काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन भन्दा अझै पनि नेपालमा प्रतिगमन बलियो रहेको बताएका छन्।
काठमाडौंमा शुक्रबार पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पाँच दलीय गठबन्धनको पक्षमा परिणाम देखिएपछि अहिले प्रतिगमनकारी शक्ति आत्तिएको भन्दै उनले यो निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउन सबैले भूमिका खेल्नुपर्ने धारणा राखे।
‘पाँचदल भित्र पार्टीको निर्णय मान्दैनन भने पाँच दलभित्र मतभेद छ, बिरोध छ, चित्त नबुझेको कुरामा विमत्ति राख्छौं,’ उनले भने,‘मिल्ने कुरामा मिल्ने हो नमिल्ने कुरा नमिल्ने हो। प्रतिगामीका मतियार हुन् गठबन्धन भनेको मिलेको कुरामा सहकार्य गर्ने हो एकता गर्ने हो।’
राष्ट्रिय जनमोर्चाले इमान्दारितापूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान दिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।