काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुरुषहरुले कार्यकारी भूमिका पाएर केही नगरेकाले अब महिलालाई त्यसको अवसर दिनु पर्ने बताएका छन्।
शुक्रबार सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभामा प्रचण्डले दुई महिला मेयरकाका उम्मेदवारका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
कसैलाई छोरी र कसैलाई श्रीमती भनेर अपमान गरिएको उनको भनाइ थियो।
भरतपुरमा रेनु दाहाल र काठमाडौंमा श्रृजना सिंहको वचाउ गर्दै उनले उनीहरुको कामलाई सम्मान गर्नुपर्ने तर्क गरे। प्रचण्डले पुरुषहरुले धेरै वर्षदेखि राज गरेपनि केही लछारपाटो लगाउन नसेको तर्क गरे।
बिहीबार चितवनको भरतपुरमा र शुक्रबार काठमाडौंमा महिला उम्मेदवारको पक्षमा मत माग्दै प्रचण्डले महिलालाई अधिकार दिन संविधान कार्यान्वयन गरेको दाबी गरे। ‘हिजो भरतपुरमा महिलाको पक्षमा अपिल गरियो, आज काठमाडौंमा अर्को महिला मेयरका पक्षमा अपिल गरेका छौं’ उनले भने, ‘यो खुशीको कुरा हो। ’ महिलाहरुलाई कसरी प्राथमिकता दिने भनि संविधानमा व्यवस्था गरिएको भए पनि व्यवहारमा लागू गर्न समस्या भइरहेकोमा अहिले भने लागू गर्न सकिएको भन्दै प्रचण्डले खुशी व्यक्त गरे।
महिला उम्मेदवारलाई मेयरमा विजयी गराउनु भनेको परिर्वतनलाई विजयी गराउनु भएको प्रचण्डको भनाइ थियो। उनले दुनियाँको आँखिझ्याल काठमाडौं भएकाले यसको विकासका लागि योग्य उम्मेदवार गठबन्धनले उठाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।