काठमाडौं– प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा एमालेकी सांसद बिमला विकले किसानहरु मल खोज्न हैरान भइरहेको र संसद्मा सांसद्हरु मन्त्री खोज्न हैरान भइरहेको भन्दै व्यंग्य गरिन्।
संसद्मा कृषि तथा पशुपन्छी मन्त्री नै उपस्थित नभएको भन्दै उनले आफूहरु मन्त्रीको खोजीमा रहेको टिप्पणी गरिन्। किसानले पारी (भारत) बाट दु:ख गरेर ल्याएको मल नखोस्न पनि सांसद विकले आग्रह गरिन्।
‘किसानले दु:ख गरेर पारी (भारत) बाट ल्याएको मल खोसेर बहादुरी कमाउने कोसिस नगरियोस्। त्यसरी पारिबाट मल ल्याउँदा धान उत्पादन बढेछ भने यही सरकारलाई सुविधा हुनेछ कि हाम्रो कुशल व्यवस्थापनले उत्पादन बढ्यो भनेर भन्न,’ विकले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।