काठमाडौं– यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिमा पठाइने भएको छ। यस्तै, फौजदारी कसुर तथा फौजदारी कार्यविधीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकलाई पनि दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइने लागिएको हो।
शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकमा दुवै विधेयकलाई समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्ने कार्यविधि रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले ती विधेयकहरु समितिमा पठाइयोस् भनेर शुक्रबारको बैठकमा प्रस्ताव पेस गर्ने कार्यसूचीमा उल्लेख छ। कानुनमन्त्रीले पेस गरेको पारित भएसँगै यी विधेयकहरु संसद्मा समितिमा जाने छन्।
समितिले उक्त विधेयकहरुमाथि लामो छलफल गर्ने छन्। आवश्यकता देखेमा उपसमिति समेत निर्माण गर्नेछन्। समितिमा सांसदरुले संशोधन दर्ता गराउने पाउने छन्।
फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकमा बलात्कारसम्बन्धी कसुरमा मुद्दा दर्ता हुने अवधि (हदम्याद)को व्यवस्थालाई परिमार्जन गर्ने व्यवस्था छ।
प्रतिनिधि सभा बैठक [प्रत्यक्ष प्रसारण]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।