काठमाडौं– नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठनको माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै मानन्धरले आफ्नै नेतृत्वमा संसदीय समिति बनाउनुपर्ने बताएका हुन्। काठमाडौंको फोहोर व्यवस्था गर्ने क्षमता नभएका कारण अहिले सडकमै रहेको भन्दै उनले संसदीय समिति गठन गरेर समस्याको समाधान खोज्नुपर्ने बताए।
आफू महानगरको प्रमुख पदका लागि उम्मेदबारको आकांक्षी भएपनि टिकट प्राप्त नभएको भन्दै उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि आफू योग्य व्यक्ति भएको दाबी गरे।
‘मेरो अध्यक्षतामा फोहोर मैला व्यवस्थापन संसदीय समिति निर्माण होस्,’ उनले भने, ‘यसको व्यवस्थापनका लागि योग्य व्यक्ति म नै भएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।