• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मतगणनास्थलमा भेटिएका ठेला व्यापारी भन्छन्– जसले जिते पनि ठेलागाडा खोस्न बन्द होस्

64x64
धनु विश्वकर्मा शनिबार, वैशाख ३१, २०७९  २०:१७
1140x725

काठमाडौँ— राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाको मतगण्ना भैराखेको बेला गेटबाहिर बसेका समर्थकहरू परिणाम सुन्न उत्साही थिए। एमालेबाट उपमेयर पदकी उम्मेदवार दिन ढल्किँदै जाँदा सभागृहमा भित्र–बाहिर गरिरहेकी थिइन्। मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह बाहिर आएपछि भने समर्थकले चर्को नारा लगाए।

सुरक्षाकर्मीलाई सभागृहको गेटमा झुम्मिएको भिड रोक्न हम्मे परेको थियो। त्यही ठेलमठेल नजिकै दोलख चरिकोटकी दुर्गा भण्डारी नाङ्लोमा हरिया काँक्रा बेचिरहेकी थिइन्। मत परिणाम सुन्न आउनेको लर्कोले उनको व्यापार राम्रै चलेको छ।

उनलाई मत परिणामबारे भने कुनै चासो छैन। जो मेयर आए पनि आफूलाई फरक नपर्ने उनले बताइन्। तर, महानगरले फुटपाथमा व्यापार गर्ने जनतालाई दुःख दिन बन्द गर्नुपर्ने उनको माग छ। ‘अबको मेयरले हामीलाई सडकमा व्यापार  गरि खान देओस्,’ उनले भनिन्।

भारत भएका र काठमाडौंमा ठेलामा फलफूल बेच्ने कमलेस शाहको गुनासो पनि उही छ। अबको मेयरले गरिबलाई गरीखान सहज बनाइदिनुपर्ने उनले बताए। आफूले काठमाडौंमा फलफूल बेच्न थालेको दुई दशक भइसकेको उनको भनाइ छ। उनी अचेल बबरमहलअगाडि सडक किनारमा फलफूल बेच्छन्। तर, मत गणनाको दिन पारेर शनिबार भने उनी प्रदर्शनी मार्ग आएका हुन्।

‘महानगर आयो कि ठेलागाडा कुदाउँदै कछुवाको गतिमा दौडिनुपर्छ। नत्र ठेलागाडा जफत गर्छ। व्यापारका सामान सबै सडकमा फालिदिन्छ,’ उनी भन्छन्। फुटपाथ व्यापारीका ठेलामा महानगर प्रहरीले ‘लात्ती हान्न’ बन्द गर्नुपर्ने उनको माग छ।

Ncell 2
Ncell 2

उता ओखलढुंगाको तलुवाका दिलिप खत्रीका दम्पती नै ठेलामा सोडापानी बेच्छन्। एक दशकदेखि यही व्यापार गर्दा महानगर प्रहरीसँग लुकामारी खेल्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘महानगरले ठेलागाडा जफत गर्छ। कवाडीमा बेच्छ। जरिवाना तिराएर फिर्ता गर्दैन्। महानगरको भ्यान आयो कि चोर पुलिसजस्तै भागभाग हुन्छ।’

अब आउने जनप्रतिनिधिले सडकका व्यापारीलाई ठाउँ तोकेरै व्यापार गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। १० वर्षमा आफ्ना ५० भन्दा बढी ठेलागाडा महानगरले जफत गरेको उनले बताए। उनका अनुसार एउटा ठेलाको मूल्य ३० हजारसम्म पर्छ। 

नवलपरासीको कावासेति घर भएकी शान्ति कँडेल मतगणनास्थलमा पानी बेचिराखेकी छिन्। उनी आफनो मतदाता नामावली भएको ठाउँमा मतदान गर्न गइनन्। महानगर कर्मथलो भएकाले आफूलाई मत परिणामप्रति चासो भएको उनी बताउँछिन्। उनी पनि सडकमा गरीखानेलाई महानगरले सहज बनाउनुपर्ने बताउँछिन्। सडकको फोहोरले पनि आफूहरूलाई समस्या भएको उनको भनाइ छ। 

भृकुटीमण्डप भित्रको स्टलमा उनी कपडा व्यापार गर्छिन्। आज भने मत परिणाम सुन्न आउनेलाई उनी पानी बेच्न आएकी हुन्। उनी सिजनअनुसारको व्यापार पनि गर्छिन्। 

धादिङका ७० वर्षिया अमरप्रसाद अधिकारी मतगणनास्थल नजिक बदाम, भुटेको भटमास, भुटेको चना बेचिरहेका थिए। उनले यसरी व्यापार गर्न थालेको पाँच दशक भइसकेको छ। तर, महानगरले धेरै दुःख दिने गरेको उनको पनि गुनासो छ। अबको मेयरले आफूहरुलाई भागभागको अवस्थामा नपार्न उनले माग गरे।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निव... आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे । आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्