• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस

समुदायको स्वामित्वमा हुन्छ पत्रकारले बोक्ने कलम

डिल्ली अम्माई मंगलबार, वैशाख २०, २०७९  ०७:००
1140x725

पत्रकारको भूमिकाको कुरा गर्दा परापूर्वकालका सूचना सम्बाहक परेवाको स्मरण गरिन्छ। खास गरेर परेवालाई चिठ्ठीपत्र बोक्ने तालिम दिएर सूचनाको आदानप्रदानमा प्रयोग गर्ने गरेको किम्वदन्ति धार्मिक तथा अन्य साहित्यमा धेरै छन्। त्यही कारणले नेपाल पत्रकार महासंघको लोगोमा सूचना संवाहकको संकेत स्वरूप परेवा राखिएको छ। नेपालको सन्दर्भमा परेवा प्रेस स्वतन्त्रताको सांकेतिक चित्र पनि हो।

वैदिक युगपछि अझ भनौँ, आधुनिक युगको प्रारम्भिक चरणसम्म राजाहरूद्वारा राजकीय सूचना आदान प्रदानको लागि दूतहरूको नियुक्ति गरिन्थ्यो। त्यस्तै समुदायको सूचना सम्प्रेषणको लागि पनि गाउँलेहरूले आफ्नै पहलमा सूचना अधिकारीहरूको व्यवस्था गर्ने प्रचलन थियो। खासगरी हाम्रो पूर्वीय विश्वमा गाउँ पंचायतबाट नियुक्त कटुवालहरूले सूचना संवाहकको भूमिका खेल्न थाले। यस्ता कटुवालहरू नेपालको दुर्गम भेगमा अझै पनि कतैकतै काम गरिरहेका छन्।

सूचना प्रविधिमा भएको विकासले भित्ते सूचनाको कालखन्ड हुँदै क्रमशः छापा पत्रकारिता र इलोक्ट्रोनिक मिडियाको आविष्कार भयो। यसपछि पत्रकारिताको आधुनिक युग सुरु भयो। यो कालमा पत्रकारिता केवल चिठ्ठीपत्रको आदानप्रदान गर्नुलाई मात्र मानिँदैन। पत्रकारको नित्य कर्म भनेको सूचना खोज्नु, प्रशोधन गर्नु र त्यसलाई सामाजिक हितको लागि छनौट गरेर प्रक्षेपण गर्नु हो।

नेपाली छापामा कहीँ कतै पत्रकारहरूले ज्योतिषीको काम गरिरहेको पनि भेटिन्छ। तर, त्यो पत्रकारिताको गलत प्रयोग हो। त्यसैले पत्रकार समाजको भविष्यवक्ता नभएर सूचनाको माध्यम मात्र हो भनेर हामीले बुझ्नु जरुरी छ। पत्रकारितामा सूचना सम्प्रेषण सम्बन्धी केही अन्तर्राष्ट्रिय मान्यताहरू छन्। सूचनाको उपयोगिताबारे मापदण्ड पत्रकार आचारसंहितालाई मानक मानेर तय गरिन्छ, जसको लागि सम्पादकहरूले मानकका आधार बनाउँछन्। त्यसमा प्रेस स्वतन्त्रताका मान्यताहरू सदैव आकर्षित रहन्छन्।

खासगरी पश्चिमा मोडेलको राज्य प्रणालीभित्रका मूल्यमान्यताहरूले विकास गरेको एक अधिरचना छ। त्यो अधिरचनाभित्र उनीहरूले आफ्नै विविध स्वार्थलाई आधार बनाएर पत्रकारिताको एक आधार निर्माण गरेका छन्। त्यो आधारभित्र ‘प्रेसमा प्रजातन्त्र र उदार पूंजीवादका भित्ताहरू नछोइकन गरिने पत्रकारितालाई सूचना विकासको उत्प्रेरक’ मान्ने मानक स्थापित गरिएको देखिन्छ। त्यस्तै, शक्ति राष्ट्रद्वारा थोपरिने आर्थिक औपनिवेसिकता विरुद्ध रहेको पत्रकारिताको अर्को धारले राष्ट्रिय मौलिक पहिचान, राष्ट्रिय सूचना स्वतन्त्रता र समानतालाई सूचना विकासको मानक मानेको हुन्छ।  संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान र संस्कृति सङ्गठन (युनेस्को) अन्तर्गत सन् १९८० मा गठित मेकब्रिड आयोग नै विकासशील देशका श्रमजीवी पत्रकारहरूको मार्गदर्शक हो। त्यसले खासगरी साम्राज्यवादी सूचना उत्तेजनालाई अस्वीकार गर्दछ।

