• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

एक किसानको आत्महत्या घोषणाले उदांगिएको राजनीति र पत्रकारिता

64x64
युवराज भट्टराई शनिबार, वैशाख ३, २०७९  १०:०१
1140x725

काठमाडौं– नत्था दास मनिकपुरी (ओमकार दास मनिकपुरी अभिनित) को जीवन दुःखको पर्याय हो। तर, दुःखको अनुभव गर्न पाउनु र दुःखमा जीउन जान्नु पनि कला हो। 

नत्थाको बास भारतको मध्य प्रदेशको पिपली क्षेत्रमा छ। पेशाले कृषक। सीमित जमिन र एउटा घरबाहेक उनीसँग केही छ भने, त्यो समस्याहरुको चाङ मात्रै हो। अनेक समस्याले घेरिएका उनी कृषि पेशाबाट हुने थोरै आम्दानीबाट घरखर्च चलाउन संघर्ष गरिरहेका छन्। घरमा सन्तान, श्रीमती, दाई र बिरामी आमाको जिम्मेवारी उनले नै बोकेका छन्।

उनको जीवन सहज गतिमा छैन। घरमा अभावको बास छ। बैंकमार्फत लिएको ऋणको अर्को समस्या। समस्याहरुले सपनाहरुलाई थिचेसँगै निस्सासिएको छ जीवन। नत्था हरेक दुःखको पर्याय लाग्छ। 

तर, कथा नत्थाको मात्रै होइन। कथा त नत्थाको जीवनमाथि भएको राजनीतिको हो। एक साधारण र सामान्य अबोध व्यक्तिको जीवनमा भएको राजनीतिको कथा। ऋण तिर्नका निम्ति मृत्युवरणको निर्णयसम्म पुग्छन् उनी। यसले पनि अनुमान गर्न सकिन्छ, उनको दुःखको सागर कति गहिरो छ। 

भन्नेहरुले राजनीति भुइँ मान्छेको जीवनसम्म नपुगेको तर्क गर्छन्। तर, नत्थाको जीवनमा राजनीति पुग्छ। राजनीति त्यो रुपमा पुग्छ, जसले उसको मृत्युकै विषयमा राजनीति गर्न थाल्छ। त्यसले उसको जीवनलाई थप जटिल बनाउँछ। न आफ्नो इच्छाअनुसार उ कतै हिँड्न सक्छ, न मनलाग्दी गर्न। शौचका निम्तिसमेत आफ्नो वरिपरि प्रहरीलाई लिएर हिँड्नुपर्दा एक सामान्य व्यक्तिको मनोस्थिति कुन अवस्थामा पुग्ला? 

पत्रकारितामा टेलिभिजन रेटिङ पोइन्ट्स (टीआरपी) र राजनीतिमा भोट उस्तै हुन्। नत्थाको जीवनमा यी दुवै कुराको भूमिका उस्तै छ। दुवै क्षेत्रमा संलग्नहरुले नत्थाको जीवनमाथि राजनीति गरेका छन्। राजनीतिकर्मि उसको जीवनलाई भोट आर्जनको निम्ति प्रयोग गरिरहन्छन्, पत्रकारहरु टिआरपिका लागि। 

प्रसंग सन् २०१० मा सार्वजनकि भएको फिल्म ‘पिपली लाइभ’को हो।

फिल्मको केन्द्रीय पात्र नत्था भए पनि कथा भने त्योभन्दा वृहत छ। प्रत्यक्ष देखिने प्रसंगभन्दा इतरका पाटाहरुले दर्शकलाई राजनीति र पत्रकारिताबारे सोच्न बाध्य बनाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

फिल्मकी निर्देशक अनुष्का रिज्भी आफैं पूर्वपत्रकार हुन्। पत्रकारिता पेशाबाट बाहिर निस्किएसँगै रिज्भी फिल्म निर्माणमा लागिन्। कथा लेखिन्। सीमित बजेटमा फिल्म निर्माण गरिन्।

