काठमाडौं– कतारका लागि नेपालका आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ अनुसार भण्डारीलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसपछि संसदीय सुनुवाई समितिले सार्वजनिक सुनुवाई गरेर अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेकी हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।