अल्पविकसित देशका सम्पूर्ण पत्रकारहरूको दबाबमा संयुक्त राष्ट्र संघको महासभाले हरेक मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवस घोषणा ग-यो। खासगरी प्रेस स्वतन्त्रताको महत्त्वबारे चेतना जगाउन र अधिकारको सम्मान र समर्थन गर्न सरकारहरूलाई उनीहरूको कर्तव्य सम्झाउन यो दिवस मनाइन्छ। युनेस्कोले हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवसलाई विश्वभर प्रेस स्वतन्त्रताको अवस्थाको मूल्यांकन गर्न र चुनौतीहरूलाई सम्बोधन गर्नका लागि छलफल गर्न मिडिया कर्मीहरू, प्रेस स्वतन्त्रता सम्बद्ध संगठनहरू र संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई एकसाथ ल्याएर मनाउने गरेको छ।

२०२२ मे ३ मा युनेस्को र उरुग्वेले संयुक्त रूपमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन ग्लोबल सम्मेलन आयोजना गर्दैछन्। त्यहाँ संसारभरिका पत्रकार प्रतिनिधीहरू सहभागी हुनेछन्। उक्त सम्मेलनमा ‘डिजिटल घेराबन्दीभित्र पत्रकारिता’ भन्ने नाराका साथ डिजिटल युगले अभिव्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनीयताका विविध चुनौती र संभावनाका विषयमा छलफल हुने जनाइएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ ले प्रेस नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, कार्यकर्ता, साइबर सुरक्षा प्रबन्धक र कानुनी विज्ञहरू जस्ता सान्दर्भिक सरोकारवालाहरूलाई यी मुद्दाको अन्वेषण गर्न र प्रेस स्वतन्त्रता तथा गोपनीयतामा बढ्दो निगरानीले उत्पन्न हुने खतराहरूलाई सम्बोधन गर्न एक विशेष भेटघाट पनि आयोजना गर्दैछ।

Ncell 2
Ncell 2

प्रेस स्वतन्त्रताका सीमा र अवरोधहरू
विश्वव्यापी मान्यताअनुरूप सूचना विशेष पत्रकारिता विशाल अधिरचनाको एक अंग हो। यी दुवै मानकहरूबीच विचार र नियमहरूको सूचनामा अन्याय गर्न नपाइने मान्यतामा समानता छ। एक पक्षले समुदायको हित र निम्छरो समुदायको सूचनाको हकलाई महत्त्व दिने विषयलाई प्रमुख मान्छ र त्यही विषय आमसंचारको नीति अन्तर्गत रहेको बताउँछ। तर, समाचार केन्द्र कसको नियन्त्रणमा छ भन्ने कुराले सूचना प्रवाहमा प्रभाव पार्ने गरेको छ।

मिडियामा लगानी गर्ने मालिकहरूले नै वास्तवमा सम्पादकहरूको सूचना छनौट गर्ने अधिकारलाई हस्तक्षेप गरेको उदाहरण धेरै देख्न पाइन्छ। त्यही कारण पत्रकारिताको विकास हुनुअघि सञ्चारगृह संस्थागत र पारदर्शी हुनुपर्छ भनेर सामाजिक संजालमा बहस चलाइएको छ। ‘लगानीकर्तालाई मन नपरेकै आधारमा सम्पादकीय स्वतन्त्रताको दोहन भइरहने हो भने हामीसँग १४ हजार पत्रकार, करिब हजार अखबार, २०० टेलिभिजन र तीन हजारभन्दा बढी अनलाइन हुनुको के अर्थ?’ सामाजिक संजालमा पत्रकारिताका प्राध्यापक भानुभक्त आचार्यले प्रश्न गरेका छन्।

