काठमाडौं- पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार सिर्जना सिंहले विदूर पुरुषका लागि पनि विशेष राहतको प्याकेज ल्याउने बताएकी छन्।
पाँच दलीय गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।
‘महिलाहरुको सुरक्षा देखि उनीहरुको जिविकोपार्जन लगायतका काममा त ध्यान जान्छ नै,’उनले भनिन्,‘काठमाडौंको हकमा विदूर पुरुषहरुको हकमा पनि जो बृद्ध भइसकेका छैन। एकल छन् उनीहरुलाई विशेष राहतको प्याकेज ल्याइनेछ।’
उनले आफू मेयरमा निर्वाचित भएको दिनबाट काठमाडौं महानगरभित्र सुशासनको थालनी गरिने बताइन्। ‘घरभित्र नै सुशासन छैन भने ठूला कुरा गरेर हुँदैन। भ्रष्टाचारमुक्त सेवा सुविधा चुस्त दुरुस्त बनाइने छ,’उनले भनिन्,‘प्रविधिमैत्री व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापनको काम प्राथमितकतामा पर्नेछ।’
उनले फोहोरको व्यवस्थापनको काम घरबाट नै सुरु गरिनेसमेत बताइन्। उनले काठमाडौं शहरलाई विश्वको पर्यटकीय शहरका रुपमा आफूले विस्तार गर्नेसमेत प्रष्ट पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।