काठमाडौँ– समाजवादी जनता दलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्ने र आगामी निर्वाचनमा सहकार्य गर्ने निर्णय सकारात्मक भन्दै त्यस प्रक्रियामा आफूहरु समेत सहभागी हुने निर्णय गरेको छ।
पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तन र स्थायित्वका लागि भएको तीन पार्टीको एकता र सहकार्यले आफ्नो पार्टीलाई समेत खुशी तुल्याएको भन्दै सक्रियतापूर्वक वाम गठबन्धनमा सहभागी हुने निर्णय बैठकले गरेको जानकारी दिए।
शनिबार सम्पन्न पार्टीको अध्यक्ष मण्डलको बैठकबारे आज जानकारी दिँदै अध्यक्ष सिंहले परिवर्तनका एजेण्डा संस्थागत गर्दै मुलुकलाई समाजवादको दिशामा लैजान वाम गठबन्धन आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।