रुकुम– नेपाली कांग्रेस पश्चिम रुकुमले वरिष्ठ अधिवक्ता डा नवराज गौतमलाई उम्मेदवार बनाएको छ। डा गौतमलाई कांग्रेसले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको हो।
रुकुम कांग्रेसका पूर्व पार्टी उपसभापति समेत रहेका गौतमलाई उम्मेदवार बनाएको र उनको नाम केन्द्रीय कार्यालयमा बन्दसूचीका लागि सिफारिस गरेको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए।
मुसीकोट नगरपालिका–१ खलंगा बजारका स्थायी बासिन्दा डा गौतम रुकुमबाट पिएचडी गर्ने पहिलो व्यक्ति हुन्। उनले केही समयअघि मात्र सर्वाेच अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए।
अगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारका लागि सिफारिसमा परेकाहरुको विवरणः
प्रतिनिधिसभा प्रत्यक्षतर्फ
पूर्व राज्यमन्त्री गोपलजी जंग शाह
जिल्ला सभापति प्रेमप्रकाश ओली
महाधिवेशन प्रतिनिधि यामबहादुर केसी
पूर्व जिल्ला उपसभापति वीरवहादुर ओली
समानुपातिकतर्फ
सभापति प्रेमप्रकाश ओली
पूर्व राज्यमन्त्री गोपलजी जंग शाह
वरिष्ठ अधिवक्ता डा नवराज गौतम
प्रदेशको क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ
कृष्णबहादुर रोकाय
हर्कसिंह खत्री
राजु केसी
ओम केसी
लेखमाया केसी
समानुपातिकतर्फ
मानबहादुर नेपाली
धिरेन्द्रकुमार बटाला
मनिषा भण्डारी
जनकुमार बाँठा
यज्ञ परियार
गंगाराम गौतम
प्रदेशको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ
तीलबहादुर भण्डारी
गोरखप्रसाद चन्द
थलबहादुर खड्का
नरजंग ओली
समानुपातिकतर्फ
कालुराम खड्का (मोहवीर)
खड्गबहादुर डाँगी
सीता ओली
भीमबहादुर डाँगी
मोहनप्रकाश आचार्य
दिपेन्द्र पुन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।