काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहले चुनाव जिते ६ महिना भित्रै फोहोर व्यवस्थापन हुने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सिर्जनालाई मेयरमा जिताए ६ महिनाभित्रै काठमाडौंको फोहोर व्यवस्थापन हुने बताएका हुन्।
‘विद्यार्थी बेलादेखि पार्टीमा काम गरेकी मानिस हुन्। प्रकाशमान सिंहको श्रीमती हुन दोष हैन। उहाँमा केही कुरामा कमि छ?’ उनले भने ‘मेयर भएपछि काठमाडौमा काम गर्छु भन्नु भएको छ।’
सिंहले काठमाडौंमा राम्रो काम गर्ने भनेर वचन दिएको उल्लेख गर्दै देउवाले काठमाडौंको मेयरमा महिला उम्मेदवार हुनु ठूलो कुरा भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।