काठमाडौं- साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेको छ। अघिल्लो साता देखि निरन्तर घटेको सेयर बजार साताको तेस्रो कारबार दिन बुधबार भने दोहोरो अंकले बढेको थियो। तर, बिहीबार नेप्से सूचक १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा झरेको हो।
बिहीबार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
आज उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको सेयरमूल्य उच्च अंकले बढेको छ। यसैगरी, मिथिला लघुवित्तको सेयर मूल्य ३.९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २.७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २.७० प्रतिशतले बढेको छ।
सिगटी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको छ भने समिट लघुवित्तको ५.०३ प्रतिशत, इमर्जिङ नेपालको ४.३४ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.३० प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ४.२१ प्रतिशतले घटेको छ।
बिहीबार कुमारी बैंकको सबैभन्दा धेरै ६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यता हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख, अरुण काबेली हाइड्रोपावरको ३ करोड ९८ लाख र एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।