धनगढी– सुदूरपश्चिम प्रदेश सरकाले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ।
प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्।
दशौं अधिवेशनको नवौं बैठकमा सभामुख अर्जुनबहादुर थापाले निर्णयार्थ पेस गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
त्यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममा भएका बुँदाहरू बजेटमा समावेश गर्न सुझाव दिएका थिए।
सभाको छलफलमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहरा, एकीकृत समाजवादी पार्टीकी अर्चना गहतराज, नेकपा एमालेका बलदेव रेग्मी, गेल्बुसिंह बोहरा र रतनबहादुर थापाले भाग लिएका थिए।
उनीहरूले प्राथमिकता एकातिर हुने तर नीति तथा कार्यक्रम र बजेट अर्कै हुने गरेको गुनासो गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।