काठमाडौं- काठमाडौंमा नेपाली कांग्रेसको आह्वानमा पाँचदलीय सत्ता गठबन्धनका नेताहरु सहभागी चुनावी सभा सुरु भएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंबाट आयोजित चुनावी सभा सुरु भएको हो। काठमाडौं जिल्लाका सबै स्थानीय तहका उम्मेदवारहरु चुनावी सभामा सहभागी रहेका छन्।
काठमाडौंको रत्नपार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौं महानगरकी मेयरकी उम्मेदवार सिर्जना सिंह लगायत काठमाडौंका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार कार्यक्रममा सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।