• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अनुहार नदेखिने अभिनयदेखि मुख्य अभिनेताको खोजीसम्म

64x64
युवराज भट्टराई सोमबार, जेठ ३०, २०७९  ०७:३५
1140x725

काठमाडौं– देशमा कोरोना महामारीको दोस्रो लहर चलिरहेको थियो। निषेधाज्ञाका कारण देश ठप्प थियो। यस्तो अवस्थामा भिडभाड हुने कार्यक्रममा बन्देज हुनु अस्वाभाविक थिएन।

सरकारले २०७८ वैशाख १६ बाट निषेधाज्ञा जारी गeर्ने घोषणा गर्ने सूचना निकालेसँगै त्यसअघि नै काठमाडौं उपत्यका छाड्नेको लर्को लागेको थियो। त्यही लर्को मिसिएका थिए कलाकार भीष्म जोशी। उनी वैशाख १५ गते नै उपत्यकाबाट बाहिरिएका थिए। 

काठमाडौं छाड्दै गर्दा उनी केही समय कैलालीको टीकापुरस्थित घर बसेर ‘फ्रेस’ हुने र काठमाडौं फर्किएर कलाकारिताको नियमित काममा लाग्ने योजनामा थिए। तर, सोचेको जस्तो भएन।

उनी करिब १० महिना घर बसे। यो बसाइले उनको जीवनको गति नै परिवर्तन गरिदियो। कलाकारिताबाट पूर्ण रूपमा टाढा भए। केही साथीहरूले गरिरहेको भर्चुअल नाटक उनले पनि हेरिरहेका थिए। उनी आफैं भने फर्किएर काठमाडौं आउने कि नआउने भन्ने अन्योलमा थिए।

उनी काठमाडौं फर्किने निर्णयमा पुगे। तर, फरक ढंगले काम गर्ने सोच बनाए। यही सोचबाट उनको जीवनको दोस्रो इनिङ्स सुरु भयो।

रंगमञ्च र सिनेमाका लागि भीष्म नयाँ थिएनन्। २०६४ सालमा काठमाडौं छिरे यता उनी निरन्तर यही क्षेत्रमा सक्रिय थिए। कहिले डबली नाटक त कहिले सडक नाटकमा देखिन्थे। सहायक पात्रको भूमिकामा दर्जनभन्दा धेरै सिनेमामा काम गरिसकेका थिए।

‘तर, यो सबै हुँदा पनि के नभएको जस्तो महसुस भएको थियो,’ उनी भन्छन्, ‘काम त गरिरहेको थिएँ, त्यसमा केही अपुग थियो। अवसर थिए, काम थियो। तर, मनमा एक प्रकारको बेचैनी थियो।’

निषेधाज्ञामा घर बस्दा उनलाई आत्मसमीक्षा गर्ने मौका मिल्यो। बाल्यकालबाटै भीष्ममा अभिनयप्रति भोक थियो। अछाममा जन्मिएका उनले टीकापुरका राज र सार्दुल हलमा सिनेमा हेरेर आफ्नो बाल्यकाल बिताएका थिए। त्यो बेला अच्चम लाग्थ्यो, कसरी पर्दामा मान्छेहरु हिँडिरहेका होलान्? दाजु तर्क जाेशीले उनलाई सिनेमासँग परिचित गराए। हलमा सिनेमा हेर्ने माहाेल सिर्जना गर्नेदेखि काठमाठाै‌ आएपछि भीष्मलाई सिनेक्षेत्रसँग घुल्ने अवस्था सिर्जना गरिदिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘एक दिन प्रोजेक्टरको पछाडि बसेर सिनेमा हेर्न पाएँ,’ भीष्म सम्झिन्छन्, ‘त्यो मेरो लागि नौलो अनुभव थियो।’ पर्दामा देखिने आकृतिहरू बनाउन दौडिरहेको प्रकाशसँगै दौडिएका आँखाले कलाकारलाई देखे। बाल्यकालका यी दृश्यले उनलाई अवचेतनमै महसुस गरायो, ‘म कलाकार बन्नुपर्छ।’

कलाकारिताप्रतिको भोक थियो। टीकापुरमा सुधांशु जोशी अभिनित सिनेमा ‘सीमारेखा’ प्रदर्शन हुँदै थियो। शहरभरि पोस्टर टाँसिएका थिए। भीष्मले एउटा पोष्टरमा कलमले अभिनेताको नाम ‘सुधांशु’लाई काटे र आफ्नो नाम भीष्म लेखे। थर एउटै। उनी सम्झिन्छन्, ‘अभिनेतामा आफ्नो नाम लेख्दाको सन्तुष्टि नै बेग्लै थियो।’

