काठमाडौं– पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्न खोजेपछि बाँकेको नेपालगञ्जमा झडप भएको छ। नेपालगञ्जस्थित धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप भएको हो।
स्थिति नियन्त्रणमा लिने क्रममा केही सेल अश्रु ग्यास र हवाई फायर समेत गर्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।
पूर्वराजा शाहको वंशनास भएको दिनको अवसर पार्दै बिहीबार धम्बोजीमा शालिक राख्न खोजिएको थियो। उक्त शालिक राप्रपाले राख्न लागेको पाइएको सिडिओ खत्रीले बताए।
यसअघि पनि नेपालगञ्जको भित्रुवन चोकमा पनि पूर्वराजा त्रिभुवनको शालिक राख्न खोजिएको थियो। त्यसबेला पनि शालिक हटाउने प्रयास गरेपछि प्रशासन पछि हटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।