काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचन प्रतिगमन वा प्रगतिशिलको पक्षमा कता उभिने हो भन्ने ‘ब्याटल’ भएको दाबी गरेका छन्।
उनले रुख, हँसिया हथौडा र कलमलाई सहज रुपमा लिनुपर्ने भन्दै यसलाई आत्मसाथ गर्नुपर्ने बताए। ‘जुन दिनसम्म कांग्रेस र कम्युनिष्ट पानी बराबार भयो यसले ३० वर्षसम्म देशले के पायो’ उनले भने ‘वामपन्थी र कांग्रेस मिल्दा गणेशमान सिंहलाई कमाण्डर मानेर जनआन्दोलन सफल भयो। तर फेरि यस्तै अवस्था भएपछि जनयुद्ध शुरु भयो।’
चारतारे झन्डा र हँसिया हथौडा नमिलाएको भए पञ्चायत ढाल्नेदेखि शान्तिप्रक्रिया मिलाउन सम्भव नभएको भन्दै प्रचण्डले शान्तिलाई सम्पन्न गर्न रुखवालाले गर्वका साथ हँसिया हथौडामा र हँसिया हथौडावालाले रुखमा भोट हाल्न स्वीकार्नुपर्ने बताए।
'कतिपय मर्न तयार तर आफ्नो चिह्न बाहेक भोट हाल्दिन भनेर लकिरको फकिर भएर हुँदैन ’ उनले भने ‘आजको आवश्यकता एकता र सहकार्य नै हो।’
उनले गिरिजाप्रसाद कोइरालाको नाम लिँदै यसको गहिराईलाई विचार गर्न आग्रह गरे।
देशभर तालमेल गर्ने नीतिगत निर्णय गरेको भए पनि त्यो सम्भवन हुन नसकेो बताउँदै प्रचण्डले गठबन्धन एकठिक्का रहेको दाबी गरे।
उनले गठबन्धनलाई धेरै पर लैजानुपर्ने अवस्था रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।