काठमाडौं– संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले आगामी प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा तालमेल गर्ने भएका छन्।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा संयोजक महन्थ ठाकुरद्वारा आज जारी संयुक्त विज्ञप्तीमा शताब्दीयौंदेखि कायम रहेका सबैखाले असमानता, विभेद, भेदभाव एवम उपेक्षा, शोषण र उत्पीडनलाई अन्त्य गर्नका लागि साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिन लागेको उल्लेख छ।
अन्य पार्टीसँग पनि तालमेल गर्नुपरेमा दुई पार्टी संयुक्त रुपमा सहभागी हुने बताइएको छ।
राजपाका महासचिव केशव झाले तत्काललाई दुई पार्टी आ–आफ्नो चुनाव चिह्नबाटै सहभागी हुने बताए। ‘दुवै पार्टीबीच आपसी सहमतिमा साझा उम्मेदवार उठाउँछौं, झाले भने, ‘हामीहरुले उम्मेदवार उठाएको ठाउँमा उहाँहरु उठ्नुहुन्न, उहाँहरुले उठाएको ठाउँमा हामी उठ्दैनौं।’
सके चुनाव अघि नै, नभए चुनाव पछि पार्टी एकता नै गरेर अघि बढ्ने बारे छलफल भइरहेको राजपाका अध्यक्ष मण्डलका शरतसिंह भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।