काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ। शुक्रबार नेकपा औपचारिक रुपमा विभाजित भएको हो।
चितवनको पर्सामा तीन दिनसम्म चलेको नेकपाका विद्रोही पक्षको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी गठन गरेपछि विप्लव नेतृत्वको नेकपा औपचारिक रुपमा विभाजित भएको हो।
फागुनमा महाधिवेशन गर्ने गरि नेता धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिएको एक नेताले जानकारी दिए। नवगठित पार्टीको महाधिवेशन आगामी फागुन १ गते हुनेगरी टुंगो लगाइएको छ।
चितवन भेलाले यसअघि विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्ने निर्णय गर्दै पार्टीको कार्यदिशा ‘बैज्ञानिक समाजवादी क्रान्ति’ तय गरेको उनले जानकारी दिए।
केन्द्रीय समितिको निणर्य विपरीत स्थानीय तहको निर्वाचनमा सहभागी भएको र कांग्रेस-एमालेसँग गठबन्धन गरेको विषयलाई लिएर नेकपामा विवाद सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।