काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आज बुटवल पुगेका छन्।
प्रधानमन्त्री देउवा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमअन्तर्गत गठबन्धनद्वारा आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल पुगेका हुन्।
निर्वाचन कार्यक्रमअन्तर्गत बुटवलको देवीनगरमा आयोजना हुने चुनावीसभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए।
चुनावी कार्यक्रमलाई प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।