आफूले देखेको पत्रकारिताको अनुहार र राजनीतिको चरित्रलाई लिएर रिज्भीले फिल्ममा काम गरिन्। उनको काम पत्रकारिता र राजनीतिमाथि नै प्रश्न गर्ने सिर्जना थियो। निश्चय पनि ‘पिपली लाइभ’ समाजको यथार्थलाई हास्यास्पद शैलीमा प्रस्तुत गरेको फिल्म हो। फिल्ममा प्रत्यक्ष रुपमा हसाउनकै लागि निर्माण गरिएका दृश्यहरु भने छैनन्। 

यसको दुःखद् पाटो भनेको संवेदनाहीन मान्छेहरू नै हुन्। व्यक्तिको मृत्युको विषयमाथि भएको व्यापारिक तोलमोल र राजनीतिलाई फिल्ममा समेटिएको छ।

मृत्युमाथि भएको राजनीति
नत्था र उसको परिवारको घर लिलामीका लागि बैंकले सन्देश दिन्छ। ऋण समयमा तिर्न नसक्नु उसको बाध्यता थियो। तर, बाध्यतालाई व्यवसायिकताले बुझ्दैन। जसकारण नत्था आफ्नो परिवारसामु घर लिलामी हुन लागेको नमिठो सन्देश बोकेर आउँछ।

माहोल चुनावको छ। अरुबेला जनतालाई नचिन्ने नेताहरु चुनावको समयमा सम्बन्ध बनाउँदै र खोज्दै आउनु सामान्य हो। मध्य प्रदेशको त्यो सानो गाउँमा पनि चुनावी माहोल बढिरहँदा नत्था आफ्ना नेतृत्वकर्तासमक्ष सहयोगको आशा बोकेर पुग्छ। तर, आशालाई निराशामा बदलिन कति समय पनि लाग्दैन।

नत्था र उनका दाइ बुधिया (रघुविर यादव अभिनित)ले कृषकको मृत्युमा सरकारले परिवारका अन्य सदस्यलाई दिने सहयोगबारे थाहा पाउँछन्। नेता पनि उनीहरूको मृत्युपछि अनुदान दिएर प्रचार गर्न पाउने लोभमा हुन्छन्। तयसैले उनीहरूको मृत्यु नेताको चाहना हुन्छ।

मजाकको रुपमा नत्था र बुधियालाई मृत्युपछि परिवारले पाउने अनुदानबारे जानकारी दिइएको थियो। तर, जीवनमा विकल्पहरु नभएकाहरुलाई त्यो कुरा मजाक नभएर योजना नै भयो। नत्था र उसको दाइ गाउँको कुनै चौतारीमा बसेर गाँजा पिउँदै को मर्ने भन्नेबारे छलफल गर्छन्। दाइभन्दा भाइ अबोध हुँदा नत्था मृत्युलाई अंगाल्ने निर्णयमा पुग्छ।

गाउँको चिया पसलमा मानिसहरु गफिनु सामान्य हो। नत्था र बुधिया भने गाँजाको नशाको सुरमा चिया पसलमा आफ्नो मृत्युको योजनाबारे सुनाउँदै घर फर्किन्छन्। परिवारलाई आफ्नो निर्णयबारे सुनाउँछन्। अबोध नत्था दाइले भनिरहेका कुराहरुमा चुपचाप स्वीकृति जनाइरहन्छ।

तर, नत्थाको मृत्यु चुपचाप हुँदैन। गाउँको पत्रकार राकेश (नवाजुद्दिन सिद्दीकि अभिनित)ले उनीहरुको चिया पसलको संवादलदाई लिएर स्थानीय पत्रिका ‘जनमोर्चा’मा एक लेख लेख्छन्। त्यो लेखले नत्थाको मृत्युको निर्णयलाई नै पूर्णरुपमा परिवर्तन गरिदिन्छ।

नत्थाको मृत्युबारे लेखिएको लेखको चर्चा मध्य प्रदेशमा हुन्छ। केन्द्र सरकारमा हुन्छ। देशभरका प्रमुख र स्थानीय पत्रपत्रिका, टेलिभिजनलगायतले उसलाई ‘कभर’ गर्छन्। लिलाम हुने डरमा रहेको नत्थाको घर सामुन्ने टेलिभिजन पत्रकारहरूको मेला लाग्छ। तर, यी सबैले नत्थाको जीवनमा खास परिवर्तन आउँदैन्। उ आफूले लिएको निर्णयबारे दाइ बुधियासँग सोध्छ। देशव्यापी भइरहेको चर्चाका बीच नत्था आफ्नो निर्णयबाट पछि हट्न सक्दैन्।