सामान्यतः समाचार कक्षमा सम्पादकहरूको विवेकपूर्ण आचारसंहिता हावी हुन्छ। कुनैकुनै समाचारहरू यति संवेदनशील हुन्छन् कि ती समाचारले धार्मिक, जातीय वा क्षेत्रीय सद्भावलाई नकारात्मक असर पार्दछन्। मुलुकमा गृहयुद्ध हुने वातावरण समेत बन्छ। सम्पादकले त्यस्ता समाचार पुनःसम्पादन गरेर छाप्न पनि सक्छन्।

राज्य संरक्षित प्रेसको गतिरोध र त्यसले पार्ने प्रभाव
इराकसँग आमविनाशकारी हतियार भएको दाबी गर्दै अमेरिकी सञ्चारमाध्यमले दिएका बयानलाई हामीले विश्वास गरेका थियौँ। यस्तै मिसनका साम्राज्यवादी समाचार उत्पादनकै कारण मध्यपूर्वमा विपत्ति निम्तियो। जुडिथ मिलरजस्ता अमेरिकी पत्रकारहरूलाई सन्देहास्पद पात्रहरूले इराकमा आमविनाशकारी हतियार भएको समाचार बनाउन लगाए। शान्त देश मानव कंकालले भरियो। हामी अझैसम्म त्यही आधारले उत्पादन गरेका समाचारहरूको भ्रममा बाँचिरहेका छौँ। पछि उक्त मिडियाले माफी त माग्यो, तर समय बितिसकेको थियो।

गलत सूचनाले युद्धको लागि उक्साएको अर्को प्रमाण भियतनामी युद्ध पनि हो। सन् १९६४ को अगष्टमा गल्फ अफ टंकिनमा अमेरिकी पानीजहाजमाथि आक्रमण भएको खबर सरकार निकट अमेरिकी पत्रिकाले सम्प्रेषण गरेको थियो। त्यो घटना अमेरिकी सेनाबाटै भुलबस भएको थियो। तर, त्यो गलत समाचारले अमेरिकी सरकार उत्तेजनामा आयो। समाचारको सत्यता नजाँची र युद्धको परिणामलाई विचार नै नगरी अमेरिकाले भियतनाममाथि अन्धाधुन्ध आक्रमण गरेर करिब २० लाख निर्दोष भियतनामीहरूको कत्लेआम ग-यो। ‘नापाम’ नामक खतरनाक बम हानेर देश नै आगोले खरानी बनायो। ‘एजेन्ट अरेन्ज’ नामक केमिकल बम हानेर गाउँ शहर ध्वस्त बनायो। त्यस्तै संसारका ठूला सञ्चारगृहहरूले महत्त्व दिनुपर्ने, तर विश्वका बहुराष्ट्रिय कम्पनीहरूको दबाबको कारण महत्त्व नदिएको विशेष मुद्दाहरूलाई गोप्य राख्न खोजेका धेरै उदाहरण छन्।

सूचना साम्राज्यवादी मिडियाको अफवाह
हामीले प्रत्येक वर्ष कोष्टारिका बराबरको वनक्षेत्र अर्थात् ७० हजार वर्गकिलोमिटर वन गुमाउँदै आएका छौँ। प्रत्येक वर्ष ३.५ बिलियनदेखि ७ बिलियन रुखहरू काटिन्छन्। यो हिसाबले केही समयपछि हाम्रो प्रकृतिको वायुमण्डल तथा चक्रीय प्रणालीलाई सन्तुलन राख्न सक्ने अवस्थामा वन रहने छैन। संसार मरुभूमि र अक्सिजनको ठूलो स्रोत सकिने छ।
शक्तिराष्ट्रका मालिक तथा बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादनबाट नाफा आर्जन गर्नको लागि विकल्प हुँदाहुँदै पनि वन सिध्याइरहेका छन्। तर, यो र यस्ता खाले समाचारलाई ठूला मिडियाले महत्त्व दिँदैनन्। अथवा यस्ता रिपोर्टहरू प्रकासित हुँदा सम्पादकहरू ‘सेल्फ सेन्सरसिप’को दबाबमा पर्छन्।

