• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

जितपुर सिमरा उपमहानगरपालिका : २०७४ मा उपमेयरमा विजयी र मेयरमा पराजितबीचको प्रतिस्पर्धा

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २३, २०७९  १५:०३
1140x725

काठमाडौं- २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जितपुर सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयरमै नेकपा एमालेले जित निकालेको थियो। त्यतिबेला मेयरमा कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी विजयी भएका थिए। पाँच वर्षपछिको यो चुनावमा आफ्नो त्यही विरासत जोगाउनुपर्ने बाध्यता एमालेलाई छ।

अर्कोतिर गठबन्धनको तर्फबाट माओवादी केन्द्रले यहाँको प्रमुखमा उम्मेदवारी दिएको छ। गठबन्धन आबद्ध दलहरुको तालमेलका कारण माओवादी केन्द्रका उम्मेदवार उत्साही देखिन्छन्। गठबन्धनका दलहरुले तालमेलप्रति इमानदारिता देखाए जित सहज बन्ने निष्कर्ष उनको छ।

एमालेको तर्फबाट यसपटक मेयरमा उम्मेदवारी दिएकी छन्, यसअघिकी उपमेयर चौधरीले। माओवादी केन्द्रबाट उम्मेदवार दिएका छन्, राजन पौडेलले। पौडेल २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रिएका थिए। त्यतिबेला उनी तेस्रो भएका थिए। त्यस्तै, लोसपाका तर्फबाट संजयकुमार साह र राप्रपाका तर्फबाट माधवप्रसाद त्रिपाठी उम्मेदवार छन्। अन्य केही स्वतन्त्र उम्मेदवारहरु छन्। तर यो उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धा चौधरी र पौडेलबीच नै हुने आकलन गरिएको छ।

२०७४ सालको निर्वाचनको यहाँ मेयरका उम्मेदवारहरु एमालेका कृष्णप्रसाद पौडेलले १४, ८६५, कांग्रेसका कृष्णवर्त सिंहले ११, ९९५, माओवादी केन्द्रका राजन पौडेलले ११, २५१मत पाएका थिए। त्यस्तै, उपमेयरमा विजयी भएकी चौधरीले १४, ४४९ मत पाएकी थिइन्। कांग्रेसकी नारायणी रायमाझीले १२, ४९५ र माओवादी केन्द्रकी गान्त्रीदेवी थरुनीले १०, ८६६ मत पाएकी थिइन्।

चौधरी : परिचित अनुहार
एमालेको तर्फबाट मेयर उम्मेदवार बनेकी चौधरीको बलियो पक्ष नै उनी परिचित उम्मेदवार हुनु हो। पाँच वर्षसम्म उपमहानगरपालिकाको दोस्रो नेतृत्वमा रहेर काम गरेकाले जनताले उनको काम र नेतृत्व क्षमता देखेका छन्। जनताले उनीप्रति कति सकारात्मक धारणा बनाएका छन्, उनले पाउने मत त्यसमै निर्भर हुनेछ। उनले मत पाउने मुख्य आधार पनि त्यसैलाई बनाएकी छिन्। भन्छिन्, 'अघिल्लो चुनावमा निर्वाचित भएपछि मैले धेरै काम गरेको छु। त्यसको जानकारी पनि सबैलाई छ। मैले मत पाउने आधार त्यो पनि हो। पार्टीको लोकप्रियता पनि छ।'

चौधरी समुदायको प्रभाव रहेको सो उमहानगरपालिकामा सोही समुदायबाट मेयर उम्मेदवार भएकी उनलाई थप सहज छ। महिला उम्मेदवार हुनुको लाभ/हानी पनि उनलाई हुने नै छ। 

तर जीतपुर सिमरा उपमहानगरपालिका विवादमा आइरहने महानगरपालिका पनि हो। कतिसम्म भने कोरोना महामारीका बेलामा बनाइएको अस्थायी अस्पतालमा आर्थिक अनियमितता भएको भन्दै मेयर पौडेल विवादमा परेका थिए। यस विषयमा छानबिनका लागि अख्तियारले अनुसन्धान गरेको समाचार पनि सार्वजनिक भएको थियो। अर्कोतिर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन सूचक रिपोर्टमा यो उपमहानगरपालिका निकै कमजोर रहेको देखिएको थियो। नेपाल लाइभले सम्पर्क गरेका केही स्थानीयले यो उपमहानगरपालिकाको कार्यप्रगति साह्रै सुस्त रहेको बताए। यस्तो विगतले चौधरीलाई असर पर्न सक्छ।

