• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बेल, जेल वा बीजेपीमध्ये तेस्रो विकल्प रोजेका हार्दिक पटेल

64x64
नेपाल लाइभ शनिबार, जेठ २१, २०७९  १७:०६
1140x725

नयाँदिल्ली-पूर्व कांग्रेस नेता हार्दिक पटेलले प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहमाथि गरेका पुराना टिप्पणी यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। कारण हो, उनी बीजेपीमा प्रवेश गर्नु। 

जुन बीजेपीका विपक्षमा पाटीदार आन्दोलन गरेर उनी नेता बने, जुन बीजेपीका मुख्यमन्त्रीको कुर्सी उनकै कारण गयो, जुन बीजेपी नेतृत्वलाई उनी पहिले गुन्डा भनेर सम्बोधन गरि थाक्दैनथे, जुन बीजेपीले उनीमाथि देशद्रोहको संगीन आरोप लगायो– आज त्यही बीजेपीमा उनी प्रवेश गरेका छन्। 

उसो त राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन। यही कारण बीजेपीका केही नेताहरूसमेत हात फैलाएर हार्दिकलाई स्वागत गरिरहेको देखिन्छन्। तर, बीजेपीका पुराना नेताहरूको मन उनीसँग मिल्छ कि मिल्दैन, यो पछि देखिएला।

No description available.

गुजरातमा चर्चा छ, हार्दिक पटेललाई पार्टीमा सामेल गर्ने फैसला केन्द्रीय नेतृत्वले लिएको हो। यसकारण बीजेपीमा हार्दिक पटेलको सामेललाई लिएर राज्य दुई खेमामा बाँडिएको छ। यसलाई कसैले स्वीकार भने गरिरहेका छैनन्। 

बीबीसी हिन्दीसँग कुराकानी गर्दै गुजरातका बीजेपी प्रवक्ता यगनेश दवेले उनको पुरानो टिप्पणीलाई लिएर बिजपीमा सामेल हुने कुरामाथि भने, ‘ती टिप्पणी त्यतिबेला हुन्। जतिबेला उनी कांग्रेस नेता थिए। उनी पाटदार समाजका लागि आन्दोलन गरिरहेका थिए। त्यतिबेला उनले त्यस्तो बोलेका थिए। जुन प्रश्न लिएर उनी आएका थिए, ती अब बाँकी रहेनन्। जुन उनका माग थिए, ती पनि पूरा भइसकेका छन्।’

उनले कांग्रेस छाडेर नरेन्द्र मोदीको राष्ट्रवादको विचारधारमा सामेल भइरहेका कारण कुनै समस्या नरहेको बताए। हार्दिक पटेलले १८ मे मा कांग्रेसबाट राजीनामा दिएका थिए। जुन २ मा बीजेपीमा सामेल भएका हुन्। हार्दिकको विचारधारामा यो परिवर्तन यही २० दिनको देन हो। 

हार्दिकले कांग्रेसबाट राजीनामा दिएपछि नै अन्दाज चलिरहेकको थियो– उनी बीजेपीमा जाँदैछन्। कांग्रेस प्रवक्ता रागिनी नायकले राजीनामा पत्र पढेर ट्विटमा लेखेकी थिइन्, ‘पत्र पढेपछि लाग्छ, गएराति मोदीजीले डिक्टेशन दिएका थिए।’

Ncell 2
Ncell 2
nimb
nimb

गुजरात कांग्रेसका अध्यक्षले हार्दिकमाथि यहाँसम्म आरोप लगाए कि हार्दिकमाथि चलिरहेको मुद्दाबाट डराएर बीजेपी ज्वाइन गरिरहेका छन्। राज्यको राजनीतिमा पकड राख्ने कति पत्रकारसमेत यही ठान्छन्।

एबीपी न्युज च्यानलमा अन्तरर्वार्ता दिएर आफूमाथि लागेका यी आरोपको सफाइ पनि दिए। उनले भनेका थिए, ‘जब तपाईं कसैलाई धेरै डराउनुहुन्छ। डर आफैं सकिन्छ। म पहिले ९ महिना जेलमा रहेको छु। ६ महिना त गुजरातभन्दा बाहिर रहेको छु। एकै देश र एउटै राज्यमा देशद्रोहका दूई–दुई मुद्दा लागेका छन्।’

