काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा सुख दुःखको साथी माओवादी नै हो भन्ने जागरण आएको बताएका छन्।
धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा मानिसहरुलाई केही भ्रम रहेको बताए। परिवर्तन माओवादीले ल्याउने, तर चुनावचाहिँ परिवर्तन विरोधीले जित्ने जस्तो नमिलेको स्थिति त्यतिबेला रहेको उनले बताए।
'अहिले मलाई विश्वास छ, मधेस प्रदेशमा सप्तरीदेखि पर्सासम्मका मधेसी समुदायले मधेसी बुद्धिजीवीहरुले राजनीतिक नेता तथा कार्यकर्ताहरुले यो परिवर्तनको बाहक माओवादी केन्द्र नै हो र जनताको सुख दुःखको साथी पनि माओवादी केन्द्र नै हो भन्ने कुरा अब सबैतिर फेरि नयाँ चेतना र नयाँ जागरण आएको छ', उनले भने।
उनले गएको निर्वाचन र त्यसभन्दा पहिलेका निर्वाचनहरुमा आफूहरुले मधेसी जनसमुदायको बीचमा बसेर उनीहरुको आवश्यकतालाई सम्बोधन गर्ने क्रममा धेरै मेहनन गरेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।