स्वतन्त्र भनिए पनि विश्वभरिका मिडिया हाउसहरू प्रायः यिनै कम्पनीको लगानीमा खडा गरिन्छन्। ती अन्तर्राष्ट्रिय कम्पनीहरूले पृथ्वीको प्राकृतिक कच्चा पदार्थमाथि एकाधिकार कायम गरेकोले उनीहरूको इच्छाविरुद्ध जाने जोखिम सम्पादकहरूले मोल्न सक्दैनन्। समस्या यहींनेर छ। संसारभरिको स्रोत साधन लुटेर नाफा बहुराष्ट्रिय कम्पनीले लुटेको छ, तर व्यथा हामी जस्ता अल्पविकसित देशका नागरिकहरूले भोगिरहेका छौँ।

सूचना साम्राज्यवादका यस्ता धेरै उदाहरणहरूमध्ये तिब्बत, हङकङ, ताइवान, सिन्च्याङ, इरान, इराक, उत्तर कोरियालगायतबारे सूचना साम्राज्यवादका मालिकहरूको बदनियत समाचार पनि हुन्। पश्चिमा सञ्चार माध्यमहरूले हङकङमा कसरी शासन चलाउनु पर्छ भनी संसारलाई आदेश दिन खोजिरहेका छन्। त्यस्तै सिन्च्याङका अतिवादीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूले चीनलाई सिकाउन खोजिरहेका छन्। तिब्बतमा कुन संस्कृतिलाई प्राथमिकता दिनुपर्छ भन्ने विषयमा उपदेश दिन्छन्। तर, आफ्नो देशको रंगभेदमा मारिएका जर्ज फ्लोयडबारे उनीहरूले केही बोल्ने हिम्मत गरेको देखिँदैन। यी प्रवृति स्वतन्त्र सूचनाको न्यायिक प्रसारणमा विरोधाभास हो।

यही कारण विकासशील देशहरूले ‘नयाँ विश्व सूचना तथा सञ्चार व्यवस्था’ (एनडब्ल्युआईसीओ) स्थापना गर्नुपर्ने विषयमा बहस थालनी गरेका थिए। परिणामतः युनेस्कोअन्तर्गत सन् १९८० मा मेकब्रिड आयोग गठन भएको थियो। सञ्चारजगतमा निश्चित समूहको एकाधिकार हटाउन सो आयोगले विभिन्न सिफारिस गरेको थियो।

मेकब्रिड आयोगका सिफारिसलाई आफ्नो संचार प्रभुत्व खुम्चाउन खोजेको ठानेर अमेरिका र बेलायतले प्रेस स्वतन्त्रतामाथि हमला भएको हवाला दिँदै युनेस्कोबाट हात झिकेका थिए। अमेरिकाद्वारा नियन्त्रित सूचना स्रामाज्यवादले संसारभरि आफ्नो स्वार्थअनुसार प्रोपगान्डा मच्चाउनको लागि सूचना नीति निर्माण गर्ने विषयमा माथिकै उदाहरण काफी छ। साम्राज्यवादले प्राथमिकताका तहहरूलाई क्रमबद्ध रूपमा लागू गर्न संसारभरिका कठपुतली सरकारद्वारा नियन्त्रित संचारसाधन, सञ्चारगृहका लगानीकर्ता र आफूद्वारा परिचालित पत्रकारहरूलाई आदेश दिन्छ। थाहा भएकै कुरा हो कि उसले विकासशील देशका मुद्दालाई सधैँ ओझेलमा राख्छ। परिणामस्वरुप विश्व मामिलाको समाचार सम्प्रेषणमा साम्राज्यवादद्वारा नियन्त्रित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पक्षपात गर्नु सामान्य हो। साम्राज्यवादीले आफूलाई हेर्ने तेस्रो विश्वको धारणासमेत पश्चिमा कोणले निर्धारण गर्ने गरेको छ।