नत्थाको जीवनमा सञ्चारमाध्यमले राजनीति गर्न थाल्छन्। उसको परिवारदेखि गाउँका मानिसहरु सबैलाई टेलिभिजनको पर्दामा उतारिन्छ। दैनिक सैयौं किसानले आत्महत्या गरिरहेको देशमा त्यसको कारण खोज्नु वा बहसमा ल्याउनु सञ्चारमाध्यमको विषय हुँदैन। १२ वर्षअघि सैफअली खान र उसँग पढ्ने युवतीबीच भएको चुम्बन टेलिभिजनका निम्ति प्रमुख समाचार हुन्छ। नत्थाको मृत्यु घोषणाको कारणमा नगएर, उसले खाएको, सुतेकोदेखि शौचसम्म गएका दृश्यहरुले टेलिभिजन भरिन्छन्।

मृत्यु घोषणापछि अब नत्थाको जीवनमाथि राजनीतिक पार्टीहरुले पनि विभिन्न खेल सुरु गर्छन्। विपक्षी पार्टीले उसलाई धम्की दिँदै दुई दिनभित्र मर्न आदेश दिन्छन्। सत्तामा भएका पार्टी उसका निम्ति टेलिभिजनदेखि रकम सहयोग गर्ने घोषणा गर्छन्। अर्कातिर, केन्द्र सरकार र निर्वाचन आयोग चुनावी समयमा भएका घोषणाहरूलाई लागु गर्न नमिल्ने तर्क अघि सार्छन्।

उसको जीवनमाथि भइरहेको राजनीतिले उ आफैँलाई भने खास फरक पार्दैन। उसको जीवन हिजो जुन दुःखबाट गुज्रिरहेको थियो, वर्तमानमा पनि त्यही दुःख छ। र भविष्यमा पनि उसको जीवनको दुःखमा कुनै कमी नआउने निश्चित नै छ। तर, हिजो र आजमा थुप्रै परिवर्तन भइसकेका हुन्छन्। नत्था भने आफ्नै परिवारबाट विस्थापनको अवस्थासम्म आइपुग्छ।

टेलिभिजन पत्रकारितामाथि व्यंग्य
केही दिनअघि नेपालका टेलिभिजन पत्रकार ऋषि धमलाले हवाइजहाजको क्याबिनमा गएर ‘लाइभ’ रिपोर्टिङ गरेको दृश्य भाइरल भएको थियो। धमलाको त्यो ‘हर्कत’ पिपली लाइभमा महत्वपूर्ण विषयलाई मनोरञ्जनात्मक र टीआरपी केन्द्रित बनाएर प्रस्तुत गर्ने तमाम पत्रकारहरुकै जस्तो थियो। पिपली लाइभले नेपालमा धमला र भारतमा अर्नव गोस्वामीजस्ता पत्रकार र मुख्यगरी टेलिभिजनमार्फत भइरहेको पत्रकारितामाथि प्रश्न गर्ने सामथ्र्य राख्छ।

पिपलीमा तमाम समस्याहरु छन्। माटो बेचेर खानुपर्ने बाध्यता छ। दिनभर घाममा माटो खनिरहेका किसानहरु नत्थाको घरभन्दा धेरै टाढा छैनन्। तर, मिडियाको ध्यान नत्थाको मृत्यु कुर्नुमा छ। उनीहरु नत्थाको मरण रोक्ने वा उसको जीवनमा खास परिवर्तन ल्याउने पक्षमा नभएर त्यहाँ रमितेको रुपमा प्रस्तुत हुन्छन्। पत्रकारिताको आधारभूत जिम्मेवारी पनि पूरा नगरिएका दृश्यहरूले आजको टेलिभिजन पत्रकारितालाई उदाङ्गो बनाइदिएको छ।

