फाइल तस्बिर
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालयको बैठक आह्वान गरेको छ।
जेठ ३० गते सचिवालयको बैठक बोलाइएको हो। त्यसअघि महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठक बस्ने छ।
स्थानीय तह निर्वाचनको समीक्षा, स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथीको कारबाही लगायतका समसामयिक विषयमा छलफल गर्न सचिवालयको बैठक बस्न लागेको एक नेताले जानकारी दिए।
उनका अनुसार महासचिवको अध्यक्षतामा बस्ने बैठकले सचिवालय बैठकको कार्यसूची तय गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।