काठमाडौं– नेकपा एमालेका सांसद नवराज सिलवालले संसद्मा उठेको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको गुनासो गरेका छन्। संसद्मा एउटै कुरा पटक–पटक उठ्ने गरेको, तर सरकारले संसद्मा उठेका कुरालाई गम्भीर रुपमा नलिएको उनले बताए।
निजी अस्पतालले महङ्गो शुल्क लिने गरेको भन्दै यसमा अनुगमन नभएको दाबी गरे।
सुविधा दिनुपर्ने भनि तोकिएको सुविधा समेत नदिने गरेको उनले बताए। उनले त्यसको अनुगमन गर्न अनुरोध पनि गरे। निजि अस्पतालहरुले लिने मूल्यको अनुगमन गर्न उनले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।