मेयरको टिकट वितरणमा पनि एमालेभित्र असन्तुष्टि व्यक्त भएका थिए। त्यसको असर चौधरीको मतमा पर्ने आकलन गरिएको छ। सबैतिरजस्तो पार्टी विभाजनको असर पनि चौधरीले बेहोर्नुपर्ने छ। मुख्यचाहिँ उनी विरुद्ध प्रभावशाली दलहरुको गठबन्धन नै उनको मुख्य चुनौती हो। तर त्यसले आफूलाई फरक नपार्ने उनको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

'गठबन्धनका कारण मलाई गाह्रो छैन। गठबन्धन गर्नुभएका उहाँहरु आफ्नो तरिकाले हिँडिरहनुभएको छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, 'एमालेको संगठन र मतदाता छन्। एमालेप्रतिको प्रेम छ। एमालेको सिद्धान्तप्रति विश्वास गर्ने कार्यकर्ता हुनुहुन्छ। यसले गर्दा मेरो जित सुनिश्चित छ।'

पौडेल : तालमेलबाट उत्साही
यो उपमहानगरपालिकामा मुख्य प्रभाव राख्ने दलहरु एमाले, कांग्रेस र माओवादी केन्द्र नै हुन्। अर्कोतिर, यी तीन दलको मत पनि हाराहारी नै छ। त्यसैले दुई दल एक ठाउँमा उभिने बित्तिकै स्वतः बलियो बन्छन्। गठबन्धनका साझा उम्मेदवार पौडेल त्यसैले पनि बलिया प्रतिस्पर्धी भएका छन्।

गठबन्धनको साझा उम्मेदवार भएका कारण राजन पौडेलले आफूले सहजै जित्ने ठानेका छन्। 'गठबन्धन नै मेरो जितको आधार हो। २०७४ सालमा पनि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। अहिले माओवादी केन्द्र र कांग्रेस मिलेका छन्। अर्कोतिर, त्यतिबेला एमाले विभाजन भई बनेको एकीकृत समाजवादीको साथ पनि हामीलाई छ। त्यसका अतिरिक्त जसपा र राजमो पनि हाम्रो गठबन्धनमै छन्', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

उम्मेदवारको रुपमा पौडेल पनि नयाँ अनुहार होइनन्। २०७४ सालमा मेयरमै प्रतिस्पर्धा भएकाले उम्मेदवारको चिनारीको लाभ उनलाई छ। २०७४ सालमा पराजित भए पनि लामो समयदेखि निरन्तर त्यहाँको जनसम्पर्कमा काम गरेको उनको भनाइ छ। 'त्यसकारणले दुई तीन वर्षयता नै यहाँका जनताले मलाई मेयरको रुपमा मनोवैज्ञानिक हिसाबले नै स्वीकार गरिसक्नुभएको स्थिति छ। अहिलेको चुनावी माहोलको पनि मैले अनुभूति गरिरहेको छु। त्यसले पनि मेरो विजय सुनिश्चित रहेको देखाउँछ', उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वडाहरुको विजय विश्लेषण गर्दा माओवादी केन्द्रको प्रभाव राम्रो देखिन्छ। जीतपुर सिमरा उपमहानगरपालिकाका २४ वटा वडामध्ये १० वटाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो। त्यस्तै, एमालेले ७, कांग्रेसले ५ र राजपाले २ वटा वडा अध्यक्ष जितेको थियो।

२०७४ सालमा पौडेल तेस्रो भएका थिए। त्यसैले माओवादी केन्द्र एक्लैको मत उनको विजयका लागि पर्याप्त छैन। त्यसैले अन्य दलप्रति आस्थावान् मतदाताले उनलाई कसरी लिन्छन् भन्ने निश्चित छैन। उनको मुख्य सहयोगी कांग्रेसले नै सो उपमहानगरपालिकामा नेतृत्व दाबी गरेको थियो। त्यसैले सो पार्टीको असहयोग रह्यो भने उनलाई कठिनाई थपिन सक्छ। त्यहीमाथि एमालेले पाँच वर्ष नेतृत्व गरेकाले उसले आफ्नो प्रभाव विस्तार गरेको छ नै। त्यसले पनि उनलाई चुनौती थपिन सक्छ।

