• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनाव लड्ने जनप्रतिनिधिले कसलाई बुझाउने राजीनामा? 

64x64
नेपाल लाइभ बुधबार, वैशाख ७, २०७९  १९:२९
1140x725

काठमाडौं– सर्वोच्च अदालतले मंगलबार वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा पुन: उम्मेदवार हुने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध दायर भएको रिट खारेज गर्‍यो। 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट खारेज गरेसँगै निर्वाचन आयोगले निर्माण गरेको आचारसंहिताको व्यवस्था स्वत: प्रभावकारी हुने भएको छ। यसअघि उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। 

न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेपछि त्यसविरुद्ध निर्वाचन आयोग पनि भ्याकेटको निवेदन लिएर पुगेको थियो। मंगलबार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दुवै निवेदन खारेज गर्ने फैसला सुनायो। 

निर्वाचन आयोगको आचारसंहिताको परिच्छेद ९ को विविधमा राजीनामा गर्नुपर्ने प्रावधान राखिएको छ। ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरि बहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा  उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्ने छ’, आचारसंहितामा भनिएको छ। 

स्थानीय निर्वाचन ऐनमा यस्तो कुनै व्यवस्था नभएकाले आयोगको आचारसंहिताको व्यवस्था गलत भएको भन्दै आलोचना भएको थियो। तर, सर्वोच्चले रिट खारेज गरेसँगै यसले वैधानिकता पाइसकेको छ।

कहिले दिने राजीनामा? 
सर्वोच्च अदालतले मुद्दा नै खारेज गरेसँगै आयोगको आचारसंहिता स्वत: कार्यान्वयनमा आएकाले फेरि उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयनपत्र दर्ता गर्नु अघि नै राजीनामा दिनुपर्ने छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ। 

पुन: उम्मेदवार हुने जनप्रतिनिधिहरुले त्यसअघि नै राजीनामा दिनुपर्नेछ। त्यसैले वैशाख १० गतेभित्र उनीहरुले राजीनामा दिइसक्नुपर्नेछ। उनीहरुले राजीनामा नदिने हो भने निर्वाचन आयोगले वैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा आचारसंहिता विपरीत भएको भनि उम्मेदवारी खारेजसम्म गर्न सक्ने छ। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा बुझाउनुपर्ने र त्यसको जानकारी उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यालयलाई दिनुपर्ने बताए। त्यस्तै निर्वाचन आयोगले स्वघोषणा गर्नुपर्ने भनी तोकेका कुराहरु समावेश गर्दै उम्मेदवारी दर्ता गराउनुपर्ने उनले बताए।
  
कहाँ दिने राजीनामा ? के छ संविधानमा व्यवस्था? 
निर्वाचित जनप्रतिनिधिले आफ्नो पदावधि पूरा नगरी पुन: उम्मेदवार हुनका लागि राजीनामा दिनेबारे संविधानमा कहिँ उल्लेख छैन। संविधानको धारा  २१५ र २१६मा रिक्त हुने परिकल्पना भने गरिएको छ।  संविधानको धारा २१५ को उपधारा ८ मा  स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको पद रिक्त हुने व्यवस्था गरिएको छ। यसमा तीन वटा आधार प्रस्तुत गरिएको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

जसको 'क' मा अध्यक्षले उपाध्यक्ष र उपाध्यक्षले अध्यक्षसमक्ष लिखित राजीनामा दिएमा पद रिक्त हुने भनिएको छ। त्यस्तै  'ख' मा निजको पदावधि समाप्त भएमा र  'ग' मा मृत्यु भएका पद रिक्त हुने भनिएको छ। 

संविधानको धारा २१६ मा नगर कार्यपालिका प्रमुख (मेयर) , उपप्रमुख (उपमेयर)  र वडाध्यक्षबारे व्यवस्था छ। जसको ८ नम्बर बुँदामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यको पद रिक्त हुने  भनिएको  छ।  त्यहाँ पनि माथिकैझैं तीन आधारहरु राखिएको छ।

संवैधानिक कानुनका जानकार एवं वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संविधानको यो व्यवस्था  पुन: निर्वाचनमा उठ्नका लागि नभएको बताए। संविधानले त सामान्य अवस्थाको परिकल्पना गरेर यो व्यवस्था राखेको र निर्वाचनमा उठ्ने कुरा फरक सन्दर्भ भएकाले यसमा लागू नहुने उनको तर्क छ। 

संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्षको हुने भनी उल्लेख गरेको र जेठ ५ गतेसम्म अर्को जनप्रतिनिधि नआएसम्म उनीहरुले पदमै कायम रहनदिनुपर्ने संविधानले परिकल्पना गरेको ज्ञवाली बताउँछन्।

‘संविधानमा कहिँपनि पाँच वर्ष अघि रिक्त हुने वा निर्वाचन लड्नका लागि राजीनामा दिएर जानुपर्ने भनेको छैन’, उनले भने ‘अन्य कुनै कारणले राजीनामा गर्ने कुरा मात्र संविधानको धारा २१५ र २१६ मा गरेर रिक्त हुने अवस्था राखिएको हो ।’ 

निर्वाचन आयोगका प्रवक्ता शर्माले राजीनामा दिने कुरा कानुन नभए अब बनाउनुपर्ने बताए। आयोगले यहाँ गएर राजीनामा दिनु भनेर भन्न नमिल्ने उनी बताउँछन्। 

‘संविधान छ र कानुन छन्। त्यही अनुसार दिएर पुन: उम्मेदवार हुन पाइन्छ’, शर्माले भने, ‘आयोगले आचारसंहिता बनाएको छ। त्यही अनुसार उम्मेदवारी दर्ता हुन्छ।’

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोकुमार वेञ्जुले संविधानको धारा २१५ को ५ को ८ को 'क' अनुसार  हुने बताए। 

सर्वोच्चले नै राजीनामा दिनुपर्ने कुरा स्वीकार गरेकाले अब पदबाट हट्नुपर्ने र त्यसका लागि अध्यक्ष वा प्रमुखले उपप्रमुख वा उपाध्यक्षलाई र उपाध्यक्ष वा उपप्रमुखले प्रमुख वा अध्यक्षलाई राजीनामा दिने उनले बताए।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्