सुर्खेत– जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख र उपप्रमुखमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनबाट एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका गंगाराम सुनार प्रमुखमा निर्वाचित भएका हुन्।
सुनारले १० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाएका छन्। यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका छन्।
सदस्यहरूमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भएका छन् भने माओवादीबाट शान्ति ताराम र तुलराम नेपाली निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।