प्रेस स्वतन्त्रताको सन्दर्भमा नेपाल
अहिले नेपालका प्रायः मूलधारका टेलिभिजन र पत्रिकाहरू शक्ति राष्ट्रहरूले छिमेकीविरुद्ध नेपाललाई प्रयोगशाला बनाउँदै लगेको भन्न, लेख्न र देखाउन सकिरहेका छैनन्। यसको एउटा कारण हो मिडियामा शक्ति राष्ट्रहरूको लगानी। त्यसपछि मनोवैज्ञानिक दबाब, सेल्फ सेन्सरसिप र अन्त्यमा सम्पादकहरूलाई पारिने आर्थिक प्रभाव हो। नेपालका सबै मिडिया, समाचार वा खोज सूचनाका अन्वेषक, प्रेषक र सम्पादक सबैलाई थाह थियो कि, कुनै शक्ति नेपालमा अनावश्यक रूपले पस्न खोज्नु राष्ट्रिय स्वाभिमानमा खतराको सूचना हो। तर, ठूला मिडिया गोप्य रूपमा पाउने आर्थिक लाभको कारण चुप हुने, समाचार प्रशोधनको नजिर बिगार्ने र मुलुकको अस्थिरताका कारणहरू खोज्ने झन्झटबाट पन्छिने गरेको देखियो।

नेपालको वर्तमान नेतृत्व वर्ग क्रमशः शक्ति राष्ट्रहरूको रणनीतिमा साझेदार बन्दै आएको विषय युक्रेन तथा एमसीसी प्रकरणले छर्लंग पारेको छ। त्यसको असर भोलि हाम्रो मुलुकको हितमा समेत नपर्ला भन्न सकिन्न। तर, हामी पत्रकारहरू शक्तिका अगाडि निरिहतापूर्वक आफ्ना सम्भावित परिणामहरूलाई दबाएर मुस्कुराउन वाध्य छौँ। पत्रकारितामा प्रत्यक्ष र परोक्ष रूपले मुलुकको अमन चयन, सार्वभौमिकता, अखन्डता र नागरिक हित सापेक्ष रूपले राष्ट्रिय स्वाधीनताको पक्षमा लेख्न, बोल्न र स्तम्भ कोर्न नेपाली पत्रकारहरू कतै चुकेका छौँ, वा बेइमान बन्दैछौँ कि? यो प्रश्न हामी आफैलाई पनि हो। त्यसैले भनिएको होला, समाचार वा सम्पादकीयहरूले आफ्नो लय बिर्सन थाले वा बहकिन थाले भने देशमा अराजकता फैलिन्छ। देश टुक्रिन्छ वा कतै विलय हुन्छ।

सूचनाको छनोट र उपादेयता
सूचनाको सही प्रयोजन कति छ भन्ने विषय बुझ्न हामीले अनुमान गरौँ त! एक दिन सूचना र समाचार रोकिँदा संसारको अवस्था के होला? त्यसले पार्ने असरबारे हामीले कल्पनै गर्न सक्दैनौँ। अतः समाचारको परिणाम र देशमा पर्ने प्रभाव हेरेर सम्पादकहरूले विवेक प्रयोग गर्नुपर्छ भनिएको हो।

समाचारले कुनै निश्चित समूह वा पहिचानवाला समुदायको मनोदशामा प्रतिकूल पार्ने सम्पादकलाई लाग्यो भने प्रकाशन हुन रोकिन्छ। त्यो अधिकार सम्पादकलाई छ। सम्वाददाता, प्रकाशक वा सम्पादकहरूले समुदायको लागि पस्किएका सूचनाको विवेकपूर्ण चुनाव आफै गर्दछन्, तर यो ठीक या बेठीक भनेर निर्णय सुनाउँदैनन्। पत्रकारहरूले दिएको सूचना समुदायबाटै लिन्छन्, छान्छन् र समुदायको सहज पहुँचको लागि सार्वजनिक गर्छन्। सूचना वा समाचारको प्रशोधनमा चाहिने तथ्यगत सूचना मात्र रहन्छ, अरु फ्याँकिन्छ।

