• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

एमाले अध्यक्ष ओली र नेता महेश बस्नेत मतदाता भएको सूर्यविनायकमा सत्ता गठबन्धन कति बलियो? 

64x64
नेपाल लाइभ शनिबार, वैशाख २४, २०७९  १०:२४
1140x725

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्ने पालिका र पोलिट ब्युरो सदस्य महेश बस्नेतको गृहनगर हो भक्तपुरको सूर्यविनायक नगरपालिका। यो पालिकालाई एमाले र सत्ता गठबन्धनले आफ्नो पोल्टामा पार्न शक्ति लगाइरहेका छन्।

सूर्यविनायकमा एमालेले यसअघि मेयरमा विजयी वासुदेव थापालाई नै पुनः उम्मेदवार बनाएको छ। उपमेयरमा भने नयाँ अनुहार सरिता भट्टराईलाई चुनावी मैदानमा उतारेको छ। अघिल्लो निर्वाचनमा मेयर र उपमेयर नै एमालेले जितेको थियो। वडाध्यक्षमा पनि एमालेले अधिकांश पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ।

सत्ता गठबन्धनले मेयरमा नेपाली कांग्रेसका निशान ढुंगेललाई मेयर र नेकपा एकीकृत समाजवादीका श्यामकृष्ण बस्नेतलाई उपमेयरको उम्मेदवार बनाएको छ। उपमेयरका उम्मेदवार बस्नेत पूर्व एमाले नेता हुन्। उनको उक्त क्षेत्रमा राम्रो छवि भएको र तालमेल पनि भएकाले जित हात पार्ने गठबन्धन दलका नेता बताउँछन्। मेयरका उम्मेदवार ढुंगेल यो क्षेत्रमा परम्परागत रूपमा कांग्रेस बलियो भएको र गठबन्धन पनि गरिएकाले आफूहरूले जित हासिल गर्ने बताउँछन्। 

यता एमालेका नेता भने पाँच वर्षमा गरेका कामलाई जितको आधार बनाउने दाबी गरेका छन्। महेश बस्नेत आफैँ निर्वाचनमा खटिएका छन्। दोहोर्‍याएर मेयरको उम्मेदवार बनेका वासुदेव थापा बस्नेत निकट मानिन्छन्। केन्द्रमा आफ्नो प्रभाव जमाइराख्न पनि गृहनगरमा जित हात पार्न बस्नेत चुनावी रणनीति बनाएर खटिएका छन्।

के थियो २०७४ सालको अवस्था? 
२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा वासुदेव थापा १२ हजार ८८६ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १६५ मत पाएका थिए। उपमेयरमा विजयी एमालेकी जुना बस्नेतले १२ हजार ८३२ मत पाएकी थिइन्। उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी कल्पना राजथलाले ८ हजार ९०२ मत प्राप्त गरेकी  थिइन्।

यो पालिकामा माओवादी केन्द्रभन्दा नेमकिपा, राप्रपा बलिया देखिएका थिए। तेस्रो स्थानमा रहेकी नेमकिपाकी मेयर उम्मेदवार मनशोभा सुवालले २ हजार २८० र चौँथो स्थानमा रहेका राप्रपाका मेयर उम्मेदवार प्रवीन शर्मा ढुंगेलले २ हजार १६९ मत पाएका थिए। माओवादी केन्द्रका मेयर उम्मेदवार जीवन तजले १ हजार ३८४ मत पात्र पाएका थिए।

यस नगरपालिकाका १० मध्ये सात वडामा एमाले र तीन वटामा कांग्रेसका वडाध्यक्ष विजयी भएका थिए। त्यसैले पनि एमाले आफ्नो विरासत जोगाउन लागि परेको छ भने, कांग्रेस गठबन्धनको साथ लिएर विजय हासिल गर्ने अभियानमा छ।

के छ ओलीले मतदान गर्ने वडाको अवस्था?
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उठ्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावलीमा नाम भने भक्तपुर क्षेत्र नम्बर २ मा छ। अर्थात्, उनी प्रतिनिधिसभाका लागि आफूलाई नभइ, महेश बस्नेतका लागि मतदान गर्छन्। उनले बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गर्ने गरेका छन्। यो केन्द्र सूर्यविनायक नगरपालिका वडा नं. २ मा पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

गत स्थानीय तह निर्वाचनमा यो वडामा कांग्रेस विजयी भएको थियो। वडाध्यक्षमा कांग्रेसका कमलनाथ आचार्यले एमालेका रवि श्रेष्ठलाई १७ मतको झिनो अन्तरले पराजित गरेका थिए। आचार्यले एक हजार ३८५ मत पाउँदा श्रेष्ठले एक हजार ३६८ मत पाएका थिए। राप्रपा, माओवादी केन्द्र र नेमकिपाका उम्मेदवारले भने १०० मत पनि कटाएका थिएनन्।

वडा सदस्यमा भने एमालेका एक उम्मेदवार विजयी भएका थिए। यो वडामा यसपटक एमालेले तिनै निवर्तमान वडा सदस्य विश्वराज विष्टलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। उनलाई ओलीकै जोडबलमा उठाइएको एमाले नेताहरू नै बताउँछन्। 

