विराटनगर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विराटनगर पुगेर जवाफ फर्काएका छन्। वैशाख १४ गते प्रतिनिधि सभामा देउवाले आफूले नीति तथा कार्यक्रममा गरेको टिप्पणीको जवाफमा संसद् भएका कारण भाषण गर्न पाउनुभएको बताएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
शुक्रबार विराटनगरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘मैले नीति तथा कार्यक्रममा गरेको टिप्पणीपछि देउवाजीले संसद् छ र भाषण गर्न पाइया छ भन्नुभयो। त्यो त हामीले भन्नुपर्छ। उहाँले त संसद् ज्ञानेन्द्रको पाउमा पुर्याउनुभएको थियो। फिर्ता लियौं।’
उनले आफूले स्पष्ट मार्गचित्र भएको संसद् चाहेर विघटन गरेको बताए। जनादेश जस्ताको त्यस्तै नरहेका कारण नयाँ जनादेशमा जान विघटन गरेको दोहो¥याए।
‘एमाले र माओवादी मिलेर लडेको जनादेश थियो। त्यो भंग भयो। एमालेको घोषणापत्रले ६४ प्रतिशत मत आएको थियो। एमाले विभाजित भएर दुई टुक्रा हुने अवस्था बनेपछि भंग गरिएको हो,’ उनले थपे, ‘प्रचण्ड र माधव नेपाल मिलेर एमालेमा चक्रब्यूह चलाइसकेपछि नयाँ जनादेशमा जान खोजिएको हो। गल्ती गरेको होइन।’
एमालभित्रै भएका मान्छेहरू प्रतिनिधि सभा विघटनमा सहमति हुन सकिँदैन भनेर प्रतिक्रियावादीसँग लोलोपोतो मिलाइरहेको भन्दै उनले असन्तुष्टि प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।