• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डा केसीको अनसनसँगै जुर्मुराउँदै कर्णाली

64x64
नेपाल लाइभ शुक्रबार, असार २९, २०७५  १०:४०
1140x725

जुम्लामा आज बिहानैबाट सिमसिम पानी परिरहेको छ। पानी परेसँगै जाडो पनि बढेको छ। बर्खाकै कारण तिला खोला धमिलो भएर बगिरहेछ। चिरियाचौर र त्यहाँभन्दा माथि डाँफे लेक वरपर झन्‌झन्‌ कालो बादल मडारिइरहेको छ। अब केही क्षणमा दैखोलाको पहिरोले सुर्खेत पुग्ने बाटो अवरुद्ध भएको खबर आइपुग्छ होला। नेपालगञ्जबाट खराब मौसमका कारण विमान उड्न नसकेको समाचार कानेखुसी हुन्छन् होला। तर, पनि सदरमुकाम खलंगा शान्त छ, एकदम शान्त। एक तमासले कृष्ण मन्दिरमा घन्ट बजिरहेकै छन्। मन्दिरको घन्टलाई बेलाबेलामा छेउकै चन्दननाथ माविको घन्टीले च्यालेन्ज गरिरहन्छ। 

बजारको झन्डैझन्डै पुछारमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। प्रतिष्ठानको तेस्रो तल्लाको एउटा कुनामा एक सन्त लमतन्न लडिरहेका छन्। पोहोर परारको असारमा यतिखेर जुम्लीलाई दैखोलाको पहिरोले पिरल्थ्यो, स्याउ उत्पादन कम हुने त्रासले सताउँथ्यो।

यसपाला भने अर्को चिन्ता थपिएको छ, 'कतै सरकारको निकम्मापनको मूल्य आफूहरुले चुकाउनुपर्ने त होइन?' उनीहरु १४ दिनदेखि अनसनरत डा गोविन्द केसीको जीवन रक्षार्थ जस्तोसुकै कदम उठाउन पनि तयार देखिन्छन्।

हिजो भण्डारी गाउँ सिङ्गै उठेर आएको थियो। आज आमा सञ्जालमा आबद्ध जुम्ली आमाहरु जिल्ला प्रशासनअघि धर्ना बसिरहेका छ्न्। कालीकोट, मुगु, हुम्ला र डोल्पादेखिका मानिस डा केसीलाई भेट्नैका लागि मात्र भनेर आइरहेका छन्। कसैले रेडियो सुनेर सत्याग्रहीका बारेमा थाह पाएँ भन्छन्।

कोही 'डाक्टर सापले हाम्रा ठाममा सेवा गर्या  हुन्' भन्दै बडो आत्तिएर अनसनस्थलसम्म आइपुगेका छन्। 

कालीकोट, जाजरकोट र मुगुका दुर्गम भेगबाट आएका कोही-कोही त झन् 'आन्दोलन नटुङ्यासम्म बस्न्या छ्म्' भनेर घरै फर्केका छैनन्।

मानिसहरु गाउँ-गाउँबाट गाडी र सुमो रिजर्भ गरेर डा केसीलाई भेट्न आइरहेका छन्।

आज आमा सन्जालका तर्फबाट धर्नामा बसेका जुम्ली आमाहरुलाई प्रशासनले भोलि वार्ता गर्न सरकार जुम्ला आउँदैछ भनेर थामथुम पारेर पठायो। उनीहरुले प्रशासनलाई चेतावनी दिएका छन्, '१-२ दिनमा वार्ता भएन भने हामी धुलो-पिठो केही बाँकी राख्ने छैनम्।'

Ncell 2
Ncell 2
nimb
nimb

खलंगामा हरेक दिनजसो प्रदर्शन भइरहेका छन्। हरेक साँझ डा केसीको समर्थनमा मैनबत्ती बल्छ।

जुम्लाका सांसदले काठमाडौं गएर हामीलाई डा केसी चाहिँदैन भनेको घटनाप्रति यहाँका नागरिक आक्रोशित छन्। सबैले कुरा बुझिसकेका छन्, डा केसीका मुद्दामा राजनीतिक दलहरु समय/परिस्थिति अनुसार कहिले समर्थक त कहिले विरोधी बन्ने गर्छन् तर, यो अभियान विशुद्ध सामाजिक अभियान हो। यसलाई राजनीतिक रङ दिएर विभाजित हुनुहुँदैन।

