काठमाडौं- सत्ता गठबन्धन दलका शीर्ष नेताबीच छलफल भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो करिब दुई घण्टा नेताहरुबीच छलफल भएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । सरकार परिवर्तन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबारे छलफल भएको जनाइएको छ।
नेकपा एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फेर्ने निर्णय गरिसकेको छ भने कांग्रेस, माओवादी र जसपामा समेत मन्त्री फेर्नु पर्ने दबाब रहेको नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।