साउँछिन्।

००००
उतारचढाव नभएको साधारण फिल्मको रुपमा प्रस्तुत ‘थप्पड’ले देखाएको चित्र हाम्रो समाजको हो। हामीले बाँचिरहेको समाज महिलामाथि कुनै किसिमको हिंसा भयो भने ‘हिंसा प्रमाणि गर’ भन्नतर्फ लाग्छ। हिंसा गर्नेभन्दा पीडितमाथि प्रश्न तेर्स्याउँछ। 

तर, ‘थप्पड’ले सोचलाई नयाँ दिशा दिएको छ।

बहसको मुद्दा के हो? बहस गर्नुपर्ने विषय के हो? ‘थप्पड’ले समाजलाई देखाउँछ। थप्पड एकातिर महिलामाथि भएको दमनको प्रतीकको रुपमा प्रस्तुत छ, अर्कातिर महिलामाथि हुने हिंसाको विद्रोहको सुरुवात गर्ने झिल्कोको रुपमा देखाइएको छ। निर्देशक सिन्हाले ‘थप्पड’मार्फत हिंसाका अनन्त स्तर र माध्यमहरु हुने चित्रण गरेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्