यो धर्ति, खगोल र ब्रमाण्ड अथाह घटना र तथ्यहरूको भण्डार हो। प्राकृतिक घटना र त्यसका असरबारेको रिपोर्ट वा सूचना एक व्यापारीको लागि के काम? खगोल विज्ञानका जटिल तथ्यहरूको समाचार वा वृत्त चित्र एक किसानलाई के काम? सूचना जो जसलाई पु-याउनु पर्ने हो, त्यहि पक्ष वा व्यक्तिसम्म लैजाने काम पत्रकारको हो। पत्रकारले समुदायको हितलाई ख्याल गर्दै तथ्यको धरातलमा टेकेर सही सूचना मात्र सम्प्रेषण गर्छ। सम्पादकले अफवाहलाई बिलौनी झैँ थिग्राएर फ्याँकिदिन्छ।

पत्रकार सूचनामा तटस्थ, विनयी र विवेकशील किन हुनुपर्छ?
समाचारको अविवेकी प्रशारणले मानिसबीच जातीय वा धार्मिक दङ्गा र कतिपय अवस्थामा गृहयुद्ध समेत हुन सक्ने सम्भावना रहन्छ। त्यसैले सूचनाको संकलन, प्रशोधन र वितरण गर्ने पत्रकार सामाजिक मूल्य–मान्यताहरूको सम्मान गर्ने, सबैका स्वतन्त्र मूल्यको पक्षपाती र विवेकी हुनु जरुरी छ। किनकि, पत्रकारको सामाजिक अधिकार कुनै मूल्यमा पनि नागरिक अधिकारभन्दा टाढा हुँदैन।

सोझो रूपमा भन्दा एक पत्रकार समाजको हुलाकी हो। उसले दिएको सूचनाको मूल्य स्वरूप समुदायले पत्रकारलाई आफ्नो परिवारभित्र सम्मानपूर्ण स्थान दिएको हुन्छ। राज्यले उसको सेवाको मूल्य चौथो अङ्गको सम्मानले विभूषित गरेको हुन्छ। अतः एक पत्रकार पुरानो जमानाको कटुवाल जस्तै विशाल समुदायको विवेकशील सूचना नोकर हो।

पत्रकार र समुदायको सम्बन्ध
समाजमा पत्रकार र जनसमुदायका बीच अन्योन्याश्रित सम्बन्ध आवश्यक हुन्छ। तर, बेलाबेलामा समुदायका विविध पक्षहरूसँग अन्तरविरोध पनि पैदा भइरहन्छन्। यस्ता अन्तरविरोधहरू समझदारी र समन्वयबाट समाधान गर्न सकिन्छ। समुदायको आस्थालाई आधार मान्दै सापेक्ष सत्यबारे बहस भइरनु पर्छ, जसले पत्रकारहरूलाई अझ आफ्नो कर्तब्य बुझ्न सहजता प्रदान गर्दछ। सूचनाको लागि सामूहिक हितका बहसहरूमा व्याक्तिका हितहरू बाझिनुलाई स्वाभाविक रूपमा लिनु पर्छ।

अन्तरविरोध हल गर्ने विधिको अज्ञानताले टकराव उत्पन्न हुन्छ। त्यसमा समुदायको हितलाई कसी मानेर निर्णय गर्दै गयौँ भने अन्तरविरोधले रुपान्तरणमा फड्को मार्छ। अन्यथा पत्रकार र समुदायबीच टकरावको स्थिति उत्पन्न हुन्छ र जसको लागि सेवा गर्दै आएको हो उनीहरूकै बहिष्करणमा पर्ने खतरा पैदा हुन सक्छ। त्यसैले समुदाय र पत्रकारबीचका विश्वासका सेतुहरूको सम्वेदनशीलतालाई एक होसियार र विवेकशील पत्रकारले हेक्का राख्नै पर्दछ।

बुझ्नु पर्छ कि जीवन संघर्षमा गल्ती नगर्ने मानिस हुनै सक्दैन। काम गर्ने शिलशिलामा हुने गल्तीबाट रुने, चिच्याउने, गल्ती देखाइदिनेहरूप्रति प्रतिशोधपूर्ण रुपमा प्रस्तुत हुने मान्छेको लागि पत्रकारिता उपयुक्त पेशा हैन। पत्रकार समुदायको सेवक हो भने उसले आफ्ना मालिकरूपी आममानिससँग विनयी र नतमस्तक हुन सिक्नुपर्छ। त्यो पत्रकार हुनुको पहिलो सर्त हो। यी विषयहरूलाई निम्नानुसार सहजीकरण गरेर बुझ्न सकिन्छ :

