काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहीबार छलफलका लागि महानगरपालिका प्रमुख साहलाई बोलाएका थिए।
भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको छ। त्यसक्रममा देउवाले फोहर फाल्ने काममा अघि बढ्न र आफूहरुको सहयोग रहने बताएका थिए।
स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने वचन मेयर साहले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।