काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामका विषयमा अध्ययन गर्न गठन गरेको उप–समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।
अनुगमन, मूल्यांकलन तथा सुपरीवेक्षण उप–समितिले स्थानीय निर्वाचन २०७९ र त्यसको परिणामबारे गरेको अध्ययन निर्वाचन परिचालन समितिलाई बुझाएको हो।
नेता प्रदीप पौडेलले उप–समितिको प्रतिवेदन समिति संयोजक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन्। अब उक्त प्रतिवेदन महामन्त्री एवं संयोजक खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने छन्। सभापतिलाई पेस गरेपछि उक्त प्रतिवेदनमाथि थप छलफलको निर्णय हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।