काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुहिएको फर्सी भएको बताएका छन्।
बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको सभामा अध्यक्ष नेपालले नेकपा एमालेलाई कुहिएको फर्सीसँग तुलना गरेका थिए। शुक्रबार नेपालको गृहजिल्ला रौतहटमा आयोजित कार्यक्रममा ओलीले प्रतिवाद गरेका हुन्।
'(माधव नेपालले) एमाले भनेको कुहिएको फर्सी हो भने। एमाले कुहिएको फर्सी होइन, माधव नेपाल कुहिएको फर्सी हो', ओलीले भने।
माधव नेपाललाई पार्टीले पार्टी प्रमुख, सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री बनाएको ओलीले बताए। 'सयवटा भन्दा बढी देश, विश्व परिक्रमा गराएन कि, घुमाएन कि, के गरेन माधव नेपाललाई?
माधव नेपालले नातावाद कृपावाद चलाइरहँदा, पार्टीका कार्यकर्तामाथि अन्याय थिचोमिचो गरिरहँदा पार्टीले धेरै सहेर पनि माधव नेपाललाई अगाडि बढ्न दियो। तर माधव नेपाल कुलांगार निस्किए', ओलीको कटाक्ष थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।