१. विवेकी पत्रकारले समाजको चरित्रका बहुआयामिक सम्वेदनशीलताहरूलाई सारमा बुझेको हुनुपर्छ। समाजको स्वरुप, मानिसहरूका सोच र सांस्कृतिक विविधता जस्तै समुदायभित्रका सूचनाका ट्युनिङसमेत बहुआयामिक र संवेदनशील हुन्छन्। यसको हेक्का नराख्ने हो भने हाम्रा कलम समुदायको हितमा भन्दा अन्यत्र बहकिन थाल्छन्। पत्रकारहरू आफैं फोहोरको नालीबाट बग्न सकभर रोकिने प्रयास गर्नु पर्छ र बगीहाले पनि तुरुन्त नुहाउन बिर्सिनु हुँदैन।

२. हजारौँ सूचनाहरूको थुप्रोबाट आफ्नो समुदाय वा मानवहितको लागि कुन सूचना महत्वपूर्ण छ, त्यो मात्रै समुदायलाई दिनु पर्छ। तर, त्यसलाई छान्ने काम यस मानेमा ज्यादै कठिन छ कि सूचनाहरूको थुप्रोमा त्योभन्दा धेरै अफवाह र गलत आरोपहरू मिसिएका हुन्छन्। एक विवेकशील पत्रकारले मात्र समुदायको सूचना निचोरेर तथ्यसहित सही सूचना सम्बन्धित जनसमुदायमा फिर्ता गर्छ। त्यसैले समाचार बनाउँदा कसैलाई उछिन्ने बहानामा गलत सूचना सम्प्रेषण हुने खतराबाट बच्नु पर्छ।

३. कहिलेकाहीँ गल्तीमा पत्रकारहरू डरले थर्थरी हुन्छन्, यो पनि राम्रो हैन। संसारमा सबैभन्दा धेरै गल्तीबाट सिक्ने पेशा भनेकै पत्रकारिता हो। त्यसैले गल्तीलाई सिक्ने कला र गल्तीको आधारस्वरुप जनसमुदायलाई शिक्षक मानियो भने गम्भीर गल्तीमा पनि माफी पाइन्छ।

४. कसैले गरेका गल्तीलाई उचालिरहनु आत्मघातीसमेत हुन सक्छ। गल्ती भनेको सिक्ने प्रक्रियाको एक छोटो प्रशिक्षण जस्तै हो। जसले अरुको गल्तीमा गाली गर्दछ, समुदायमा उसका झन् धेरै गल्तीहरू भेटिन्छन्। जीवन संघर्षमा गल्ती नगर्ने मानिस हुनै सक्दैन। त्यसैले गल्तीबाट रुने, चिच्याउने, गल्ती देखाइदिनेहरूप्रति प्रतिशोधपूर्ण रुपमा प्रस्तुत हुने मान्छेले पत्रकारिता नगर्दा राम्रो हुन्छ।

अहिले डिजिटल सूचनाकर्मिहरूको संख्या ह्वात्तै बढेर गएको छ। ब्लगरले जस्तै युट्युबबाट समाचार वा सूचना बेचेर आर्थिक आयआर्जन गरिरहेका सुचानाकर्मीहरूलाई युटुबर भनिन्छ। उनिहरूमध्ये धेरैले पत्रकारिता सम्बन्धी कुनै पनि तालिम लिएका हुँदैनन्। राज्यको सूचना केन्द्रमा उनीहरूलाई नियमन गरिएको पनि हुँदैन। उनीहरू आफ्नो भिडियो हेर्नेहरूको संख्या बढ्ने सोचाइले भड्काउपूर्ण उत्तेजक सामग्री बनाउँछन्। प्रस्तुतिले दन्दन्ति आगो बाल्छन्। तर, निष्कर्ष दिन सक्दैनन्।
पत्रकार निश्चित योग्यताले लेश भएको संचारकर्मी हो। तर त्यो योग्यतामा युटुबरहरू कमजोर देखिन्छन। युटुबरहरूलाई ‘सञ्चारकर्मी’ मात्रै भन्नु पर्ने कारण आचार, ज्ञान र प्रशिक्षण नभएकोले हो। तर, मूलधारका अधिकतम पत्रकारहरू लामो अध्ययन, प्रशिक्षण र अनुभवबाट आएकोले समुदायको दीर्घकालिक हित र हरेक उपयोगी सूचनाहरूको तह विभाजन गरी समुदायमा समाचार सम्प्रेषण गर्दछन्।

