• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसदहरुको माग : बलात्कार र यौनजन्य हिंसामा हदम्याद तत्काल हटाऔं 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २७, २०७९  १३:४०
1140x725

काठमाडौं- बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा उजुरी दिन राखिएको हदम्यादसम्बन्धी कानुनी व्यवस्था तत्काल हटाउन संघीय संसदका सांसदरुले सरकारसँग माग गरेका छन्। 

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले एकै श्वरमा मुलुकी फौजदारी संहितामा रहेको हदम्याद संशोधन गर्नुपर्ने तर्क गरेका हुन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रतिनिधि सभा सदस्य निरुदेवी पाल, सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद प्रकाश पन्थ र सत्तारुढ नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद सुरेशकुमार आले मगरले  हदम्याद राख्दा न्याय मर्न सक्ने भन्दै हटाउनुपर्ने तर्क गरेका हुन्। 

बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा उजुरी दिनका लागि राखिएको हदम्याद सम्बन्धी कानुनी व्यवस्था तत्काल हटाउन सरकारलाई निर्देशन दिन समिति समक्ष उनीहरले माग गरे। 
संसदको राष्ट्रिय सरोकार समितिको छलफलमा भाग लिँदै सांसदहरुले यस्तो माग गरेका हुन्। 
प्रतिनिधि सभा अन्तरगतको महिला तथा सामाजिक समितिका सभापति समेत रहेकी सांसद पालले बलात्कार जघन्य अपराध भएकाले उक्त  घटनामा उजुरी दिनका लागि तोकिएको हदम्याद सम्बन्धी कानुनी व्यवस्था तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिन माग राखिन्।  

राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शुक्रबार सिंहदरबारमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सौन्दर्य प्रतियोगिता समेत नियमन गर्न माग गरिन्। उनले यस्ता प्रतियोगिता गर्दा संचालन सम्बन्धी कानुनी व्यवस्था गर्नुपर्ने माग गरिन्। 

nimb
nimb

‘हदम्यादकै कारण न्यायमा बञ्चित गरिनु अन्यायपूर्ण हुन्छ ’, उनले भनिन्, ‘बलात्कार, यौनहिंसा लगायतका जघन्य अपराधका घटनामा हदम्यादको व्यवस्थालाई हटाउन, पुनरावलोकन गर्न सरकारलाई महिला तथा सामाजिक समितिले निर्देशन नै दिएको छ।’ पालले पछिल्लो समय सौन्दर्य प्रतियोगिताको आडमा यस्ता घटना हुने गरेको विषय सार्वजनिक भएकाले यसलाई पनि नियमन गनुपर्ने बताइन्।  

‘सौन्दर्य प्रतियोगिता पनि नियमन गरेर मात्रै संचालन हुने गरी कानुनी व्यवस्था गर्नुपर्दछ’, उनले भनिन्, ‘मिस नेपाल जस्ता कार्यक्रमहरुले महिलामाथि यौनजन्य हिंसा हुने अवस्था आएको सार्वजनिक हुनुले यसमा नियमन आवश्यक देखियो।’ 

सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा हदम्याद राख्न नहुने बताए। उनले बालबालिकाको हकमा, अपांगता भएका व्यक्तिको हकमा त्यसको गाम्भिर्यतालाई हेरेर हदम्याद राख्नै नहुने र अन्य केही राख्ने हो भने त्यसलाई विस्तृत छलफल गरेर मात्रै राख्न उपयुक्त हुनेतर्फ सरकारको ध्यानाकर्षण गराए। 

‘सकेसम्म बलात्कार तथा यौन हिंसाजस्ता गम्भिर प्रकृतिका जघन्य अपराधका घटनामा हदम्याद नराखौं’, उनले भने, ‘राख्नैपर्ने अवस्था भएमा भने त्यसको क्षेत्रलाई छुट्टयाउनेगरी कानुनी व्यवस्था गरौं।’  

त्यस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद सुरेशकुमार आलेमगरले बलात्कार तथा यौन हिंसाजस्तो जघन्य अपराधको घटनामा उजुरी दिनका लागि हदम्याद कुनै पनि अवस्थामा राख्न नहुने बताए। उनले यस्ता गम्भिर प्रकृतिका अपराधका घटनाका दोषीलाई कारबाही गर्नका लागि प्रशस्त कानुनी व्यवस्था भए पनि त्यसको कार्यान्वयन नभएको बताए। ‘यस्ता गम्भीर मुद्दामा हदम्याद जरुरी छैन। बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधको घटनामा पनि हदम्याद राख्ने कुरा उठेको देख्दा मलाई आश्चर्य लागेको छ ’, उनले भने, ‘हदम्याद तोक्नु हुँदैन।’  

बैठकमा विज्ञको रुपमा अधिवक्ता राजु चापागाईंले प्रस्तुती दिएका थिए। अधिवक्ता चापागाईंले हदम्यादको ताल्चा लगाएर बलात्कार तथा यौन हिंसाजस्ता जघन्य अपराधको घटना टुटुटुलु हेरेर बस्ने छुट राज्यलाई नभएको  बताए। उनले हदम्यादले कसैले अन्याय खेप्नुपर्ने कार्य हुन नसक्ने भएकाले यसलाई हटाउनुपर्ने तर्क गरे।

यौनहिंसा सम्बन्धी कार्य रोक्नका लागि सरकारले ल्याएको एउटा अध्यादेश आजै प्रतिनिधि सभाबाट समितिमा दफावार छलफलका लागि आएको छ। यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधि सभाले समितिमा पठाएको छ। उक्त विधेयकमाथि अब समितिमा छलफलदेखि संशोधन हुने छ। समितिले चाहेमा मुलुकी फौजदारी संहितामा रहेको एक वर्षेको हदम्याद संशोधन हुनसक्ने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
जितसहित सुखद् अन्त्य गर्ने लक्ष्य
भोटेकोशी बाढीमा कर्णालीका २०८ जना अझै सम्पर्कविहीन
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ १३, २०८३
जितसहित सुखद् अन्त्य गर्ने लक्ष्य शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा कर्णालीका २०८ जना अझै सम्पर्कविहीन शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित स्थानीय तहलाई सरकारबाट पौने ७ करोड निकासा शनिबार, भदौ १३, २०८३
धुन्चेमा अलपत्रको स्थलमार्गबाट पनि उद्धार सुरु शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्