अन्य उम्मेदवार, थपिएका मतदाता
हुन त, उपमहानगरपालिकाको नेतृत्वको लागि १० प्रतिस्पर्धी मैदानमा छन्। जसमा एमालेकी चौधरी र माओवादी केन्द्रका पौडेलका अतिरिक्त लोसपाका संजयकुमार साह र राप्रपाका माधवप्रसाद त्रिपाठी छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवारहरु विशाल चौलागाई, राजकुमार न्यौपाने, उमानन्द कँडेल, कृष्णकुमार अधिकारी, मुकेश साह, पार्वती अधिकारी, प्रेम कुमार छन्।

तर चौधरी र पौडेल बाहेक अन्य उम्मेदवारले उल्लेखनीय मत प्राप्त गर्ने सम्भावना कम रहेको २०७४ सालको मतपरिणामले पनि देखाउँछ। त्यतिबेला प्रमुख दलका उम्मेदवार बाहेक अन्यलाई साह्रै न्यून मत खसेको थियो। त्यतिबेला राजपाका अखिल कुमार सिंहले २, ८०४, नेपाल लोकतान्त्रिक फोरमका राजकुमार चौधरीले ४३३, राप्रपाका सोमप्रसाद उप्रेतीले २७९ र राजमोका धर्मानन्द पाध्याले २०० मत पाएका थिए।

तत्कालीन राजपा अहिले लोसपा भएको छ। राजमो सत्ता गठबन्धनमा आबद्ध दल हो। नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएको छ।त्यतिबेलाका स्वतन्त्र उम्मेदवारलाई पनि जीतपुर सिमराका मतदाताले त्यति रुचाएका थिएनन्।

पछिल्लो पाँच वर्षमा जीतपुर सिमरा उपमहानगरपालिकामा झन्डै २४ प्रतिशत मतदाता थपिएका छन्। २०७४ सालमा त्यहाँ ५६, ६६० मतदाता थिए। अहिले ७०,०६४ पुगेका छन्। थपिएका १३ हजारभन्दा बढी मतदाताले प्रतिस्पर्धीप्रति कस्तो मनस्थिति बनाउँछन्, धेरै कुरा त्यसमा पनि निर्भर रहन्छ।

२०७४ सालको नतिजा
मतदाताः ५६, ६६० 
कृष्णप्रसाद पौडेल- नेकपा एमाले- १४८६५
कृष्णवर्त सिंह- नेपाली कांग्रेस- ११९९५
राजन पौडेल- नेकपा माओवादी केन्द्र- ११२५१
अखिल कुमार सिंह- राजपा नेपाल- २८०४
राजकुमार चौधरी- नेपाल लोकतान्त्रिक फोरम- ४३३
सोमप्रसाद उप्रेती- राप्रपा- २७९
धर्मानन्द पाध्या- राजमो- २००
अमानुल्लाह मंसुरी- नशपा नेपाल- ५८
रामदेव महरा- बहुजन शक्ति पार्टी- ३६
टंक घिमिरे- स्वतन्त्र- ३
जागेश्वर गिरी- स्वतन्त्र- १
कुमार खतिवडा- स्वतन्त्र- ०
कृष्णकुमार अधिकारी- स्वतन्त्र- ०
केशव थापा- स्वतन्त्र- ०
मिनबहादुर कार्की- स्वतन्त्र- ०
विनोद कुमार साह- स्वतन्त्र- ०

२०७९ का उम्मेदवार
मतदाता- ७०,०६४
राजन पौडेल- नेकपा माओवादी केन्द्र
सरस्वती देवी चौधरी- नेकपा एमाले
संजयकुमार साह- लोसपा नेपाल-
माधवप्रसाद त्रिपाठी- राप्रपा
राजकुमार न्यौपाने- स्वतन्त्र
उमानन्द कँडेल- स्वतन्त्र
कृष्णकुमार अधिकारी- स्वतन्त्र
मुकेश साह- स्वतन्त्र
पार्वती अधिकारी- स्वतन्त्र
प्रेम कुमार- स्वतन्त्र

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्