काठमाडौं– नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नागरिकता विधेयक तत्काल अघि बढाउन माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकताविहीन भएका व्यक्तिलाई नागरिकता दिन ढिलाई भएको भन्दै प्रतिनिधि सभामा विचराधीन विधेयक अघि बढाउन माग गरेका हुन्।
उनले धान बालीमा पुगेको क्षतिपुर्ति अबिलम्व दिन पनि माग गरे। त्यस्तै, उनले नवलपरासी जिल्ला अदालत अगाडि अंश मुद्दाको विवादमा आफ्नै काकीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको भन्दै प्रहरीको प्रशंसा गरे।
नागरिकता विधेयक लामो समयदेखि संसद्मा विचाराधीन रहेको छ। संसद्को राज्य व्यवस्था समितिबाट पारित भएर आएको भएपनि उक्त विधेयक पेस हुन सकेको छैन।
नागरिकता विधेयकमा राजनीतिक दलहरुका बीचमा विवाद रहेको छ। दलहरुका बीचमा रहेको विवाद टुंग्याएर सरकारले यही अधिवेशनमा पेस गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।