गठबन्धनबाट कांग्रेसका प्रदीपकुमार कार्की वडाध्यक्षका उम्मेदवार छन्। उनी कांग्रेसको क्षेत्रीय सभापति पनि हुन्। यसअघिकै निर्वाचनमा उनी वडाध्यक्षका दाबेदार थिए। तर, वरिष्ठका आधारमा पूर्वकर्मचारी आचार्यलाई टिकट दिइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महेश बस्नेतको वडामा एमालेका पुरानै उम्मेदवार
महेश बस्नेतको वडा नं. ७ मा पनि यसपालि एमालेले विजयका लागि संघर्ष गर्नुपर्ने अवस्था छ। नेकपा एमालेबाट पुरानै वडाध्यक्ष रविन्द्र सापकोटा उठेका छन्। उनले राम्रो काम गरेकोले पुनः सो वडा एमालेकै हुने उनीहरुको दाबी छ।

अघिल्लो पटक उनी १ हजार ४१६ मत पाएर विजयी भएका थिए। कांग्रेसका कृष्णभक्त खत्रीले ७१३ र राप्रपाका धर्मराज थापाले ४४७ मत पाएका थिए। त्यसैगरी नेमकिपाका श्यामकृष्ण खुलिमुलीले ३९५ मत पाएका थिए।

सूर्यविनायकका १ र ९ नं. वडामा पनि एमालेले यसअघि सहजै जित हासिल गरेको थियो। यी वडा महेश बस्नेतको गाउँ गुन्डुका छिमेकी वडा हुन्। वडा नं. १ मा एमालेले पुरानै वडाध्यक्ष सानुकाजी कायस्थलाई उम्मेदवार बनाएको छ। यो वडामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मिलनजंग थापाले वडाध्यक्षमा उमेदवारी दिएका छन्। एमालेबाट उम्मेदवारका आकांक्षी भाइकृष्ण श्रेष्ठ टिकट नपाएपछि उनी मौन बसेकाले त्यसको फाइदा गठबन्धनलाई पुग्ने आंकलन छ। 

गठबन्धन र एमाले दुवैतर्फ छन् असन्तुष्ट कार्यकर्ता
पार्टी फुटेका कारण यसपालि एमालेलाई अप्ठ्यारो पर्न सक्ने एमालेकै नेताहरुको आँकलन छ। एमालेले मेयर र वडाध्यक्षका अधिकांश उम्मेदवार दोहोर्‍याएका कारण पनि अन्य आकांक्षी रुष्ट छन्। महेश बस्नेतले आफूले चाहेका व्यक्तिलाई मात्र टिकट दिएको भन्दै जिल्ला तहका कतिपय नेताहरुले असन्तुष्टि जनाएका थिए। 

तर अहिले उनीहरुलाई एमालेका उम्मेदवारलाई जिताउन लागिसकेको मेयरका प्रतिस्पर्धी थापाको दाबी छ। मेयर थापा आफूले गत पाँच वर्षमा शिक्षा, स्वास्थ, पूर्वाधार विकास र कृषिको क्षेत्रमा धेरै राम्रो काम गरेकोले पुनः विजयी हुने बताउँछन्।

थापाका मुख्य प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार ढुंगेल पनि आफूसँग पाँच दलको गठबन्धन र जनताको ‘मनबन्धन’ भएकोले चुनाव जित्ने बताउँछन्। तर, गठबन्धनका कारण कांग्रेसमा पनि उम्मेदवार आकांक्षीहरुले मौका नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। गठबन्धन नै नमान्ने भन्दै कांग्रेसका पूर्वक्षेत्रीय सभापति नारायणभक्त ख्यामलीले मेयरका लागि उम्मेदवारी दिर्ता गराएका थिए। तर, पछि उनलाई पार्टीले मनाएर उम्मेदवारी फिर्ता गराएको थियो।

वडा नं. २ को वडाध्यक्षमा निरज कार्कीले स्वतन्त्र उम्मेदवारीसमेत दर्ता गराएका थिए। तर, पछि उनले फिर्ता गरे। उता वडा नं. ३ मा दुई जनाले फरक–फरक कमिटीको पत्रसहित कांग्रेसबाट वडाध्यक्ष उम्मेदवारी दर्ता गरेका थिए। पछि निवर्तमान वडा सदस्य प्रभुभक्त श्रेष्ठको उम्मेदवारी रद्द भएको थियो। वडा नम्वर १ मा पनि कांग्रेसका नेता भीमसेन श्रेष्ठले गठबन्धनको विरोधमा उम्मेदवारी दर्ता गराएर फिर्ता लिएका थिए। 

नौ हजार नयाँ मतदाता 
२०७४ सालमा उक्त क्षेत्रमा ३७ हजार ९५७ मतदाता थिए। त्यसमध्ये ३० हजार ६७५ अर्थात् ८० प्रतिशत मत खसेको थियो। यस पटक सूर्यविनायकमा ९ हजार ४१० जना मतदाता थपिएका छन्। यी सबै युवा मतदाता हुन्।

जसमा पुरुष २२ हजार ९८० र महिला २४हजार ३८५ मतदाता छन्। यी मतदाता  निर्णायक हुनसक्ने आंकलन छ। दलहरूले यी युवा मतदातालाई आकर्षण गर्ने नारा र योजना घोषणापत्रमा राखेका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्