त्यसका कारण आफ्नो चार वर्ष बिग्रेको भन्दै २५ वर्षकै उमेरमा सांसद बन्ने मौका गुमाएको बताएका छन्। तर, कांग्रेससँग केही नलिएको उनको भनाइ छ।पाटदारका लागि आरक्षणको माग लिएर आफ्नो कडा विरोध प्रदर्शनबाट प्रधानमन्त्री मोदी, बीजेपी र गुजरातलाई हल्लाएका पटेल २०१५ मा चर्चामा आएका थिए।

उनले सन् २०१९ मा कांग्रेस ज्वाइन गरे।सन् २०२० मा उनलाई गुजरात कांग्रेसको कार्यकारी अध्यक्ष बनाइयो। उनीमाथि कुल २३ मुद्दा छन्। त्यसमा कति त देशद्रोहका छन्।

Xtrem

Xtrem

विरमगामका पटेल मेशसाणाका विधायकको कार्यकक्ष तोडफोडको मुद्दामा कानुनी कारबाही सामना गरिरहेका छन्। यसबाहेक देशद्रोहको मुद्दा चलिरहेको छ। 

विरमगामा चलिरहेकका मुद्दाका कारण उनी सन् २०१९ मा चुनाव लड्न पाएनन्। यही फैसलालाई चुनौती दिन सुप्रिम कोर्ट पुगे, जहाँबाट उनलाई यही वर्ष चुनाव लड्ने अनुमति मिल्यो।

No description available.

हार्दिकले एउटा पनि चुनाव अहिलेसम्म लडेका छैनन्। यसपल्ट विधान सभाको चुनाव लड्न सक्छन्। तर कांग्रेसमा उनको सिट फाइनल हुने कुरामा ढिलाइ भइरहेको थियो। त्यही पाटीदारका ठूला नेता नरेश पटेल पनि कांग्रेसमा सामेल हुने चर्चा थियो।

केही जानकारहरू चुनाव लड्ने उनको आकांक्षाले बीजेपीमा सामेल हुन आतुर बनाएको बताउँछन्। यहीबीच सवाल उठ्छ–बीजेपीबाट चुनाव लड्न पाउँछन् हार्दिक पटेल?

हार्दिक विधानसभा चुनाव लड्छन कि लड्दैनन्? बीजेपी नेता यगनेश दवे भन्छन्,  ‘हार्दिक चुनाव लड्ने विषयमा पार्टीमा कुनै फैसला वा मुड बन्दैन। बीजेपीमा नेताको काम देखेर उनीहरूको रोल तय गरिन्छ।’ सत्य के हो भने हार्दिक चुनाव कहाँबाट लड्छन् भन्ने कुराको आश्वासन बीजेपी नेताहरू सञ्चारमाध्यमबाट बताउन चाहँदैनन्।

गुजरातको राजनीतिमा पकड राख्ने वरिष्ठ पत्रकार अजय उमठ भन्छन्, ‘हार्दिक पटेल महत्वाकांक्षी छन्। राजनीतिमा उनी धेरै गर्न चाहन्छन्। जसका लागि चुनाव लड्न जरुरी छ।’

उनी विरमगामबाट चुनाव लड्न चाहन्छन्। यदि नरेश पटेल कांग्रेसमा सहभागी भए भने उनकाविरुद्ध बीजेपीले हार्दिक पटेललाई नै चुनाव लडाउने सम्भावना बढी रहन्छ। नरेशका अगाडि बीजेपीबाट हार्दिक सही विकल्प हुन सक्छन्। हार्दिक हार्दा पनि बीजेपीलाई हानी हुँदैन।

कांग्रेस गुजरातमा २५ सालदेखि सत्ताबाहिर छ। बीजेपीले यसपल्ट १८२ सिटमा १५० सिटको अपेक्षा गरेको छ।

हार्दिक पटेल एक पाटीदार नेता हुन्। गुजरातमा पाटीदार चुनाव जिताउनेमा निर्णायक छन्। १४ प्रतिशत पाटीदार छन्। पाटीदार पहिलेदेखि नै बीजेपीलाई भोट दिन्छन्। हार्दिक कांग्रेसमा बीजेपीका सबैभन्दा ठूला पाटीदार नेता मानिन्थे।

No description available.