युटुबरहरूलाई सञ्चारकर्मी मात्रै भन्नुको अर्को कारण के हो भने उनीहरूले सूचनाको तथ्य, त्यो सूचनाले समाजमा पार्ने असर र सूचना सन्तुलनको सामान्य ज्ञानलाई हेक्का राख्दैनन्। उनीहरूले संकलित सूचनाको व्यापारलाई मात्रै ध्यान दिएका हुन्छन्। विषयवस्तु गम्भीर र समाज उपयोगी हुँदाहुँदै पनि भाइरल बनाउन नसकिने भयले त्यस्ता कतिपय सूचना युटुबरको रोजाइमा पर्दैनन्। त्यसैले युटुबरहरूलाई पनि नियमन गर्दै आधारभूत आचारसंहिता लगायतका तालिमहरू दिनु आवश्यक देखिन्छ।

५. थोरै तथ्य र धेरै कथ्यबीचबाट सूचना प्रशोधन गर्ने सञ्चारकर्मी समुदायकै हितमा सबैभन्दा जोखिम मोल्ने सेवकहरू हुन्। उनीहरूले अफवाह र भ्रमको चाङबाट तथ्यगत सूचनाहरू प्रशोधन गरिरहनु पर्ने भएकोले गल्तीहरू धेरै हुन सक्ने सम्भावना रहन्छ। त्यो बेला समुदायले पनि ‘पत्रकार मार्फत आएका सूचनाहरू समाजलाई सुसूचित गर्ने सन्दर्भमा नै गल्तीवश भएका हुन्’ भनेर सामान्यीकरण गर्दै जानुपर्छ।

६. पत्रकारको आफ्नो भन्ने कलम र मसी पनि हुँदैन। उसले बोक्ने सबै भित्री–बाहिरी औजार समुदायका सम्पत्ति हुन्। एक पत्रकारले दिने सूचनादेखि हरेक समाचारहरू समुदायको हितमा हुन्छन् वा हुनुपर्छ। सूचना सम्प्रेषण र समुदायको प्रतिक्रियालाई एक पत्रकारले आफ्नो प्रतिष्ठा वा लालसाको विषय बनाउन पाइँदैन। पत्रकारको प्रतिष्ठा समुदायको हितसँग जोडिएको हुन्छ। त्यसैले ‘म पत्रकार हुँ, मेरो उचाइ समुदायभन्दा माथि हुनु पर्छ र म चर्को बोल्दा वा कलमले निर्दोषलाई पोल्दा पीडितले ऐया भन्ने अधिकार हुँदैन’ कसैले भन्दछ भने त्यसको सूचना सेवा समुदायको लागि हुँदैन। त्यो व्यक्ति सूचनाको कालोबजारी गर्ने ‘अपराधी’ हो।

सारमा भन्नु पर्दा, एक पत्रकारले घमण्ड र आत्मस्वाभिमानका बीच फरक छुट्याउन सक्नु पर्छ। सूचनाको गाम्भीर्यतालाई छाम्न सक्नु पर्छ। त्यसैले भनिएको होला कि पत्रकारिता भनेको माछाको मासु र काँडा छुट्ट्याएर खानुजस्तै संवेदनशील सेवा हो। पल–पलमा जिब्रोमा काँडाले घोप्छ, तर जिब्रोले आफै यातना भोग्छ। कदापि काँडालाई भित्र जान दिँदैन।

 
(बेल्जियमलाई आफ्नो कर्मथलो बनाएका पत्रकार अम्माई नेपाल पत्रकार महासंघ युरोप शाखाका सल्लाहकार तथा बेल्जियम शाखाका उपाध्यक्ष हुन्।)
 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्