कृष्ण मन्दिरअघि उभिएर जुम्लाबासीले काठमाडौंलाई आह्वान पनि गरेका छन्- हाम्रो आवाज यति दूरबाट सरकारले नसुन्न पनि सक्छ, कृपया तपाईंहरु हाम्रा लागि बोलिदिनुस्, कर्णालीका लागि आवाज उठाइदिनुस्।

अचेल सुर्खेतबाट उत्तर लागेपछि गौँडैपिछे जम्मा भएका मानिसमा एउटै चासो छ, अनशनकारीको माग सरकारले कहिले र कसरी सम्बोधन गर्छ?

यसरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा कुनामा जारी सत्याग्रहले सिंगो कर्णाली प्रदेशमा हलचल पैदा गरिरहेको छ। स्थानीय स्तरमा त झन् प्रतिपक्षी मात्र होइनन् सत्तासीन पार्टीका नेताहरुले समेत खुलेर डा केसीलाई समर्थन जनाइरहेका छन्। सायद उनीहरुले राम्रोसँग बुझेका छन्, डा केसीको जित भन्नु नै समग्र कर्णाली प्रदेशको जित हो।

सामान्यभन्दा सामान्य उपचारका लागि समेत सुर्खेत/नेपालगन्ज धाइरहेका कर्णालीबासीले एकाएक आफ्नै गाउँ-ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने सपना देख्न थालेका छन्। आमा सञ्जालहरु जोडतोडले डा केसीको माग पूरा गराउन लागिपरेका छ्न्, ताकि आफ्ना छोराछोरी पनि डाक्टर बन्न सकुन्। स्थानीय सरकार पनि यसपटक जोसिएको छ, गुणस्तरीय मेडिकल शिक्षा प्रदान गरी जुम्लामा नमूना मेडिकल कलेज सञ्चालन गर्ने। 

उनीहरु भनिरहेका छन्, 'हामीसँग मेडिकल शिक्षा प्रदान गर्न चाहिने बिरामीहरु प्रशस्त छन्। रगत पसिना गरेर भौतिक संरचना ठड्याएका छौं,  काम गर्न चाहने चिकित्सकहरुलाई मनग्गे तलब/सुविधा दिन सक्षम छौं।' 

आजसम्म कर्णालीलाई रोग-भोकले ग्रस्त पिछडिएको ठाउँका रुपमा मात्र चित्रण गरिरह्यौं। त्यही पिछडापन देखाएर धेरैका लागि कर्णाली मागी खाने भाँडो बन्यो। केन्द्रमा बसेकाहरु कसैले यहाँको गरिबीलाई हेला गरे त कसैले त्यही गरिबीलाई 'च्व/विचरो' भनिरहे। त्यसैले त आज कर्णाली आफूलाई पुष्टि गर्ने अवसरको खोजी गर्दै छ। कर्णालीले अब आइन्दा अनुदानमा आएका वा कसैको दयाले दिएका विकास चाहेको छैन। उनीहरु आफैं आफ्नो ठाउँ बनाउन चहान्छ्न्।

यस्तोमा जुम्लामा मेडिकल कलेज सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य-शिक्षा प्रदान गर्न सके कर्णालीका लागि यो ऎतिहासिक जित ठहर्नेछ।

यस्तो लागिरहेछ एक सत्याग्राही भोकभोकै एउटा कुनामा लमतन्न सुतेर वर्षौंदेखि हराएको कर्णालीको आवाज ब्युँताइरहेका छन्।

त्यसै, सिंगो कर्णाली जुर्मुराएको होइन, अचेल उनीहरुको आवाज दैनिकजसो राष्ट्रियस्तरका पत्रपत्रिकाका हेडलाइन बनिरहेका छन्। संसद्‌मा उनीहरुकै लागि चर्काचर्की भइरहेछ, रेडियोले आफ्नै ठाउँका बारेमा समाचार बनाइरहेछ। आखिर आवाज नहुनेहरुले नै महसुस गर्न सक्छन्, चिच्याएर कराउन सक्नुको खुसी!