सञ्चारका प्राध्यापकहरू टेलिभिजनलाई ‘इडियट्स बक्स’को संज्ञा दिन्छन्। इडियट्स बक्स अर्थात्, मुर्खहरूको भाँडो। वास्तवमा पिपली लाइभले तिनै प्राध्यापकहरूले पढाउने विषयको उदाहरण हो। राजनीतिक पार्टी र नेताको गुलामी गर्ने पत्रकारदेखि विषयको महत्त्व नबुझी हरेक सन्दर्भलाई व्यवसायिक बनाउन खोज्ने शैलीमाथि फिल्ममा कटाक्ष छ। फिल्मको अन्त्य हुँदै गर्दाको एक दृश्यमा शौच गर्न गइरहेको नत्थालाई पत्रकार र क्यामेरा पर्सनहरूले पछ्याउँछन्। 

पत्रकारितालाई ‘आवाज विहिनहरुको आवाज’ मानिन्छ। तर, पिपली लाइभमा देखाइएको पत्रकारिता र वर्तमानमा भइरहेको टेलिभिजन पत्रकारिता आवाज मुखर भएकाहरूको ‘ठगी खाने माध्यम’ हो। पिपली लाइभको मुख्य उद्देश्य राजनीति र पत्रकारिताको माध्यमबाट आम मानिसको जीवनमा भएको असर देखाउनु हो। राजनीतिकर्मीले मृत्युलाई चुनावी प्रचारको र पत्रकारले टीआरपी आर्जन गर्ने माध्यमको रूपमा प्रयोग गरेको तितो यथार्थ फिल्ममा छ।

केही हुँदैन, जबसम्म नागरिक उठ्दैनन् : रिज्भी
निर्देशक तथा पूर्वपत्रकार रिज्भीले सन् २००४ अघि नै फिल्मको पटकथा लेखेकी थिइन्। भारतीय टेलिभिजन ‘एनडीटीभी’मा काम गरेकी उनलाई भारतमा भइरहेको पत्रकारिताको कमजोरी थाहा थियो। राजनीतिको कमजोरी थाहा नहुने त प्रश्नै भएन। तर, यी सबैका बीच उनीसँग फिल्म निर्माणमा लाग्ने पुँजीको अभाव थियो।

सन् २००४ मा रिज्भीले अभिनेता आमिर खानलाई भेटिन्। फिल्मको कथा सुनाइन्। खानलाई कथा मन नपरेको थिएन। तर, उनी ‘मंगल पाण्डे’को छायांकनमा व्यस्त भएका कारण रिज्भीको फिल्ममाथि लगानी गर्न सकेनन्। 

कालान्तरमा फिल्मलाई खानले लगानी गर्ने निधो गरे। रिज्भीले लगानी पाइन्। दर्शकले ‘पिपली लाइभ’ पाए। दर्शकले फिल्ममा ओमकार दास मनिकपुर, रघुविर यादव, सालिनी वत्स, फारुक जफ्फर, नवाजुद्दिन सिद्दिकी, मालाइका सेनोय, नसिरुद्दिन शाहलगायतको कुशल अभिनय देख्न पाए। 

फिल्मको नाममा भएको ‘पिपली’ फिल्म खिचिने गाउँको काल्पनिक नाम हो। ‘लाइभ’को अर्थ भइरहेको घटनालाई दर्शकमाझ प्रत्यक्ष ल्याउने प्रक्रिया हो। भारतको भोपाल र मध्यप्रदेशको भडवाई क्षेत्रका आदिवासीलाई लिएर निर्माण भएको यो फिल्म विश्वका विभिन्न महोत्सवहरूमा छनोट भएको थियो। 

पिपली लाइभले कथालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ र त्यो सुन्दर छ। तर, निर्देशक रिज्भीले फिल्म प्रदर्शनमा आउँदाताका यसले खास केही नबदलिने बताएकी थिइन्। र वास्तविकता पनि त्यस्तै छ। अहिले पनि पत्रकारिताको शैली त्यही छ। राजनीतिको प्रवृत्ति त्यही छ। अहिले पनि किसानका दुःख उस्तै छन्।

यसलाई संकेत गर्दै रिज्भीले भनेकी थिइन्, ‘केही पनि परिवर्तन हुँदैन, जबसम्म नागकिहरु उठेर यो सरकार र प्रणालीमाथि प्रश्न गर्ने छैनन्।’

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्