देखेको सपनालाई पछ्याउँदै काठमाडौं खाल्डो छिरेपछि उनको दैनिकी सपना पूरा गर्नतर्फ मोडियो। बिहान पढ्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुर धाउँथे। ११ बजे कलेज सकिएपछि चोभारको डाँडो उक्लिन्थे। त्यो बेला नेपाली सिनेमा छायांकनका लागि चोभार उत्कृष्ट ठाउँ थियो। बिरलै सिनेमा हुन्थे, जसमा यहाँको दृश्य कैद नहोस। भीष्म केही पर बसेर सिनेमा छायांकन भएको हेर्थे।

‘दैनिक जसो सिनेमाको सुटिङ हेर्न जाँदा त्यहाँ आउनेहरूले चिन्न थालेका थिए,’ उनी भन्छन्। एक दिन ‘प्रोडक्सन टिम’को एक जनाले उनलाई ‘हरेक दिन किन यहाँ आएको?’ भनेर सोधे। उनले ‘सुटिङ बुझ्न’ भन्ने जवाफ दिए। उसले ‘बुझ्यौ त?’ भनेर सोध्दा उनले ‘छैन’ भने।

Xtrem

Xtrem

बरु उनले अभिनय र सिनेमाबारे स्वअध्ययन थाले। आफैं अभ्यास गर्न पनि थाले। अनि बिस्तारै अभिनय गर्ने हिम्मत बढ्यो। त्यसपछि अवसर खोज्न थाले। त्यसपछि, ‘सायद’ सिनेमामा पर्दामा देखिने मौका पाए।

त्यस सिनेमामा उनी थोरै समय मात्र देखिन्छन्। तर, त्यसले अवसरको ढोका खोल्यो। भूमिका भने सानै हुन्थ्यो। कतिपय सिनेमामा उनको शरिर आयो, अनुहार देखिएन। कतिपयमा शरीरै पनि भीडभाडतिर धमिलो हुन्थ्यो। ‘जालो सिनेमामा मात्रै धेरै समय स्क्रिनमा देखिने मौका पाएँ,’ भीष्म संघर्षका दिनहरु सम्झिन्छन्। 

त्यसपछि उनले ‘साङ्लो’, ‘कठपुतली’ सिनेमामा काम गरे। हरर विधाको ‘कठपुतली’ सिनेमालाई भिमसेन लामाले निर्देशन गरेका थिए । ‘साङ्लो’ भने त्यसबेलाका चर्चित अभिनेता विराज भट्टको सिनेमा थियो। भीष्म आफैंले सुटिङका क्रममा देखेका कलाकारसँग काम गर्न पाउँदाको त्यो अनुभव बयान गर्न असम्भव भएको उनी बताउँछन्। 

सिनेमासँगै उनी रंगमञ्चमा पनि सक्रिय थिए। नाटकमा त उनी स्कुलदेखि नै संलग्न थिए। अछाममा कक्षा ७ मा पढ्दा आफैंले लेखेको नाटक उनले निर्देशन गरेका थिए। त्यसमा उनको अभिनय पनि थियो। उनी भन्छन्, ‘त्योबेला महिलाको भूमिकामा पनि पुरुषले अभिनय गर्थे। तर, मैले निर्देशन गरेको त्यो नाटकमा महिला चरित्रमा नै स्कुलकै केटी साथीहरूले अभिनय गरेका थिए।’ 

उपत्यका छिरेपछि उनको रंगकर्म रोकिएको थिएन। सिनेमाप्रतिको भोक र अभिनयसँगै रंगकर्मप्रतिको सक्रियतालाई पनि जारी राखे। रंगमञ्चको औपचारिक प्रशिक्षणका लागि सर्वनाम थिएटरमा भर्ना भए।

२०७४ सालमा उनले नाटक निर्देशन गरे। रामलाल जोशीको कथासंग्रह ‘ऐना’को एउटा कथा ‘श्रीमान् वीरबहादुर’ मा आधारित रहेर उनले नाटक बनाएका थिए। नाटकको नाम थियो ‘श्रीमान् वीरबहादुर।’ चितवनमा संघर्षरत नाट्यकर्मीहरुको समूह ‘कर्मी नाट्य समूह’सँगको सहकार्यमा उनले यो नाटकलाई चितवनकै ‘नारायणी कला मन्दिर’मा मञ्चन गरे। यसमा उनले राम्रो प्रतिक्रिया पाए।

उनी कलाकारितामा सक्रिय भएर जीवन चलाइरहेका थिए। त्यतिबेलै कोरोना महामारी आयो। २०७६ सालको अन्त्यबाट जनजीवन प्रभावित हुनथाल्यो। कतिपय प्राविधिक तथा कलाकारले यो क्षेत्रबाटै विस्थापन हुनुपर्ने अवस्था आयो।

पहिलो लकडाउनमा भीष्मले आफूलाई जसोतसो ‘फर्म’मा राखे। महामारी केही साम्य भएजस्तो भयो। तर, महामारी पुनः सुरु भयो। २०७८ वैशाख १६ बाट फेरि निषेधाज्ञा भयो। अनि टीकापुरस्थित घर पुगे।

