काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलको स्वास्थ्यअवस्थाबारे जानकारी लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।
मुटुसम्बन्धी समस्या देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत पौडेलको स्वास्थ्यावस्थाबारे जानकारी लिन प्रचण्ड शुक्रबार बिहान अस्पताल पुगेका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि पौडेललाई सोमबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो। मुटुसम्बन्धी शल्यक्रियापछि पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जानकारी दिएको छ।
प्रचण्डले अस्पताल पुगेर पौडेलको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।