काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि शुक्रबार बञ्चरेडाँडाका स्थानीयसँग छलफल हुने भएको छ।
सहरी विकास मन्त्रालयका अनुसार भोलि काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दासँग छलफल हुने भएको छ।
छलफलमा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, मन्त्रालयका सचिव, महाशाखा प्रमुख पनि सहभागी हुने मन्त्रालयले बताएको छ।
गत सोमबार सहरी विकास मन्त्रालय, उपत्यकका स्थानी जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धुनिवेशी र ककनीका प्रतिनिधिबीच फोहोर फाल्न दिने सहमति भएको थियो। तर, स्थानीयले उक्त सहमति कार्यान्वयन नगर्ने भन्दै विरोध जनाएपछि फोहोर फाल्न दिइएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।