‘घर पुगेपछि मैले धेरै समय बिताएँ,’ भीष्म भन्छन्, ‘बाल्यकालदेखि मैले गरेका संघर्षहरु सम्झिएँ। आत्मसमीक्षा गरें। काम त भइरहेको छ, तर किन सन्तुष्टि छैन भन्ने कुराको आफैंभित्र खोजी गरें। अधिकांश समय फ्रस्टेसनमा बित्यो।’ तर, काम गर्ने हुटहुटीले भने सताइरहेको थियो। अब संख्या नभएर गुणस्तरमा ध्यान दिनुपर्ने उनले ठहर गरे। ‘अभिनय गर्दा अनुहार नै नदेखिएको अवस्थाबाट स्क्रिनमा पर्याप्त समय पाउने अवस्थासम्म आइपुग्दाको दुःख सम्झेर पनि अब काम छानेर गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन्।

टीकापुरबाटै उनले अभिनेता विपिन कार्की, निर्देशक दिपेन्द्र लामा, अमरदीप सापकोटा र श्याम खड्कालाई फोन गरे। काठमाडौंमा महामारीका कारण सिनेक्षेत्र प्रभावित थियो। तत्काल काम पाउने अवस्था थिएन। तर, साथीहरूले फोनमा भीष्मलाई भने, ‘काठमाडौं आउ, यतै संघर्ष गर्नुपर्छ।’

‘साथमा पैसासमेत थिएन। ८० वर्षकी हजुरआमासँग ४ हजार रुपैयाँ मागेर काठमाडौं आएँ। मेरो जीवन फेरि शून्यबाट सुरु गर्नुपर्छ भन्ने सोच लिएर आएँ। काठमाडौं आएपछि सपना पछ्याउन थालेँ,’ भीष्म भन्छन्।

उनले लकडाउनको समयमा ६८ देशको सिनेमा हेरेका थिए। काठमाडौं फर्किएपछि सिनेमा र कलाकारिता क्षेत्रसँग सम्बन्धित क्षेत्रमा कामको खोजी गरे। स्क्रिप्ट लिएर निर्देशकहरु आउँथे। तर, उनमा जस्तोसुकै भूमिकामा नदेखिने अडान थियो। केही समयपछि उनी ‘एभरेष्ट फिल्म एकेडेमी’मा एकेडेमीक कोअर्डिनेटरको भूमिकामा आवद्ध भए। सिनेमामा काम गरेपनि सीमित र जिम्मेवार भूमिकामा देखिने उनकाे अडान थियाे। 

भीष्म भन्छन्, ‘कलेजमा भएपछि म सिनेमा क्षेत्रमै पनि रहेँ। यसले मलाई थप बुझ्ने मौका मिल्यो। नयाँ पुस्तासँग साक्षातकार हुँदा नयाँ कुरा सिकिन्छ। अभिनयको काममा पनि सीमित तर गुणस्तरीय काम गर्न पाइन्छ।’

आज उनलाई आफ्नो बाटोमा अलमल छैन। सहायक भूमिकाबाट सिनेमामा पसेका उनी अब आफैंले लेखेको सिनेमामार्फत् प्रमुख भूमिकाको तयारीमा छन्। बीचमा आइरहेका कामका ‘अफर’हरूलाई छानेर लिइरहेका छन्।

‘सहायक भूमिकामा काम गर्ने मान्छेले प्रमुख पात्रमा काम गर्ने विषय अफ्ठ्यारो हो’, भीष्म भन्छन्, ‘अनुहारको कुरा आउँछ। चकलेटी भूमिका भनिन्छ। पात्रको अभिनयलाई प्रमुख राखेर अनुहारलाई छाडेर हिरो छान्ने विषय विस्तारै विकास भएको छ। छिर्दा सियो बनेर छिर्ने हो, तर निस्किँदा बृहत भएर निस्किने हो।’

आफ्नो जीवनको दोस्रो ‘इनिङ्स’ कसरी खेल्ने भन्ने विषयमा भीष्म स्पष्ट छन्। अब उनलाई न हतार छ, न कुनै अन्योल। उनी लामो रेसको घोडा भएर निस्किन चाहन्छन्। भन्छन्, ‘म कस्तो भूमिकामा देखिने भन्ने विषयमा अहिले छनोट नगरेमा भोलि मैले पाउने भूमिका पनि उस्तै हुन्छ।’

अहिले भीष्म आफ्नो पछिल्लो लघु सिनेमा 'अन्तर–वार्ता'को रिलिजको तयारीमा छन्। सँगै उनको नयाँ सिनेमा 'रातो आकाश' पनि छांयाकनमा जान लागेको छ। भीष्म भन्छन्– सिनेमाले सपना देख्न सिकायो, म त्यही सपनामा बाँचिरहेको छु!

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  ०७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्