गुजरातमा सक्रिय पत्रकार राज गोश्वामी हार्दिकलाई बीजेपीमा जोड्ने रणनीति आफ्नो ताकत बढाउन मात्रै होइन, प्रतिपक्षको ताकत घटाउन पनि रहेको बताउँछन्। बीबीसीका गुजरात संवाददाता रक्सी गागदेकर छारा भन्छन्, ‘हार्दिकलाई पार्टीमा सहभागी गराउने विषयलाई लिएर एक गुटमा असन्तुष्टि छ। केही नेताको भनाइ छ–बीजेपीमा उनको हाल अल्पेश ठाकुर जस्तो हुन सक्छ।’

अल्पेश ठाकुरलाई पहिले बीजेपीले पार्टीमा सामेल गर्‍यो। फेरि चुनाव पनि लडायो र चुनावमा पार्टीका मान्छेले उनलाई नै हराइदिए। अहिले पार्टीमा उनलाई कसैले गन्दैन। कांग्रेसमा हार्दिक पटेल असन्तुष्ट हुनुका कारण थिए–कम उमेरका कारण पार्टीमा उनी किनाराकृत थिए। उनीसँग पद त थियो तर पदअनुसार उनलाई कसैले गन्दैनथ्यो। उनले पार्टीमा आफ्नो भूमिकालाई लिएर भनेका थिए–पार्टीमा मेरो अवस्था त्यस्तो नयाँ दुलहाको जस्तो छ, जसको परिवार नियोजन गरिएको छ।

के अब बीजेपीमा उनलाई कांग्रेसभन्दा बढी महत्व दिइएला?  वरिष्ठ पत्रकार दीपल त्रिवेदी भन्छन्,  ‘बीजेपी हार्दिकलाई पार्टीमा सामेल गरेर यो बताउन चाहन्छ कि ऊ जसलाई पनि तोड्न सक्छ। ऊ हार्दिक पटेल नै किन नहोस्।’

उनी अघि भन्छन्, ‘यसबाहेक पाटीदार आन्दोलनमा हार्दिकले एक माहोल बनाइदिएका थिए कि पाटीदार बीजेपीसँग जोडिँदैन। बीजेपी हत्यारा पार्टी हो। १४ युवा पाटीदार आन्दोलनका समयमा सहिद भए। हार्दिकलाई पार्टीमा ल्याएर उसले सन्देश दिइरहेको छ कि ऊ सवैलाई आफ्नो पार्टीमा मिलाउन सक्छ।’

यदि हार्दिक कांग्रेसमा रहन्थे भने १० वर्ष जेलमा हुन्थे। गुजरातमा हार्दिकका लागि भनिन्छ, ‘उनका अघि तीन विकल्प थिए–बेल, जेल या बीजेपी।’
उनले बीजेपी चुने। 

यस कोणबाट बीजेपी हार्दिकका लागि राम्रो विकल्प हो।?

यो प्रश्नको जवाफमा दीपल त्रिवेदी भन्छन्,‘बीजेपीमा हार्दिक एक शो पिस बनेर रहन्छन्। बीजेपी उनलाई चुनावसम्म प्रयोग गर्छ। त्यसमा कुनामा बसाउँछ। आत्मसम्मान मिल्ने छैन। कांग्रेसमै रहनु उनका लागि लाभदायक थियो।’

वरिष्ठ पत्रकार राज गोस्वामी भने बीजेपीका लागि हार्दिक पटेल उति कामका नेता होइनन्। उनले न चुनाव जितेका छन् न त कुनै ठूलो जनआधार छ। चुनावपछि बीजेपीमा हराउनेछन्। उनीसँग कुनै राजनीतिक दूरदृष्टि पनि छैन। उनका लागि बीजेपीमा जानु राजनीतिक आत्महत्या हो।

बीबीसी हिन्दीबाट अनुवादित 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित)
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी
सम्बन्धित सामग्री
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी मंगलबार, असोज २०, २०८३
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्