जुम्लाले दिन खोजेको सन्देश 

अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा अध्यापन गराइरहेका एक नेपाली डाक्टरले केही दिनअघि आफ्नो फेसबुकमा लेखेका थिए, 'कर्णालीमा एमबिबिएस पढाइ सुरु होस् म जुम्ला आएर सेवा गर्न तयार छु।' झट्ट सुन्दा सामान्य लागे पनि, यो भनाइको अर्थ गहिरो छ। 

विदेशिएका हुन् या सहर केन्द्रित दक्ष जनशक्ति देशका लागि केही गरौँ भन्ने मनोभाव जोकोहीमा पनि हुन्छ। बस राज्यले त्यसका लागि उचित व्यवस्थापन गरिदिनुपर्छ। यसपटक हामी सबैसँग त्यो अवसर छ। कर्णालीलाई उत्कृष्ट मेडिकल शिक्षाको हब बनाउने, डाक्टरहरुलाई जुम्ला जाउँ-जाउँ लाग्ने बनाउने, काठमाडौंमा बसेकालाई मोफसल जाने बनाउने अनि देशबाहिर रहेका जनशक्तिलाई स्वदेश फिर्ता बोलाउने।

जुम्लाको हावापानी, प्राकृतिक सौन्दर्य, जुम्लावासीको सौहार्दताले जोकोहीलाई पनि सहजै आकर्षित गर्नेछ। बस सरकारले 'वर्किङ इन्भायरोमेन्ट' बनाइदिनुपर्छ। यति गर्न सके कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै लागि नमूना बन्नेछ। बर्सेनि 'ब्रेन ड्रेन' भइरहेको अवस्थामा देशमै बसेर केही गर्न चाहने जनशक्तिका लागि प्रेरणाको स्रोत बन्नेछ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्न कर्णाली प्रदेशका जनताका लागि भनी ४५ प्रतिशत सिट छुट्याइएको छ। र अध्ययनपछि उनीहरुले यहीँका जिल्लामा अनिवार्य सेवा गर्नेछन्। 

पहिलो त मेडिकल कलेज सञ्चालन हुनासाथ जुम्लामा हरेक रोगका विशेषज्ञ सेवा उपलब्ध हुनेछन्। दोस्रो, यहीँ उत्पादन भएका जनशक्तिले आफ्नै गाउँ-ठाउँमा पुगेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछन्।

यो मोडल देशका अन्य क्षेत्रहरूमा पनि व्यवहारमा ल्याउन सकिनेछ।

***

असारको अन्तिम साता सिमसिम वर्षासँगै जुम्ला औधी मनोरम बनेको छ। भर्खर-भर्खर बोटमा स्याउका बतिला लाग्न थालेका छन्। झुरुप्प परेका ओखरका रुख पाखाभरि झ्याङ्गिएका छन्। तिनै रुखमुन्तिर जुम्ली सिमी लहलह झुलेका छन्।

बारीभरि आरु बखडा छन्। आएका पाहुनालाई बोटबाट टपक्क टिपेर आरु खान दिने बडो गजबको 'हस्पिटालिटी' छ। जुम्ली आलु छन्। आलु गोड्दै गरेका श्रमजिवी दाजु/भाइहरु छन्। ज्युरिकको जस्तो भूबनोट छ। आखिर के छैन जुम्लामा?

जुम्लाबासीले सरकारसँग धेरै केही मागेका छैनन्। हामीलाई खान पुगेन भनेर हात फिँजाएका छैनन्। उल्टै स्थानीयले दिल खोलेर आफ्ना सयौं रोपनी जग्गा प्रतिष्ठानलाई दानमा दिएका छन्। संरचना खडा गर्न श्रमदान गरेका छन्। 

उनीहरुको आग्रह छ, 'सरकारमा बसेकाहरुले काठमाडौंमा घाम ताप्दै जुम्लाले मेडिकल कलेज चलाउन सक्दैन भनेर सारा कर्णालीबासीको अपमान नगरिदिए हुने।'

प्रकाशित मिति: शुक्रबार, असार २९, २०७५  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्